आइतबार, असोज ३१, २०७८

मर्नैकालागि बाउ आमासहित जापानदेखि स्विजरल्याण्ड सम्मको यात्रा

काओरु उदा२०७८ असोज २ गते १८:०८

सांकेतिक फोटो

योशीले जापानदेखि स्विजरल्याण्डसम्मको लामो बाटो तय गरे । त्योपनि स्वेच्क्षाले मर्नैकालागि ।

यो एक बुधवार दिउँसोको द्रिष्य हो । हल्का झरी परेको छ । खासै गर्मी छैन । योशी जुरिच एयरपोर्टमा आफ्नो आमा बुबासँग एक व्हीलचेयरमा देखिन्छन् । दुई वैशाखीको मद्दतले कठिनसित उनी व्हीलचेयरबाट बाहिर निस्किए । बिस्तारै ट्याक्सीमा चढे । ट्याक्सीले उनलाई बासेल शहर ओराल्यो ।

ग्रामीण इलाका पार गरेर कुदिरहेको ट्याक्सीको झ्यालबाट बाहिर हेरेर उनी भन्छन् “मलाई धेरै राहत महसुस भएको छ ।”

यात्रा छिटो भयो । मात्र दुई हप्ता अघि उनले यो उडान लिने निर्णय गरेका हुन् । बासेलमा रहेको स्वेच्क्षिक मृत्युवरण गर्न पाउने संस्था ‘लाइफ सर्कल’ ले उनलाई तीन वर्ष अघि स्विजरल्याण्ड आएर आफ्नो जीवन अन्त्य गर्न पाउने हरियो प्रकाश दिएको थियो । उनी २०२२ सम्म रोक्न चाहन्थे । तर उनको अवस्था बिग्रिएपछि जुन महिनामा यात्रा गर्न बाध्य भए ।

उनको स्वास्थ्यमा आएको गिरावट यति छिटो थियो कि त्यो नाटकीय थियो । एउटा पहाडबाट तल भकुण्डो बेगले खसे जस्तै स्वास्थ्य बिग्रियो । “मेरो घाँटी र जिब्रोमा सुस्तता बढ्दै गयो” उनले भने “म अब कुनै ठोस चिज निल्न सक्दिन । मलाई औंलाहरु चलाउनपनि गाह्रो भयो । म महसुस गर्न सक्थें कि मेरो जीवन समाप्त हुँदैछ ।”

जापानमा सहयोगी आत्महत्या (वा स्वेच्क्षिक आत्महत्या) गैरकानुनी छ ।

उनलाई आफ्नो शरीर सार्न नसक्ने अवस्था आउनु भन्दा पहिले नै विमानमा चढ्नु परेको थियो । किनकि अन्यथा यो धेरै ढिलो भइसकेको हुनेथियो । उनले आफ्ना बुबाआमालाई पनि मनाउनु पर्यो । उनी चाहन्थे, आफ्ना बाउ आमापनि सँगै होउन् । सुरुमा उनीहरुले उनको यस योजनाको विरोध गरे ।

अब अन्तिम बिदा माग्ने बेला आयो । योशीका बाउले भने “तिमी जति वर्ष हामीसँग बस्यौ ति सबै वर्षकालागि धन्यावाद । तिमी हाम्रा लागि सधैं बहुमूल्य रह्यौ र रहने छौ । स्वर्गमा रमाईलो गर । हामीपनि छिट्टै त्यहिं आउने छौं ।” उनी मुस्कुराए ।

१२ घण्टा उडानको क्रममा उनले आफ्नो तल्लो शरीरमा गम्भीर दुखाई भोग्नुपरेको थियो । तर माथिबाट संसार देख्ने अन्तिम मौका भने यहि थियो । बासेल शहरको एक होटलमा जाँच गरेपछि उनी कुनै चिजले टाउको कुर्सीमा अड्याएर डाक्टरलाई कुरिरहे । यो विदेशी शहरमा दर्शनीय स्थलहरु त छन् । तर उनको लागि त्यो आकाशको फल सरह हो । उनी होटलको कोठामा बस्न गए । बाथरूम प्रयोग गरे । र छोटो समय सुते ।

अपांगता भएका बस्ने कुर्सीमा बसे । उनका दैनिक साथीहरु छन्, सुत्ने टेबल र दुखाई कम गर्ने ओखति । “मेरो मुख्य मांसपेशिहरु धेरै बिग्रिएको छ” योशी भन्छन् “मेरो आन्तरिक अंगहरुले साथ दिएका छैनन्, कमजोर छन् । तिनीहरूले स्नायुलाई छोएका छन् जसले गम्भीर दुखाइ दिन्छ ।”

पछिल्लो समय उनी एक पटकमा तीन घण्टा भन्दा बढी सुत्न असमर्थ छन् । सुत्ने ट्याब्लेट लिँदापनि उनी हरेक दुई घण्टामा उठ्छन् । जब उनी लुगा लगाउन थाल्छन् दुखाईले उनलाई ब्यूँझाउँछ ।

योशीले दही वा झोलिलो खाद्य पदार्थ मात्रै खान सक्छन् । पेय पदार्थ पिउँदापनि आनन्द लाग्दैन । उनले आवश्यक क्यालोरी र पोषक तत्व प्राप्त गर्नको लागि मात्रै खान्छन्, शरीर धान्नको लागि ।

सम्मानबिना बाँच्न इन्कार

योशी ४० वर्षीय एकल पुरुष हुन् । कार्यालयका कर्मचारी । जापानको पूर्वी भागमा उनी आफ्नै बाबुआमासित बस्थे । उनको रोगको पहिलो लक्षण देखापर्न पाँच वर्ष लाग्यो । घुँडामा सहनै नसक्ने पीडा भयो । बिस्तारै खुट्टा टेकेर उभिनै नसक्ने भयो ।

मेडिकल रिपोर्टले कलिजोमा समस्या देखायो । अर्को परिक्षण गर्दा डाक्टरले मांशपेशी बर्बाद भएको बताए । ‘मोटोर न्युरोन डिजिज (एमएनडि) भन्ने रोग लागेको किटान गरियो ।

एमएनडि शरिरको एक दुर्लभ अवस्था हो । त्यसले मोटर न्यूरोन्स भन्ने स्नायुहरुलाई नियन्त्रण गर्दछ जसले चलायमान मांसपेशिहरुलाई नियन्त्रण क्षमता नष्ट गर्दछ । यसको सबैभन्दा सामान्य रूप आम्योट्रोफिक लाटेरल स्केरोसिस (एएलएस) हो । अर्थात् यसले गर्दा चल्न, यताउति सर्नसक्ने वा चलायमान हुनसक्ने क्षमता गुमाउँछन् । अन्त्यमा सास फेर्न गाह्रो हुन्छ र मृत्यु अपरिहार्य बन्छ ।

आफ्नी आमाका हातले पकाएको घरको खाना आनन्द र खुशि पाउँथे । तर असामान्य रुपमा चलिरहेका ति क्षणपनि बाष्पीकरण भए । किनकि उनको स्वास्थ्य नराम्रो हुँदै गयो ।

योशीले त्यो एसएलएसको उपचार पाएनन् । एसएलएसका लक्षणहरु बिस्तारै हाततिर सरे । त्यसपछि बिस्तारै पेट वरिपरि, उसको घाँटी र जिब्रोको स्वादनै हरायो । एएलएस, यसले दिने असर र सास्तिका बारेमा सामाजिक सन्जालमा उनले पढे । त्यसपछि उनले ‘अब जिवनको गोरेटो अन्त्य गर्नुपर्छ’ भन्ने सोचे ।

योशी भन्छन् “म भेन्टिलेटर बोकेर लडाई गरिरहेकालाई रोक्न चाहन्न । तर म गरिमा बिना पनि बाँच्न चाहन्न ।”

दुई वर्ष पछि अप्रिल २०१८ मा उनको स्विजरल्याण्डस्थित ‘लाईफ सर्कल’ सित सम्पर्क भयो । उनलाई आफ्नो जिवन समाप्त गर्ने (स्वेच्क्षिक मृत्यु गर्न पाउने अनुमोदन प्राप्त गर्न) धेरै समय लागेन ।

यस वर्ष मईको अन्त्यसम्म पनि बैशाखीको सहायताले लगभग २०० मिटर हिंड्न सक्थे योशी । १३ वर्षसम्म काम गरेको कम्पनीको काम घरबाटै गर्न सक्षम थिए । उनले आफ्नी आमाका हातले पकाएको घरको खानामा आनन्द र खुशि पाउँथे । तर असामान्य रुपमा चलिरहेका ति क्षणपनि बाष्पीकरण भए । किनकि उनको स्वास्थ्य नराम्रो हुँदै गयो ।

समाजकालागि औचित्यहिन

बासेलमा आइपुगेपछिको कुरा गर्दा योशी ‘नर्भस’ भएका छन् । जिवन समाप्त पार्न सहयोग गर्ने दुई चिकित्शकलाई भेट्न उनी पर्खिएर बसेका छन् । आत्महत्या गर्न अनुमोदन पहिलेनै दिईएको छ ।

यदि डाक्टरहरुलाई रोगीमा निर्णय गर्ने क्षमता छैन भन्ने लागेमा आत्महत्याका लागि सहयोग गर्ने डाक्टरले त्यो निर्णय खारेज गर्नपनि सक्छन् । वा तेस्रो व्यक्तिको प्रभावमा ज्यान फाल्न खोजिएको भन्ने लागेपनि त्यो खारेज गरिन्छ।

बिहान ९.३० बजेको छ । योशी आफ्नो व्हीलचेयरमा अडेस लागेका छन् । ढोकामा चुपचाप हेर्छन् । छिनमै एक डाक्टर आए । उनको नाम एरिका प्रेइसिग हो । योशीले उनको अवस्था सुनाए । कसरी सहयोगी आत्महत्या (असिस्टेड सुइसाईड) गर्ने विचार गरे भन्ने प्रश्नावलीको फारम भरे । उनले बिस्तारै, शान्तपूर्व आफ्नो शब्द छनौट गरे ।

जिवन समाप्त पार्न सहयोग गर्ने दुई चिकित्शकलाई भेट्न उनी पर्खिएर बसेका छन् । आत्महत्या गर्न अनुमोदन पहिलेनै दिईएको छ ।

अर्को डाक्टरसँग उनको दोस्रो कुराकानी भयो । “तपाइँको यात्रा भन्दा पहिले तपाइँ काममा हुनुहुन्थ्यो ?” डाक्टरले सोधे।

“हो काम गर्थें । त्यो काम समाजमा केहि योगदान गर्न मेरो लागि धेरै महत्त्वपूर्ण थियो । तर मेरो रोगले मलाई अब त्यो गर्न दिंदैन । मलाई लाग्छ कि मेरो कुनै मूल्य छैन” योशीले जवाफ दिए ।

दुई जना डाक्टरसितको कुराकानी तीन घण्टा भन्दा लामो भयो । “चिकित्सा आचारसंहिता, हाम्रो नियम अनुसार तपाइलाई सहायता आत्महत्याको विरोध गर्नुपर्ने कुनै कारण छैन” दोस्रो डाक्टले घोषणा गरे । योशीको नर्भस अभिब्यक्ति सामान्य बन्यो । उनलाइ सहयोगी आत्महत्या गर्न शनिवारको मिति दिईएको छ । आज बिहीवार हो । उनी आफ्नो बाँकी समय आमा बुबासँग बिताउन चाहन्छन् ।

उनले बाउ आमालाई डाक्टरहरुसित भएको कुराकानीबारे बताए । उनीहरु छुट्टै कोठामा पर्खिरहेका थिए । आमाले फेरी सोधिन् “के तिमी पक्का छौ आत्महत्या गर्नेबारे ? तिमी आफ्नो सोच परिवर्तन गर्न चाहँदैनौ ?”

असह्य पीडा

रोगले योशीलाई छोड्ने समय अब थोरै बाँकि छ । साँझमा उनले आफ्नो तल्लो शरीरमा सुस्त दुखाई महसुस गरे । त्यो अझ गम्भिर दुखाई आउनु पूर्वको संकेत हो । तर दोस्रो पटक आउँदा गम्भिर प्रकृतीले अभूतपूर्व लहरकासाथ आउँछन् दुखाईहरु । यो आएपछि उनी सामान्य अवस्थामा भन्दा निदाउने औषधी अलि बढीनै लिन्छन् । तर तीन घण्टापछि त्यो औषधीले छोड्छ र असाध्यै दुखाईले गर्दा उठ्छन् ।

“अब यो भन्दा बढी म सहन सक्दिन” डा प्रिसिङसित फोनमा उनी भन्छन् ।

शुक्रवार उनले बाउ आमासित क्षमा मागे । किनभने उनको स्वेच्क्षिक मृत्युकालागि डाक्टरको कोठामा जाने बेला भयो । छोराले स्वेच्क्षिक मृत्यु रोजेको निर्णयमा अब धेरै बिरोध गर्नसक्ने अवस्थामा बाउ आमा छैनन् । अन्तिम अवस्थामा अटल देखिएका छन् ।

योशी अब व्हीलचेयरमा बस्न सक्दैनन् । “मैले मेरो उर्जा बचाउनु पर्छ” उनी भन्छन् । ओछ्यानको किनारमा बल्लतल्ल शरिर घिसारेर सन्तुलन मिलाउन खोजिरहेका छन् । उनको माथिल्लो शरीरलाई गद्दामा लड्न दिन खोजिरहेका छन् । “यो कम पीडादायी छ” योशी भन्छन् । “म सँग योजना ए वा योजना बि भन्ने छैनन, कुनै योजनानै छैन” उनी भन्छन् ।

यदि ठूलो रोग लागेको, असाध्यै पीडा भोग्नुपर्ने, जिन्दगी कस्टसाध्यरुपले जिउनुपर्ने कुनै विरामी मर्न चाहन्छ भने उसले आफ्नो जीवन समाप्त गर्न सक्छ, उसलाई प्रयोग गरिने विशाल चिकित्सा साधन र सुविधा अर्को कुनै विरामी बचाउन प्रयोग गर्न सकिन्छ ।

स्विजरल्याण्डनै किन ?

“किनकि म मानव गरिमासँग मर्न चाहन्छु । सास फेर्ने, खाने, दिसापिसाव गर्ने र कुराकानी गर्ने, यी जीवनका आधारहरु हुन् । म अब यी गर्न सक्दिन । म यो अन्त्य गर्ने सही निर्णय गर्दैछु” योशी बताउँछन् ।

उनको परिवारले यसलाई फरक ढंगले हेर्छ । उनकी आमा बिन्ती गर्छिन् “म चाहन्छु तिमी जे भएपनि बाँच ।” तर त्यसले उनको पीडा र उसको गरिमालाई बेवास्ता गर्दछ । योशी भन्छन् “म जस्तै बिरामीहरु पीडाको एक महासागरमा बाँच्न चाहँदैनन् । हामी हाम्रो परिवारहरु त्यति क्रूर भएको चाहँदैनौं। ”

योशी विश्वास गर्छन्- सहयोगी आत्महत्याले समाजलाई फाइदा पुर्‍याउँछ । “यदि ठूलो रोग लागेको, असाध्यै पीडा भोग्नुपर्ने, जिन्दगी कस्टसाध्यरुपले जिउनुपर्ने कुनै विरामी मर्न चाहन्छ भने उसले आफ्नो जीवन समाप्त गर्न सक्छ, उसलाई प्रयोग गरिने विशाल चिकित्सा साधन र सुविधा अर्को कुनै विरामी बचाउन प्रयोग गर्न सकिन्छ ।

योशी भन्छन् “मेरो लागी यो एउटा धेरैनै नैतिक कार्य हो ।”

तर धेरै समाजका मानिस फरक निष्कर्षमा पुगेका छन् । सहयोगी आत्महत्या प्रतिबन्धित छ । “कसैलाई भेन्टिलेटर दिने निर्णय किन स्वीकार्य छ ? सहयोगी आत्महत्या चाहिँ स्विकार्य नहुने ?” योशी आश्चर्य मान्छन् ।

उनी आशा गर्छन्- उनीहरु जस्तै बिरामीहरुको लागि सहयोगी आत्महत्या एक दिन विश्वको अन्य भागहरुमापनि वैध हुनेछ ताकि बिरामीहरु घरमा शान्तिपूर्वक मर्न पाउन् ।”

उनी स्वेच्क्षिक आत्महत्यामा जान अब तीन घण्टा बाँकि छ । उनलाई कुनै शंका छैन । “यदि मलाई निको हुने रोग लागेको भए सायद म जिवन अगाडि बढाउन चाहन्थें । त्यो कोसिस गर्थें । तर मसँग न योजना बी छ न त योजना सी । मेरो त कस्ट पाउने बाहेक अर्को उपायनै छैन । ”

अन्तिम शब्दहरु

शुक्रबार १.४५ बजेको छ । उनको आगमन भएको दुई दिन पछि मात्रै । उनी र उनका बुबाआमाले बासेल नजिकैको लाईफ सर्कल भवनमा ट्याक्सी लिए । डा. प्रेइसिग उनीहरुको लागि पर्खिरहेका छन् । डाक्टरले एउटा ठूलो कोठामा परिवारलाईनै लगे जहाँ एउटा ओछ्यान, एउटा ठूलो टेबल र एक सोफा छ । यि सबै कुरा गर्मीको घामसँगै चम्किएका छन् तर योशीको परिवार मलिन छ ।

योशी व्हीलचेयरमा बस्छन् । छेउको टेबलमा एक पछि अर्को कागजमा हस्ताक्षर गर्छन् । एउटा मृत्युको प्रमाणपत्रको लागी एक आवेदन हो । आत्महत्याको लागी सहायता मागिएको सहमतिको घोषणा । अर्को एउटा पत्र अन्तिम संस्कारको लागि । सहि गरिसकेपछि उनी मुस्कुराउँदै भन्छन् “धन्यवाद । म तयार छु ।”

२.४५ बजे योशी आफ्नो जुत्ता खोलेर ओछ्यानमा पल्टिए । डा. प्रेइसिगले योशीको दाहिने हातको पछाडि सुई घोचे । योशीकी आमा उनको देब्रे छेउमा उभिएकी छिन् । उनले आफ्नो छोराको काँधमा बारम्बार हात राखेकि छन् । कोमलताले सुमसुम्याइरहेकि छन् ।

अब अन्तिम बिदा माग्ने बेला आयो । योशीका बाउले भने “तिमी जति वर्ष हामीसँग बस्यौ ति सबै वर्षकालागि धन्यावाद । तिमी हाम्रा लागि सधैं बहुमूल्य रह्यौ र रहने छौ । स्वर्गमा रमाईलो गर । हामीपनि छिट्टै त्यहिं आउने छौं ।” उनी मुस्कुराए ।

योशीले बाउको मुस्कान फर्काए । “म हजुरहरुलाई पर्खिने छु” उनले बाचा गरे ।

नशामा दिईने सुईले भरिएको झोला नजिकै छ । अपरेशन गर्दा झुम्म पार्ने वा लठ्याउने (सेडाटिभ पेन्टोबार्बिटल नाट्रियम) तयार छ । सबै चिज अब तयारि अवस्थामा छ ।

ठ्याक्कै ३ बजेको छ । योशी भन्छन् “ठीक छ । म तयार छु !” बिना हिचकिचाहट उनले त्यो सुईबाट बग्ने तरल पदार्थ (सदाका लागि निदाउने पार्ने औषधी) को थोपा खस्ने भाँडोको भल्भ खोले ।

घातक औषधि उनको शरीरको नशाबाट बिस्तारै बग्दै गयो । योशी हाँस्छन् ।

“के यसले काम गरिरहेको छ ? मैले केहि पनि महसुस गर्न सकिरहेको छैन त “उनी गला अलि अबरुद्द भएजस्तो आवाजमा भन्छन् । सायद आफ्नो अत्याशपनालाई लुकाउनपनि हुनसक्छ ।

तीस सेकेन्ड पछि मन्द तरिकाले घुरेको जस्तो चार पटक आवाज सुनियो । त्यो अवाजनै उनको अन्तिम सास थियो ।

डा. प्रेइसिगले पहिले नै व्याख्या गरिसकेका थिए । योशी अब कोमामा परेका छन् । तीन मिनेटपछि डाक्टर योशीको छातीमा एक स्टेथोस्कोप राखे र उनको नाडीको जाँच गरे । उनले शान्तपूर्वक भने “हो, उहाँ जानुभयो ।”

“योशीलाई दुखेको छैन ?” योशीका बुबाले सोधे । डा. प्रेइसिग योशीको हातमा आफ्नो हात राख्छन् । भन्छन् “हो, अब उनलाई कुनै दुखाई छैन ।”

हात भने अझै तातो छ ।

(स्विस इन्फो डट सिएचमा प्रकाशित आलेखलाई नेपालप्लकालागि नेपालीमा भावानुवाद गरिएको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक