शुक्रबार, वैशाख १४, २०८१

कसैको ब्यापारिक स्वार्थका लागि एनआरएनए प्रयोग हुनुहुँदैन : आचार्य

नेपालप्लस संवाददाता / बेलायत२०७८ भदौ ३१ गते २१:३६

नेपालको परराष्ट्र मन्त्रालयले विभिन्न उजुरिका आधारमा एनआरएन केन्द्रलाई संस्था भित्र भएका विबादहरु समाधान नगरि अधिवेशन नगराउन अनुरोध सहितको पत्र पठाएपछी संघ भित्रको विवाद अझै उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले अलग अलग देशमा छुट्टा छुट्टै मापदण्ड अपनाएर विधान मिचेको आरोप कुल आचार्य पक्षको छ । तर संस्थापना पक्षले भने स्वतन्त्र संस्थाको हैशियतमा रहेको संस्थाको आन्तरिक मामिलामा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको जनाइरहेको छ । एनआरएन भित्रको अहिलेको विबाद खासगरेर प्रतिनिधि छनौटमा देखिएको छ ।

एनआरएनका केही अभियन्ताहरुले संस्थापन पक्षका भनिएका उम्मेद्वारहरुलाई जिताउने राणनिती अन्तर्गत धाँधलिका अभियानहरु शुरु गरिएको जनाएका छन् । संचारकर्मीहरुसँग सुझाव संकलन गर्न बिहिवार आयोजना गरिएको एउटा कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी कुल आचार्यले भने “अहिलेको समस्या भनेको चुनावको जित हार भन्दा बढी विधान विपरित भएका गतिविधीको समस्या हो । केही साथीहरुले विधान विपरित भएका कामहरुको बारेमा आइसीसीमा निवेदन समेत दिनु भएको थियो । एक जना उपाध्यक्षले नट अफ डेसेन्ट नै लेख्नु भएको छ । तर केन्द्रले यसमा कुनै सुनुवाई नै गरेन ।”

“त्यसैले साथीहरु परराष्ट्र जानुभएको हुन सक्दछ- आचार्यले थपे- आइसीसी नै कुनै एक पक्षलाई जिताउन लागे जस्तो देखियो । मेरो सरोकार जित हारमा केन्द्रित छैन । हामीले गैर आवाशिय नेपाली संघलाई कसरी मर्यादित र मजबुत बनाउन सकिन्छ भन्ने हो ।”

आचार्यको थप भनाई थियो “विधानमै नभएको विद्यार्थीलाई प्रतिनिधि बनाउने कुरा पनि उहाँहरुले गर्नु भएको छ । सयौं विध्यार्थीहरु प्रतिनिधि बनेका छन् । १५ भन्दा बढी देशमा भएका प्रतिनिधि छनौट विधान विपरित छन् । अलग अलग देशमा अलग मापदण्ड प्रयोग गरिएको छ । तैपनि उहाँहरु भन्दै हुनुहुन्छ किन परराष्ट्रले हस्तक्षेप गर्‍यो ।”

यि र यस्ता समस्या आफूआफूबिचमै टुङ्गिनु पर्नेमा अर्को पक्षले नचाहेको उनले आरोप लगाए । “मेरो चाहना यो गरिमामय संस्था कसैको ब्यापारिक स्वार्थमा प्रयोग नभएर नेपाल र स्वदेश तथा विदेशमा रहेका नेपालीका लागि होस् भन्ने हो ।”

एनआरएनको चुनावी अभियान शुरु भएसँगै आचार्यले हरेक दिन जुम मार्फत विश्वभरिका एनआरएनहरुसँग छलफल तिब्र बनाएका छन् । यस्ता छलफलले गैर आवाशिय नेपाली संघको आगामी कार्यदिशा तय गर्न मद्दत गर्ने उनको सोचाइ छ । चुनाव पछी पनि यस्ता छलफलहरुलाई निरन्तरता दिने आचार्यको सोचाइ छ । उनी भन्छन् “यस्ता छलफल शुरु भएपछी मैले निकै सकारात्मक शक्ती प्राप्त गरेको छु ।”

तपाइँको प्रतिक्रिया