बिहीबार, चैत १५, २०८०

दश लाख नाइजेरियाली वालवालिका हिंसाको खतराले विद्यालय जान वञ्चित

नेपालप्लस संवाददाता२०७८ असोज १ गते ११:५०

Image Credit- unicef

हिंसाको खतराले गर्दा नाईजेरियाका १० लाख वालवालिका विद्यालय जान वञ्चित हुने भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष सामूहिक अपहरण र बिद्यार्थीहरुलाई लक्षित गरी हमलाहरुको श्रृंखला एकपछि अर्को बढ्दै गएकोले हिंसाको खतराको कारण १० लाख नाइजेरियाली बच्चाहरु स्कूल जान नपाउने सम्भावना रहेको हो ।

नाइजेरियाको उत्तरपश्चिम र मध्य राज्यहरुमा आपराधिक गिरोहहरुद्वारा डिसेम्बर देखि हालसम्म एक हजार भन्दा बढी विद्यार्थीहरुलाई फिरौती माग गर्दै सामूहिक अपहरण गरिएको छ । दर्जनौं अझै कैदमा छन् ।

संयुक्त राष्ट्रसंघीय वालवालिका एजेन्सी युनिसेफले यस वर्ष नाइजेरियाका विद्यालयहरुमा २० वटा आक्रमण भएको, १,४०० भन्दा बढी विद्यार्थीहरुलाई अपहरण गरेर लगिएको र अपहरणपछि १६ जनाको मृत्यु भएको बताएको छ ।

अपहरणबाट मुक्त भएकाहरुपनि वार्तापछि वा उनीहरुसित कुनै सहमती पछि भएको छ । तिपनि कैदमा हप्ता वा महिना बसेपछि पछि मात्र रिहा भएका छन् । अक्सर ग्रामीण शिविरहरुमा डरलाग्दो अवस्थामा अपहरित वालवालिकाहरुलाई राखिएको छ ।

युनिसेफले एक विज्ञप्ति जारि गर्दै भनेको छ “परिवार र समुदायहरु स्कूल आक्रमण र विद्यार्थी अपहरणको कारण आफ्ना बच्चाहरुलाई स्कूल पठाउन डराएका छन् ।”

युनिसेफका अनुसार तिन करोड ७० लाख नाइजेरियाली वालवालिकाहरुले यस महिना देखि नयाँ शैक्षिक वर्ष सुरु गर्ने छन् । तर १० लाख वालवालिका स्कूल फिर्ता नहुने अनुमान गरिएको छ ।

केही राज्य सरकारले वालवालिका धेरै अपहरणमा परेपछि अस्थायी रुपमा विद्यालयहरु बन्द गरेका छन् ।

उत्तरपश्चिम र केन्द्रीय राज्यहरु लामो समयदेखि घुमन्ते गोठाला र किसान समुदायहरु जमिन र पानी कसले नियन्त्रण गर्ने भन्ने स्वार्थमा एक अर्काबिरुद्द लडिरहेका छन् । तिनहरु बिचमा हिंसा र संघर्ष चलिरहेको छ ।

स्थानीय स्तरमा डाकुहरुको रुपमा परिचित सशस्त्र आपराधिक गिरोहहरुको उदयसँगै आक्रमणहरु बढेका छन् । तिनले गाउँहरुमा छापा मार्छन्, गाईवस्तुहरु चोर्छन् र फिरौती माग गर्दै अपहरण गर्छन् ।

यस वर्ष डाकु गिरोहले नाइजेरियाको उत्तरपश्चिममा रहेका विद्यालय र कलेजहरुलाई लक्षित गरी विद्यार्थीहरुलाई अपहरण गरे । उनीहरुलाई जंगलमा लगेर लुकाए र रिहाईकोलागि भुक्तानी दिनुपर्ने शर्त राखे ।

झण्डै १५ दिन अघि अपहरण गरिएका करिब ७० जना विद्यार्थीहरु यस हप्ता उत्तरपश्चिम जम्फारा राज्यबाट मुक्त भएका छन् । त्यहाँ सेनाले डाँकुहरुको अपहरण गर्ने गिरोह बिरुद्द आक्रमण शुरू गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक