शनिबार, वैशाख १५, २०८१

चिनियाँ अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनमा ९० दिन बिताएर पृथ्वीमा अवतरण

नेपालप्लस संवाददाता२०७८ असोज १ गते १५:४३

फोटो साभार- हेराल्ड स्कटल्याण्ड डट कम

चिनियाँ अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनमा ९० दिनको मिशन पुरा गरेर आजै शुक्रवार पृथ्वीमा फर्किएका छन् ।

तीन चिनियाँ अन्तरिक्ष ९० दिनको अन्तरिक्ष यात्रा पुरा गरेर आजै शुक्रवार पृथ्वीमा ओर्लिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । उनीहरु सन् २०१६ मा शुरु भएको देशको पहिलो क्रू मिसनको अधूरो अन्तरिक्ष स्टेशनमा पुगेका थिए ।

चीनको राज्य नियन्त्रित मेडियाद्वारा सार्वजनिक गरिए अनुसार सानो यान (रिटर्न क्याप्सुल नामको) बाट तीन यात्री नीय हाइसेङ, ल्य्यु बोमिंग र तांग होंगबो दिउँसो १:३४ बजे चीनको उत्तर क्षेत्रमा पर्ने मंगोलियाको स्वायत्त क्षेत्रमा सुरक्षित रूपले अवतरण गरेका हुन् ।

रोयटर्सका अनुसार शेन्झु-१२ मिशन २०२१-२०२२ को लागी चार चालक दलसहित योजना बनाईएको मिशन मध्ये पहिलो थियो । किनकि चीनले आफ्नो पहिलो स्थायी अन्तरिक्ष स्टेशन खडा गरेको थियो । यो प्रक्रिया पुरा गर्न स्टेशनको तीन मोड्युलको प्रक्षेपण सहित ११ मिशनको आवश्यकता रहेको छ ।

तिहान्य नामको मोडुलसँगै निर्माण कार्य अप्रिलबाटै शुरु गरिएको छ । यसमा भविष्यमा बस्न मिल्ने कोठासहित निर्माण गर्न लागिएको छ । यो शहरमा कुद्ने बस (सिटी बस) भन्दा अलिकति ठूलो बन्दै छ । तिहान्य नाम राखिएको यसमा मध्य जुन महिनादेखि यसमा निए, लिउ र ताङ बस्दै आएका थिए । चीनको सबैभन्दा लामो अन्तरिक्ष उडान पुरा गर्न उनीहरु त्यहाँ बस्दै आएका थिए ।

दोस्रो क्रू मिशन अक्टोबरको लागी योजना बनाईएको छ । अन्तरिक्ष यात्रीहरुको अर्को ब्याच छ महिनाको लागि तिहान्यमा बस्ने अपेक्षा गरिएको छ ।

त्यो सेन्झाउ-१३ मिशन भन्दा अगाडिनै चीनले एक स्वचालित कार्गो अन्तरिक्ष यान (तियामझु-३) अर्को चालक दलद्वारा आवश्यक आपूर्ति वा सामानहरु बोकेर तियान्य पठाइने छ ।

तियानजु-३ निकट भविष्यमा प्रक्षेपण गरिने चीनियाँ मेडियाहरुले उल्लेख गरेका छन् ।

अमेरिकी कानूनले नासासँग काम गर्न र अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइ एस एस) मा विस्तार गर्न अवरुद्ध पारेपछि चीनले विगत एक दशकदेखि आफ्नै अन्तरिक्ष स्टेशन बनाउन प्रविधीको विकास गरीरहेको छ ।

चीनको अन्तरिक्ष स्टेशन सन् २०२२ को अन्त्यसम्म पूरा हुने अपेक्षा गरिएको छ । यो २० वर्ष पुरानो आइएसएसको एकमात्र विकल्प हुनेछ, जुन २०२२ मा रिटायर हुन सक्छ ।

तपाइँको प्रतिक्रिया