शुक्रबार, वैशाख १४, २०८१

आगोबाट बचाउन रुखलाई सिरक

नेपालप्लस संवाददाता२०७८ असोज १ गते १८:०५

 

फोटो- द पिजन एक्सप्रेस

अमेरिकामा एकदमै ठूला रुखलाई आगोबाट बचाउन आगोले क्षती नगर्ने सिरक ओढाईएको छ ।

संसारको सबैभन्दा ठूलो रुखहरुलाई बिहीवार अमेरिकी अग्नी टोलीले आगो प्रूफ सिरकमा लपेटेका छन् । ति रुख सुख्खाबाट धेरै प्रभावित हुन्छन् । अमेरिकाको पश्चिमी क्षेत्रबाट फैलिने भयानक आगोबाट बचाउन आगोले नटिप्ने सिरक रुखहरुमा ओढाइएको हो ।

सक्वाईस र जेनेरल सर्मब ट्री भनिने रुखहरुको अग्लाई करिब ८३ मिटर हुन्छ । यि रुख संसारकै ठूला मानिन्छन् । डढेलोबाट बचाउन बिहिवार यि रुखलाई आगोले नटिप्ने आल्मुनियमका कम्बल, सिरकले अग्नी नियन्त्रकहरुले ओढाएका थिए ।

अग्निनियन्त्रकहरूले क्यालिफोर्नियाको सेक्वाइया राष्ट्रिय निकुञ्जका २ हजार पुराना रूखहरुको बोक्रामा ब्रुस लगाइरहेका थिए । त्यसो गर्नुको अर्थ बोक्रामा रहेको धुलो, सुख्खा बोक्रा हटेर तत्कालै आगोले नटिपोस् भन्ने हो । उनीहरुले अन्य रुख सफा गर्न र कम्बल ओढाउन थप मेशिनहरु सफा गर्दै थिए ।

द मर्क्युरी न्यूजका अनुसार पार्क रिसोर्स म्यानेजर क्रिस्टी ब्रिघमले भने “उनीहरु यी रूखहरुलाई जोगाउन असाधारण उपायहरु अपनाइरहेका छन् ।”

“यी २,००० देखि ३,००० वर्ष पुराना रूखहरुलाई बचाउनको लागि हामी साँच्चै जुनसुकै उपाय लगाउन चाहन्छौं” ब्रिघमले थपे ।

क्यालिफोर्नियाको जंगलमा लाखौं एकड (लाखौं हेक्टर) वन यस वर्षको भीषण आगलागीमा परेर जलेको छ । बाँकी वन जोगाउन अग्नी नियन्त्रकहरुले आल्मुनियमको सिरक ओढाइदिने जुक्ति रचेका हुन् ।

वैज्ञानिकहरुका अनुसार मानव निर्मित ग्लोबल वार्मिंङले वर्षे लामो खडेरी र बढ्दो तापक्रम निम्त्याएको छ । यसको कारण त्यस क्षेत्रलाई जंगली आगोले धेरैनै कमजोर बनाएको छ ।

करिब ५०० कर्मचारी प्याराडाइज फायर (डढेलोको नाम राखिएको) र कालोनी फायर (अर्को डढेलोको नाम) सँग लड्न संलग्न थिए । त्यहाँ १० सेप्टेम्बरमा चट्याङ परेपछि ९,३६५ एकड जंगल डढेलोले भस्म बनाईसकेको छ ।

यो क्षेत्रका घना वनको विशाल रूखहरु पर्यटक आकर्षित गर्ने माध्यम हुन् । यिनको भव्य उचाई र असाधारण परिधि (थाम, गोलाई) देखेर आश्चर्य मान्न आगन्तुकहरु दुनियाँबाट त्यता जान्छन् ।

तपाइँको प्रतिक्रिया