बिहीबार, चैत १५, २०८०

अफगानिस्तानको शरणार्थी संकटलाई लिएर नेदरल्याण्डका विदेश मन्त्रीद्वारा राजीनामा

नेपालप्लस संवाददाता२०७८ असोज १ गते १८:४२

फोतो-विकिपेडिया डट ओआरजी

अफगानिस्तानको शरणार्थी संकटलाई लिएर नेदरल्याण्डका विदेश मन्त्री सिग्रिड कागले राजीनामा दिएकि छन् ।

विदेशमन्त्री सिग्रिड कागले बिहीबार संसदबाट औपचारिक रुपमा अफगानिस्तान उद्दारको संकटलाई सम्बोधन गरेको भन्दै राजीनामा दिएकि हुन् ।

सांसदहरुले आफ्नो देशले चाहे अनुसार केही अफगानहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्न असफल भएको र तालिबानले अफगानिस्तान कब्जा गर्दै छ भने संकेतसम्मपनि नपाएको भन्दै सरकारको आलोचना गर्ने प्रस्तावलाई अनुमोदन गरेका थिए ।

अफगानिस्तानको स्थितिसँग कसरी व्यवहार गर्ने भनेर बेलायतका बिदेशमन्त्री डोमिनिक राबलाई पदबाट हटाइएको एक दिन पछि कागले राजीनामा दिएकि हुन् ।

“सदनले सरकार गैरजिम्मेवारपूर्ण ढंगले काम गरेको छ भन्ने ठान्छ” कागले संसदमा ७२ का बिरुद्द ७८ मतले भर्त्सना गरेपछि तिनको निन्दा गर्न संसदलाई दिएको बयानमा भनेकि छन् ।

“म हाम्रो प्रतिबद्दतामा अडिग छु । मैले अन्तिम निर्णय गर्दै यो निर्णयको नतिजा स्विकार गर्नसक्छु मन्त्रीका रुपमा” उनले थपिन् ।

“मेरो दृष्टिकोणमा यदि आफ्नो नीति अस्वीकृत हुन्छ भने लोकतन्त्र र हाम्रो प्रशासनको संस्कृति अनुसार मन्त्री चल्नुपर्छ । यसैले म विदेश मन्त्रीको पदबाट आफ्नो राजिनामा राजालाई बुझाउने छु” विदेशमन्त्रीले संसदमा भनिन् ।

तर डच रक्षा मन्त्री आङ्क बिजलेवेल्डले संसदद्वारा निन्दा प्रस्ताव गरेपनि राजीनामा दिन अस्वीकार गरे ।

विदेशमन्त्री कागले आफू मध्य-वाम पार्टी डि६६ को नेताको रूपमा रहने बताइन् । यो पार्टी मार्चमा भएको चुनावमा दोस्रो स्थानमा आएपछि प्रधानमन्त्री मार्क रुट्टेसँग गठबन्धनमा छ ।

प्रधानमन्त्री रुटेले उनको राजीनामा मन्त्रिपरिषद्को लागि ठूलो क्षती भएको बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक