आइतबार, असोज ३१, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

देवकोटाका सिर्जनाको सर्वेक्षण— ग

डा. गोबिन्द राज भट्टराई२०७८ असोज २ गते १०:१५

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

अर्को ठूलो महत्वको देवकोटाको महाकाव्य हो पृथ्वीराज चौहान जसमा पृथ्वीराज चौहान नामक एक जना बाह्रौ शताब्दीका दिल्लीको पासमा अजमेर भन्ने ठाउँमा बनेका राजाको कथा हो । उनले ती दिनका मुसलमान आक्रामकहरू विरुद्धको युद्धमा लड्दा लड्दै देहत्याग गरे । महाकविले यस काव्यलाई लोक छन्दमा रचना गरेका छन् । यस काव्यका दुईवटा सन्देश छन— राजामा आफ्नो प्रजाहरूसँगको प्रेम अनि आफ्नी प्रेयसी समयोगिताप्रतिको प्रेम । त्यसैगरी मुस्लिम आक्रमणकारीहरूका हातमा परेका हिन्दूहरूप्रतिको चिन्ता पनि अभिव्यक्त छ । भारत उपमहाद्वीपमा यसको मुख्य विषयवस्तु यस्तो एउटा सन्देश हो जसमा स्वतन्त्रता भन्ने कुरा नैतिक अडानले नै प्राप्त गर्न सकिन्छ । यसमा बारम्बार दोहोरिने थिम भन्नु नै स्वतन्त्रता र राष्ट्रवाद हो । यसले राष्ट्रिय एकताको लागि आह्वान गर्दछ ।

यी दुवै महाकाव्यको नेपालको विषयवस्तुसँग पनि गहिरो सम्बन्ध छ । दुवै महायुद्धहरूमा वीरतापूर्वक लड्ने हाम्रा योद्धाहरूले राष्ट्र प्रेमको अनन्य दृष्टान्त देखाए । यसका कथाहरू मध्युगका हुन् । तर यसको सन्देश चिरस्थायी छ । यसरी देवकोटाले चयन गरेका भारतीय विषयवस्तु र पात्रहरूले उनलाई आफ्नै शासकहरूको आलोचना गर्ने अवसर दिन्छ र समाजलाई बाँधेर लैजाने उपाय दिन्छ ।

तेस्रो र अत्यन्तै महत्वपूर्ण महाकविको कृति हो बापू एण्ड अदर सनेट्स् जसले वर्तमानकालको भारतवर्षलाई छुन्छ । जसले हामीलाई विश्वकै सर्वाधिक दुखान्तक घटनाको स्मरण गराउँछ । जुन घटना हो— बापूजीको हत्या । ती दिनमा महाकवि बनारसमा निर्वासित थिए । नेपालका धेरैजसो स्वतन्त्र सेनानीहरू बनारसमा आश्रित थिए । अथवा भारतका अन्य शहरतिर छरिएका थिए । महाकवि त्यसबेला तिनीहरूकै साथमा बनारसमा रहन्थे । दुई वर्षको निर्वासन कालमा उनले युगवाणीको सम्पादक भएर काम गरे जुन पत्रिका नेपाली कांग्रेसको मुखपत्र पनि थियो । तापनि महाकवि मूलतः एक कवि नै थिए । त्यसपछि मात्र अरू कुरा आउँछन् । त्यसकारणले गर्दा निर्वासनमा पनि उनले धेरै संख्यामा कृतिहरू निकाले । यो बापू एण्ड अदर सनेट्स शीर्षक कृतिको परिचयमा उनको निर्वासनकालको साँचो चित्र रहेको छ ।

गान्धी र देवकोटा दुवैजना आआफ्ना राष्ट्रका परम भक्त थिए । उता इण्डिया ब्रिटिश शासनले सताइएको थियो, नेपालमा चाहिँ राणाहरूले । इण्डियालाई विदेशी शासकबाट मुक्ति चाहिएको थियो । नेपालमा स्वतन्त्रता ल्याएर प्रजातान्त्रिक सरकारको स्थापना गर्नु थियो ।

देवकोटाका अनेकौँ योगदानहरूमध्ये एउटा चाहिँ अठारओटा चतुर्दशपदी (चौध हरफको कविता) र एक्काइसवटा अरू कविता जोडिएको यो कविता संग्रह हो । यसको परिचयमा पद्म देवकोटाले यी सनेटहरूको कसरी रचना भयो भन्ने विषयमा अत्यन्तै विस्तृत किसिमको जानकारी प्रस्तुत गरेका छन् । कसरी यी रचनाहरू एकपल्ट कलकत्तामै हराएका थिए । अनि कसरी अनेकौँ वर्षपछि प्राप्त भए त्यसमध्ये केही भाग चाहिँ सदाको लागि कसरी हराएर गए भन्ने कुरा पनि प्रस्ट्याइएको छ । उनले त्यस परिचयमा बापू अर्थात् महात्मा गान्धीको चिनारी यसरी प्रस्तुत गरेका छन् :
गान्धी र देवकोटा दुवैजना आआफ्ना राष्ट्रका परम भक्त थिए । उता इण्डिया ब्रिटिश शासनले सताइएको थियो, नेपालमा चाहिँ राणाहरूले । इण्डियालाई विदेशी शासकबाट मुक्ति चाहिएको थियो । नेपालमा स्वतन्त्रता ल्याएर प्रजातान्त्रिक सरकारको स्थापना गर्नु थियो । संसारका अनेक राष्ट्रहरू त्यसबेलाको बढ्दो किसिमको साम्राज्यवादको अनि उपनिवेशवादको तीव्र विरोध गर्न थालेका थिए । अनि जनतालाई स्वयम् नै राजनीतिक वृत्तमा राखेर अघि बढ्दै थिए । गान्धीको नेतृत्वमा भारतवर्षले स्वराजको अर्थात् आफ्नै शासनको माग गर्‍यो गान्धीले सदैव बेलायती शासनको विरोध गरे । उनको विरोध पद्धतिलाई सत्याग्रह भनिएको छ । अनि गरीबी जस्तो साझा शत्रुको विरुद्धमा लडेर सामाजिक र आर्थिक स्वतन्त्रता ल्याउन गरिएको प्रयत्न केन्द्रीय तत्व भए (बापू एण्ड अदर सनेट्स् ) ।

यस कृतिले महात्मा गान्धीको देहावसान पश्चात् एक महान् नेपाली स्रष्टाको मनमा उठेका दुःख र विषादका धारणाहरू प्रस्तुत गर्दछ । विश्वकै एक अनन्य स्वतन्त्रता संग्रमी महात्मा गान्धी जसको अस्त्र भन्नु नै सत्य र अहिंसा थियो । देवकोटा पनि स्वतन्त्रताको यो आह्वानलाई समर्थन गर्दै बनारस पुगेको बेला थियो । किनभने मनमा नेपाली जातिको दुर्गती देखेर उनी दुःखी भएका थिए । पद्म देवकोटाका शब्दमा गान्धी र महाकवि दुवै जनामा आफ्ना पीडा भोगिरहेका राष्ट्रको उद्धारबाहेक अरू कुनै चिन्ता थिएन । त्यस्तो समयमा एउटा कप्तानले उज्यालो बत्तीलाई अकाशमा उठाएको बेलामा अहिंसाको माध्यमद्वार स्वतन्त्रता संग्राम गर्ने व्यक्तित्वको प्राण अर्थात् यो बत्ती झ्याप्प निभाइयो । वास्तवमा यो बुद्धको प्रकाश थियो अर्थात् शान्ति र अहिंसाको प्रकाश थियो । त्यो त कहिल्यै बल्न छोडेको छैन । बापूजीको दुःखद अन्त्यले सबैलाई विह्वल गरायो । त्यो सनेटको पहिलो श्लोकमा नै महाकविले यस्तो सम्बोधन गरेका छन्—

हाम्रो भारतवर्षका श्रीपेजको कोहिनुर, मणि, तिमी हे सन्त !
हाम्रो जातिको निमित्त तिमी सर्वाेच्च मूल्यका महान व्यक्ति हौ
बिस्तारै काटेर मिलाइएको एक पवित्र रत्न हौ
हाम्रो अन्धकार युगमा ….तिम्रो ज्योति भव्यरूपले यहाँ चम्किरहेको छ ।
(मेरो अनुवाद)

विश्वकै एक अनन्य स्वतन्त्रता संग्रमी महात्मा गान्धी जसको अस्त्र भन्नु नै सत्य र अहिंसा थियो । देवकोटा पनि स्वतन्त्रताको यो आह्वानलाई समर्थन गर्दै बनारस पुगेको बेला थियो । किनभने मनमा नेपाली जातिको दुर्गती देखेर उनी दुःखी भएका थिए ।

लेखको शुरुमा नै मैले बताएको थिएँ । देवकोटाको सिर्जना सदैव त्रि–स्तरीय परिवेश र दर्शनले सञ्चालित थियो । सर्वाेपरि ता महान् भारतीय वीरहरूको नाममा काव्यहरूको रचना गरेर उनले भारतवर्षको गौरवगान गरेका छन् र त्यसको सँगसँगै नेपाली जातिको पीडालाई पनि परोक्षरूपले अभिव्यक्त गरेका छन् । उनले कुनै भौगोलिक सीमा तोकेका छैनन् । उनले आफ्नो यस धारणाको उच्च भावनालाई बापूमा नै व्यक्त गरेका छन् । जहाँ उनले गान्धीलाई ‘भारतवर्षका तिमी कोहिनूर हौ’ भनेका छन् । अनि उनलाई बुद्धसँग दाँजेका छन् । मानव जातिका पिता महात्मा गान्धी एक सर्वेच्च मार्ग–दर्शक हुन् । उनलाई महाकविले एउटा ‘विश्वविजयी ईश्वरीय आत्मा’ भनेका छन् र अन्तिम श्लोकमा उनले गान्धीप्रति यस्तो गहिरो श्रद्धा अभिव्यक्त गरेका छन् :
विनम्रता नै सौन्दर्य हो…
वास्तविक गौरव सधैँ नुहुन्छ
यो कोमलताले नै हामीलाई महान् बनाउँछ
निर्धन आत्माहरू सम्पन्न हुन्छन्
जगतले त्यसको उपहास गर्नेछ
वास्तविक प्रेमको साम्राज्य
सतह कुनै चित्र होइन आत्मा अन्तिम चित्र हो ।

(मेरो अनुवाद)

महाकविले मानवताका मूल्यहरूको गीत गाएका छन् । जुन जाति र राष्ट्रभन्दा अलग्गै हुन्छ; त्यसकारणले महाकविले धेरै कवितामा एक महाभारतको गीत गाएका छन् ।

सारांश

हाम्रा समक्षमा वर्तमान भूमिमा धेरै समधर्मी द्रष्टाहरू छन्, कवि लेखक छन् । तर हामीले यस पक्षको राम्रो अध्ययन गरेका छैनौँ । फणीश्वर नाथ रेणुले नेपाली क्रान्तिको पक्षमा लेखेर ठूलो योगदान गरे । गोपालसिंह नेपालीले भारतीय साहित्यलाई ठूलो योगादन पुर्‍याए । यस्ता अनेकौँ लेखकहरू छन् । राजनेता छन्, द्रष्टा चिन्तक सामाजिक कार्यकर्ता छन् । जसले एक अर्का देशवासीहरूको हिताय ठूलो योगदान गरेका छन् । आखिरमा एक अर्काको उन्नति र साझा सभ्यताको उत्थान नै हाम्रो लक्ष्य हो । अझ त्योभन्दा माथि उठेर भारतीय–नेपालीहरूले अतुलनीय रूपले विनाभेदभाव कत्रो योगदान गरेका छन् । देशको यस प्रान्तमा उनीहरूले गरेको योगदान उल्लेख्य छ । उदाहरणको लागि जन्मभूमि मेरो स्वदेश जस्तो एउटा ऐतिहासिक उपन्यास तेजपुरकी गीता उपाध्यायले तयार गर्नुभएको छ ।

यो अन्धकारबाट बाहिर ल्याउन महाकविले जुन भूमिका खेले त्यो अतुलनीय छ तथापि यो अन्धकारमा लुकेको अज्ञात अवस्थमा रहेको छ । किनभने हामीले महाकविलाई उचित किसिमले परिचित गराएका छैनौँ । आज मलाई यस्तो लाग्छ कि हाम्रो प्रथम कर्तव्य नै महाकविको उज्ज्वल जीवनलाई अझ प्रकाशमा ल्याउनु हो यसले हामीलाई अर्थात् नेपाल–भारतका लेखक, द्रष्टा, चिन्तकलाई अझ जोड्नेछ र जनसाधारणलाई पनि धेरै नजिक ल्याउनेछ ।

देवकोटाको सिर्जना सदैव त्रि–स्तरीय परिवेश र दर्शनले सञ्चालित थियो । सर्वाेपरि ता महान् भारतीय वीरहरूको नाममा काव्यहरूको रचना गरेर उनले भारतवर्षको गौरवगान गरेका छन् र त्यसको सँगसँगै नेपाली जातिको पीडालाई पनि परोक्षरूपले अभिव्यक्त गरेका छन् ।

हामीले देवकोटाका कृतिहरूलाई अन्य धेरै भाषामा अनुवाद गर्नुपरेको छ । अनि यी महान् स्रष्टाको प्रतिभालाई अझै प्रस्ट पारेर प्रस्तुत गर्नुुपर्दछ । वीपी कोइरला नेपाल–भारत फाउण्डेशन जस्तैगरी हामीले पनि देवकोटा इण्डिया–नेपाल फाउण्डेशन जस्तो संस्थाको परिकल्पना गर्न सक्छौँ ।

महाकविका शाकुन्तल तथा प्रमिथस जस्ता कृतिहरू उसैबेलामा अनूदित भएका भए नेपालले पनि नोबेल पुरस्कारसम्म प्रस्तुत गर्न सक्थ्यो होला । तर उनका जीवनभरि अनेक द्वन्द्व, संघर्ष, अशान्ति र विक्षोभ उन्पन्न गरिराख्यो अनि मानिस सचेत हुनुभन्दा पहिले नै महाकवि अस्ताएर गए ।

महाकविका कोही समकालीनहरूले उनीप्रतिका आफ्ना धारणाहरू छोडेर गएका छन् । उनको महानतालाई प्रमाणित गर्न तिनै कुरा पर्याप्त छन् तथापि उनको जीवनकालमा उनी अपरिचित जस्तै रहे । महापंडित राहुल साङ्कृत्यायनले पाँचपल्ट नेपालको भ्रमण गरे । पाँचौपल्टको सन् १९५३ को भ्रमणको बारेमा स्मरण लेख्ता उनले यो बताएका छन् :

हिन्दी कवितालाई बीसौँ शताब्दीसम्म आइपुग्न चारसय वर्ष लाग्यो । जब कि नेपाली कविताको कुरा गर्दा यो उन्नाइसौँ शताब्दीमा मात्रै शुरु भएको थियो । त्यसकारणले नेपाली कविताले हिन्दी कविताका चारसय वर्षका कुराहरू छोटो समयमा एक शताब्दीभित्रै अनुभव गर्नु परेको थियो । यसरी तीन शताब्दीका कुराहरू समेट्नुपर्ने भएकोले गर्दा नेपाली कवितालाई अपरिपक्व भन्ने ठाउँ छैन । यसको परिपक्वताका एउटा प्रमाण छन् महाकवि स्वयम् । महाकवि भित्र हामीले हाम्रा सम्पूर्ण हिन्दी कविता भित्रका पन्त, प्रसाद र निराला पाउन सक्छौँ । त्यतिमात्र होइन प्रिय प्रभासका कवि हरिऔध पनि उनी भित्रै छन् । अर्कातिर हिन्दी साहित्यका कति जन्मिन बाँकी कविहरू पनि उनीभित्र समाहित छन् । (साङ्कृत्यायन, राहुल)

हामीले महाकविलाई उचित किसिमले परिचित गराएका छैनौँ । आज मलाई यस्तो लाग्छ कि हाम्रो प्रथम कर्तव्य नै महाकविको उज्ज्वल जीवनलाई अझ प्रकाशमा ल्याउनु हो यसले हामीलाई अर्थात् नेपाल–भारतका लेखक, द्रष्टा, चिन्तकलाई अझ जोड्नेछ र जनसाधारणलाई पनि धेरै नजिक ल्याउनेछ ।

ती दिनका भेटहरू सम्झेर राहुल साङ्कृत्यायनले लेखेका छन्ः महाकवि लक्ष्मीप्रसाद ती महान् कविमध्ये एक थिए जसको प्रतिभालाई उनको आफ्नै भूमिमा राम्ररी चिनिएन । यो निश्चय छ उनका जीवनकालमा नै उनको प्रतिभा समुचित रूपले चिनिएको भएमा देवकोटाले आफ्नो राष्ट्रलाई विश्वसाहित्यको उचाइमा उठाउँथे (राहुल २०५९ः३२२) ।

हामीले पनि महाकवि देवकोटा शताब्दीलाई पाँचवर्ष अघि संसारभरि मनायौँ । उनीप्रतिको हाम्रो सम्मान सदैव बढिरहने छ । सबैभन्दा ठूलो कुरा त उनले मानिसको प्रेम र एकताको निमित्त सम्पूर्ण महादेश जोड्ने उद्देश्यले बोलेका थिए । खासगरी यो प्राचीन भारतवर्षलाई बारम्बार सम्बोधन गरेका थिए । यस्ता महान् प्रतिभालाई हाम्रा मित्रहरूको बीचमा चिनाउने अर्थात प्रस्तुत गर्ने अवसर पाएर तपाईं कार्यक्रम आयोजकहरूले एक प्रशंसनीय कर्म गर्नुभएको छ । म विश्वस्त छु यो चेतना निरन्तर रहने छ र यसले हामीलाई सधैँ बाँधेर राख्ने छ । हामीलाई मानवतावादी मूल्यहरू सिकाउने छ ।

आजसम्म महाकविको सिर्जना र योगदानलाई लिएर असंख्य पुस्तकहरू प्रकाशित भइसकेका छन् । तेह्र जना शोधार्थीले नेपाल र भारतका विश्वविद्यालयबाट महाकवि माथि विद्यावारिधि गरिसकेका छन् । नेपाली साहित्य व्यापक विश्वमा अपरिचित छ भन्ने बुझेरै महाकविले व्यापक रूपले अंग्रेजी भाषा प्रयोग गरेका थिए । कतिपय सिर्जनामा विशेषगरी आफ्नो अनुवाद कार्यमा उदीयमान नेपाली साहित्य यसरी नै अघि बढ्ने छ भन्ने उनमा विश्वास थियो । महाकविकै व्यापक प्रयत्नले गर्दा आदिकवि भानुभक्त आचार्यले रोपेको सानो बिरुवामा फूल लागे र महाकविका प्रयत्नहरूमा भारतवर्षका द्रष्टा कवि रविन्द्रनाथ ठाकुरले भनेझैँ ती आज फलिभूत हुँदेैछन् । भूपेन हजारिकाले जुन गीत गाए नेपाली पनि त्यही गाइरहेका छन् । कलाकारहरू भाषाभन्दा बाहिर भूगोलभन्दा बाहिर हुने रहेछन् ।

तर महाकविको देहान्त पश्चात् आधा शताब्दीदेखि हामी स्थिर अथवा यथावत् रहेका छौँ हामीले अझै पनि विश्वभाषा अंग्रेजीसँग सम्पर्क स्थापित गर्न सकेका छैनौँ । त्यसकारणले गर्दा उनको योग्यता छोपिएर रह्यो । नेपालविद् पूर्ववादी विद्वान् माइकल हटले लण्डनको इन्डिपेन्डेन्ट पत्रिकामा प्रकाशित भएको रचना कसरी प्राप्त गर्न सकिएन भन्ने कुरा बताएका छन् । गुवाहाटीको विद्वत समाजले देवकोटाको प्रतिमा स्थापना गरेर पहिलो पल्ट भारतवर्षमा देवकोटा शताब्दीको अवसरमा अनावरण गर्‍यो । महाकविको सम्मानमा नेपालका रचनाका सम्पादक रोचक घिमिरेले रचनाको महाकवि विशेषाङ्क (अङ्क पाँच) प्रकाशित गरे । यी समर्पित व्यक्तिहरूलाई धन्यवाद छ । जसले महकविको लागि अलिकति स्थान सिर्जना गरे र विभिन्न जाति र धर्म संस्कृतिका मानिसहरूलाई हिजोभन्दा नजिक ल्याए ।

(यो तयारीको लागि विष्णुराज आत्रेय, महादेव अवस्थी, शरच्चन्द्र भट्टराई, चुडामणि बन्धु, गोविन्दराज भट्टराई, लक्ष्मीप्रसद देवकोटा, भवानी घिमिरे, नेत्रप्रसाद न्यौपाने, नरेन्द्रराज प्रसाईं, शिव रेग्मी, हेमचन्द्र पोख्रेल, राजेन्द्र सुवेदी, भृकुटी लगायतका देवकोटा विशेषाङ्कहरुको प्रयोग गरेको छु । यी रचना कृति आकारमा आउँदा समेटिँदा सम्पूर्ण सन्दर्भ सामग्री प्रस्तुत गर्नेछु) ।

नेपाली साहित्य व्यापक विश्वमा अपरिचित छ भन्ने बुझेरै महाकविले व्यापक रूपले अंग्रेजी भाषा प्रयोग गरेका थिए । कतिपय सिर्जनामा विशेषगरी आफ्नो अनुवाद कार्यमा उदीयमान नेपाली साहित्य यसरी नै अघि बढ्ने छ भन्ने उनमा विश्वास थियो ।

बिसौनिका कुरा— (सन् २०१५ को १० जनवरीका दिन आसाम गुवाहाटीको पानीखेतीस्थित डाउनटाउन विश्वविद्यालयको महासम्मेलनमा मलाई त्यसरी एउटा लामो कार्यपत्र प्रस्तुत गर्ने अवसर मिलेको थियो भने ममात्र नभएर मेरा सहयात्री शिष्य श्री बलराम अधिकारीले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रको शीर्षक महाकवि देवकोटाको साहित्य जगत्मा स्मृति र स्वप्नहरू थियो । यस कार्यपत्रले महाकवि देवकोटाको साहित्य जगत्को परिभ्रमण गर्दछ । त्यसो गर्दा साहित्यमा उपयुक्त स्मृति र स्वप्नको कसरी प्रयोग हुन्छ भन्ने दृष्टान्त प्राप्त हुन्छ । यसले के देखाउँछ भने महाकविले एकातर्फ स्मृतिबाट लिएर आफ्नो सिर्जना सामग्री बनाए; अर्कातर्फ आफ्ना सपनाहरूलाई त्यसमा प्रस्तुत गरे ।

यस लेखमा कुन परिवेश र परिस्थितिले महाकविको चेतनालाई आकार दियो र उनका स्मृति र सपनाको सम्पूर्णता के थियो भन्ने कुरामाथि पनि प्रकाश पारिएको थियो । यस लेखमा महाकवि एउटा स्वप्न द्रष्टा थिए र उनका स्मृतिका अनेकौँ तह थिए ।

उनका कविका निजी र सार्विक स्मृतिहरू व्यक्तिगत स्वतन्त्रताका सपनाहरू प्रजातन्त्र मानवतावाद र प्रगतिका सपनाहरू प्राप्ति गर्न उनले कत्रो युद्ध लडे भन्ने पनि देखाइएको छ । त्यस दिनको महासम्मेलनमा भारत आसामका धेरै ठूला साहित्यसेवी विद्वानहरूको पनि उपस्थिति थियो । सर्वप्रथम ता नवसापकोटा स्वयम्ले एउटा छोटो मन्तव्य लक्ष्मीप्रसाद देवकोटाको विलक्षणता शीर्षकमा प्रस्तुत गरेका थिए । त्यसपछि गोविन्दराज भट्टराईको मूल कार्यपत्र प्रस्तुत भइसकेपछि गौहाटी विश्वविद्यालयका विद्वान् डा. अनिल बोरोले प्राध्यापक गोविन्दराज भट्टराईको कार्यपत्र माथि लिखित टिप्पणी प्रस्तुत गरे । त्यसपछि आएको बलराम अधिकारीको कार्यपत्रमाथि गौहाटी विश्वविद्यालयका डा. दिलिपकुमार कलिताले टिप्पणी प्रस्तुत गरे । त्यसपछि सिक्किमका नवीन पौड्यालले देवकोटा : एक हतभागी प्रतिभा शीर्षकमा छोटो विचारपत्र प्रस्तुत गरे । त्यस्तै गरी अर्काे विचार पत्र थियो— वनारस हिन्दू विश्वविद्यालयका डा. दीवाकर प्रधानको भारतवर्षमा देवकोटाको स्थान शीर्षकमा । यसैगरी डा. प्रधानको कार्यपत्रमाथि लेखिका विदूषी बन्टी सेचुवाको टिप्पणी थियो र अन्त्यमा यस कार्यक्रममा केके प्रक्रिया भए त्यसको एउटा अनुसूची प्रस्तुत गरिएको छ ।

गुवाहाटीको विद्वत समाजले देवकोटाको प्रतिमा स्थापना गरेर पहिलो पल्ट भारतवर्षमा देवकोटा शताब्दीको अवसरमा अनावरण गर्‍यो ।

त्यस दिन भएका आसामका विद्वान् विदुषीमध्ये गुवाहाटी विश्वविद्यालयका लोक साहित्यका प्राध्यापक डा. अनिल बोरो, आनन्दराम बरुवा इन्स्टिच्यूट अफ ल्याङ्गुएज आर्ट एण्ड कल्चरका डाइरेक्टर दिलीप कलिता, आरजी बरुवा कलेजकी अध्यापक बन्टी सेचुआ, बनारस हिन्दू विश्वविद्यालयका डा. दिवाकर प्रधान थिए भने यस सेमिनारलाई आसाम मेडिकल कलेज डिब्रुगडका डा. नारायण उपाध्यायले उद्घाटन गरेका थिए । प्रा. लीलबहादुर क्षेत्रीले दीप प्रज्ज्वलन गरेका थिए । प्रा. गीता उपाध्यायले महाकविको तस्बीरमा माल्यार्पण गरेकी थिइन् । सिक्किम विश्वविद्यालयकी डा. कविता लामाले उद्घाटन सत्रको अध्यक्षता गरेकी थिइन् । साहित्यकार नवसापकोटाले कि–नोट सम्बोधन गरेका थिए । उक्त अवसरमा नाट्यभूषण सिके श्रेष्ठले रचेको बनमारा शीर्षक कविताको विमोचन भएको थियो । यसमा अरू विशिष्ट जनहरूमा लीलबहादुर छेत्री, दलबहादुर क्षेत्री, लोकनाथ उपाध्याय, अरुण उपाध्याय, डम्बर दाहाल, प्रेम तामाङ, नित्यानन्द उपाध्याय, सबै आआफ्ना स्थानका विशिष्ट प्रतिभा थिए ।

पछि शिवनाथ शर्मा र नवसापकोटा मिलेर सबै कुरा समेटी ६८ पृष्ठको सचित्र पुस्तिका लक्ष्मीप्रसाद देवकोटा : द महाकवि शीर्षकको पुस्तक प्रकाशित गरे । पूर्वायन प्रकाशनको यो पुस्तक सानो भए पनि हार्ड कभरमा अति सुन्दर छ र आवरणमा महाकवि प्रस्टै चिनिने पुस्तक सहितको सम्पूर्ण परिकल्पना र कार्यान्वयनको लागि देवकोटा नगरका साहित्यिक महारथी श्री नवसापकोटा हजारौँ धन्यवादका पात्र हुनुहुन्छ । यो नेपाल भारतलाई जोड्ने अमूल्य कर्म हो यसलाई भूल्न नदिई पुस्तकाकारमा प्रस्तुत गरेर एक ऐतिहासिक कर्म, उदाहरणीय कर्म प्रस्तुत भएको छ । सम्पूर्ण श्रेय ता स्रष्टा दाजु नवसापकोटालाई जान्छ; उहाँको परिकल्पना साकार भएको छ ।

क्रमश : आगामी शनिवार

तपाइँको प्रतिक्रिया

फेसबुक