शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए सुधार्न संरक्षक र संस्थापकबाट हस्तक्षेपको खाँचो

हिक्मत थापा / नाइजेरिया२०७८ असोज ३ गते १८:०८

नेपालीहरुको प्रत्येक महादेश, देशमा अलग अलग समस्या छन् । अवस्था र परिस्थिति, गाह्रो साह्रो फरक छ । अफ्रिका लगायत कतिपय देशमा त नेपाल सरकारको उपस्थिति न्युन छ एकदमै । जागिरको मन्जुरी गर्दा, पासपोर्ट, मर्दापर्दा, भिसा लिनुपर्दा बिभिन्न काम गर्नुपर्ने हुन्छ ।

अफ्रिकामा नेपाली युवतीहरु मुजुरा नाचमा नाच्न ल्याएर दुरुपयोग गर्ने गरियो, भएकै छ अझै । नेपालबाट मानव तस्करि हुने । त्यो सबै समस्या परेका बेला, कागजपत्रकालागि पनि संस्था चाहिन्छ भन्ने भयो । अरुभन्दा एनआरएनए संस्था खोल्दा सरकार, समाज र अन्तर्राष्ट्रिय जगत र मेडियामापनि जाला भनेर खोलेको हो एनआरएनए । मानविय संवन्धकालागि, सरसह्योगकालागि राम्रो होला नेपाली समुदायलाई भनेर ।

नेपालबाट बिदेश आएपछि दुखसुखले दुई चार पैसा, सिप कमाएका हुन्छन् नेपालीले । नेपालमा दुखसुख पर्दा, मात्रिभूमीलाइ सहयोग गर्न पाइयोस् भनेर हो ।

अहिले चरम राजनितिक अवस्थामा पुगेको छ । राजनिति सबैले गरेका छन् । चुनावमा करोडौं खर्च गर्छन् । त्यसको पूर्ती गर्छन् कि गर्दैनन् थाह छैन ।

जसले नेपाललाई माया गर्छन्, वास्तवमा एनआरएनलाई जुन मर्मले बनाइयो त्यसमा राजनिति भयो । तर मलाई के लाग्छ भने अझैपनि सुधार्न सकिन्छ । हाल त्यसको दिशा भने ठिक छैन ।

मलाई सानो घटना भन्न मन लाग्यो । २०१२ मा मानव तस्करहरुले १२ जना नेपालीलाई अमेरिका लाने भनेर मदागास्कार, साउथ अफ्रिकाको पनि हिन्द महासागरको छेउमा लगेर अलपत्र पारिदिए । नेपालीहरुलाई अलपत्र पारेपछि सडकमै मागेर खानुपर्ने भयो । गैर आवाशिय नेपाली संघले नेपालीको सुत्रबाट थाह पायो । हामीले पैसा उठायौं । त्यहाँका नेपाली साथीहरुले खाने बस्ने ब्यवस्था गर्नुभयो । उहाँहरुलाई उद्दार गर्नुपर्ने भयो । कसरि उद्दार गर्ने त ? त्यतिबेला म अफ्रिकाको क्षेत्रिय संयोजक थिएँ । नेपाल पठाउन असंभव थियो ।

अहिले चरम राजनितिक अवस्थामा पुगेको छ । राजनिति सबैले गरेका छन् । चुनावमा करोडौं खर्च गर्छन् । त्यसको पूर्ती गर्छन् कि गर्दैनन् थाह छैन ।

त्यतिबेला दक्षिण अफ्रिकाको दुतावासमा आग्रह गर्‍यौं । अफ्रिकाका एनआरएनए शाखाहरु सबैले हारगुहार, आग्रह गरेपछि दक्षिण अफ्रिका दुतावासले ठूलो सहयोग गर्‍यो । हाम्रो अभियानमा उहाँहरुपनि जोडिनु भयो । त्यो जोड्ने जुन् दुतावासको अधिकारी हुनुहुन्थ्यो उहाँ आफैं २, ३ घण्टाको फ्लाईट चढेर मदागास्कार जानुभयो । ति नेपालीलाई उद्दार गराउन गैर आवाशिय नेपाली संघसित कुममा कुम जोडेर उहाँहरुलाई नेपाल पठाउनुभयो । हाम्रो लामो अनुरोध र समन्वयपछि ति नेपालीलाई नेपाल फिर्ता पठाउन दुतावासको प्रमुख भूमिका रह्यो ।

अनि उहाँहरुले भन्नुहुन्थ्यो – गैर आवाशिय नेपाली संघ भनेको वास्तबमै नेपाली दुतावास भन्दा बढि काम गर्ने रैछ । मलाईपनि गौरव लाग्यो नेपालीलाई यति धेरै सहयोग गरेको देखेर । एनआरएनएले यति राम्रो काम गर्नुहुँदो रैछ । वास्तबमा तपाईहरु नभएको भए हामीले मात्रै यो काम गर्न सक्थेनौं । वास्तबमै तपाईहरुले दुतावासले भन्दा बढि काम गर्नु भएको छ । तपाईहरु लागेपछि कान्तिपुर लगायतका मेडियामापनि आयो र सरकार लगायत अन्य संवन्धित कार्यलायले ध्यान दिए । वास्तबमै तपाईहरुले ठूलो काम गर्नुहुन्छ । कति राम्रो संस्था भनेर जुन अधिकारीले प्रशंसा गर्नुभएको थियो उहाँ (भरत कुमार रेग्मी, सहसचिव परराष्ट्र मन्त्रालय) लेनै गैर आवाशिय नेपाली संघलाई चिठ्ठी लेख्नुपर्‍यो । परराष्ट्र मन्त्रालयको नाममा चिठ्ठी लेख्नुपर्दा उहाँलाई कस्तो भएको होला ? गैर आवाशिय नेपाली संघ भनेको त चुनावमा धाँधली गर्ने, बदमासी गर्ने, आफूले चुनाउ जित्न जेसुकै गर्ने, राजनितिक पार्टीको शरण लिने । एउटा राष्ट्र सेवक कर्मचारीलाई सात आठ वर्षमा के महसुस भए होला ?

नेपालका राष्ट्र सेवक कर्मचारीहरु बिदेशमा आएर नेपाली दुतवासमा काम गर्छन् । नेपालीको सेवा गर्छन् । उनीहरुलाई आफूले भन्दा राम्रो काम, सेवा एनआरएनका बेतलबी, स्वयंसेवकहरुले काम गरेको छ भनेर गौरव गर्थे । आज त्यहि मुद्दालाई विभिन्न देशबाट गुनासा आए, चुनाव जित्न बिभिन्न बितण्डाहरु भैराखेका छन् । नराम्रा कुरा भैरहेका छन् । त्यो नेपाल सरकारसम्म पुग्यो । एनआरएनए केन्द्रिय समितिलेपनि केहि गर्न सकेन ।

एनआरएनएमा जसरिपनि नेत्रित्वमा पुग्ने, आफ्नो स्वार्थले काम गर्ने र आफूले फाईदा लिने । जबसम्म संस्थापक, सिनियरहरुले त्यो हटाउन सक्दैनन् अथवा हामीहरुले (कार्यकर्ता, एक्टिभिस्ट, सदस्य) ले परिवर्तन गर्न सक्दैनौं तबसम्म यो अधोगतीमा जाने क्रम बढ्छ ।

उहाँहरुलेपनि केहि गर्ने हो भने आफ्ना छन् । आफूलाई भोट आउने छ भने आँखा चिम्लिने । आफ्ना छैनन् र आफूलाई भोट आउन्न भने राम्रोलाईपनि रोकिदिने । नेपालको राजनितिक अवस्था जस्तो छ त्यो भन्दापनि बढि भयो भन्ने देख्दा उहाँहरुलाई कस्तो लागे होला ? के सोच्नुभएहोला ? संस्थाको छबी के भयो होला ? त्यस्तो प्रशंसा गरेको अधिकारीलेनै एनआरएनएको झगडामा चिठ्ठी लेख्नुभएको छ ।

त्यसैले यो संस्थामा जसरिपनि नेत्रित्वमा पुग्ने, आफ्नो स्वार्थले काम गर्ने र आफूले फाईदा लिने । जबसम्म संस्थापक, सिनियरहरुले त्यो हटाउन सक्दैनन् अथवा हामीहरुले (कार्यकर्ता, एक्टिभिस्ट, सदस्य) ले परिवर्तन गर्न सक्दैनौं तबसम्म यो अधोगतीमा जाने क्रम बढ्छ । बढ्दै गएको छ । यो कार्यकालदेखि झनै बढ्दै गएको छ ।

लाज लागिराखेको छ, हाम्रो अध्यक्षले म यो पार्टीको समर्थक हुँ, प्रधानमन्त्रीको श्रीमती अथवा माथिल्लो स्तरको नेताले यसरि हस्तक्षेप गर्नुभयो, यस्तो गर्नुभयो भनेर सुनाउँदा । त्यसरि ल्याउन नहुने ।

परराष्ट्र मन्त्रालय हाम्रो अभिभावक हो । हामीले त्यहिं दर्ता गरेका छौं । हामीले अरु देशमा दर्ता गरेका छैनौं । नेपाल सरकारमै दर्ता भएको छ । राष्ट्रिय समन्वय समितिहरुको गुनासा, गल्ति, अपेक्षाहरु हुन्छन् । तपाईहरुले आफ्ना समस्यासम्म किन पुग्नुभएन ? किन काठमाडौंमा परराष्ट्रको एउटा कर्मचारीले बोलायो भनेर जानुहुन्छ । अमेरिका, अष्ट्रेलिया, जापानमा समस्या भयो किन जानुभएन ? अन्तर्राष्ट्रिय समन्वय समितिकै अध्यक्ष त्यहिँ जापानमा हुनुहुन्छ एक जना । उहाँलाईनै समस्या हल गर्नुस् भनेर अधिकार दिएपनि हुन्थ्यो । समस्या हल नभएपछि त साथीहरु जान्छन् परराष्ट्रमा । आफू चुपचाप बस्ने । यता मेरो भोट आउँछ । यता आउँदैन । मेरो आस्था यो भनेर आफूले त्यसरि राजनितिक प्रवन्ध गरेपछि अर्कोलेपनि गर्छ ।

एनआरएनए अफ्रिकाको कुरा गर्नुहुन्छ भने म एनआरएनएको प्रमुख पदमा हुँदा हामी जति सक्रिय थियौं अहिले झन बढि सक्रिय छौं । साथीहरु झन बढि सक्रिय हुनुहुन्छ । झन बढि काम भएको छ । नेपाल, नेपालीलाई, संस्थालाई योगदान गरिरहेका छौं । हामीलाई काम गर्नुछ । हामी काम गर्न आएका हौं संस्थामा । हामीलाई काम नगरिकन पद लिनु छैन । हामीलाई संस्थाबाट ब्यापारिक, आर्थिक वा अन्य कुनै स्वार्थ पुरा गर्नु छैन । सामान्य एनसिसिको तर्फबाट वा सामान्य सदस्यका तर्फबाट हामीले देशलाई अप्ठेरो परेको बेला, नेपालीलाई अप्ठेरो परेको बेला काम गरिरहेका छौं । संस्थाका गलत कुराहरुमापनि हामी बोलिराख्छौं । झनै बढि बोल्नुपर्ने जरुरि देखिंदै आयो ।

हामी संस्थालाई गैर राजनितिक भन्छौं । कम्तिमा नेत्रित्व गरिराखेको, प्रमुख नेत्रित्वकर्ताले त्यसो नभनेको भए हुन्थ्यो । हामीले राजनिति गरिराका छैनौं, राजनितिक हैनौं भन्ने फेरि राजनिति गर्ने अनि अरुले के भन्ने त ? संस्थालाई यो पार्टीको मान्छेले, यो पार्टीको नेत्रित्वले भन्नुभयो ।

म यो पार्टीमा थिएँ भन्ने जबकि यो पार्टीको नेताले हस्तक्षेप गर्‍यो भन्ने नामै तोकेर । जबकि त्यो भन्यो भनेन कुनै प्रमाण छैन । भन्यो पनि होला । जबकि संस्था त गैरराजनितिक हो नी । संस्थाको ब्यक्तिले बोलिसकेपछि त्यसमा संयमता हुनुपर्छ भन्ने मेरो भनाई हो । कि त हामी यो पार्टीकोले जितेको छ हामी दुई वर्ष यो पार्टीको यसरि चलाउँछौं भन्नुपर्‍यो । जस्तो हामी कांग्रेसको, हामी एमालेकोले जितेकोले यो हाम्रो सरकार हो भने जस्तै एनआरएनएपनि हाम्रो यो पार्टीकोले जितेको हामी चलाउँछौं भन्नुपर्‍यो । संस्था गैरराजनितिक भएपछि संस्थाको ब्यक्तिले हामी बराबर हो, जुन जसले जितेपछि नेपालको सरकार हामी सबैको हो, जुन सरकार आएपनि हाम्रोलागि समान हो, मिलेर काम गर्छौं भन्नुपर्‍यो ।

नेत्रित्वले गलत बाटोमा लागेर संस्थालाई धराशायी बनाउन लाग्यो, संस्थाको छबी बिग्रियो । त्यसैले संस्थाको अभिभावक भएकोले संस्थापक, संरक्षकहरुले सँगै बसेर संस्थालाई मार्गनिर्देशन गर्न सके संस्था राम्रो हुँदै जान्छ । संस्था आफ्नो उद्देश्यको सहि बाटोमा अझै जानसक्छ ।

अफ्रिका महादेशमा जमम दुइ वटा दुतावास छन् । अफ्रिका प्राथमिकतामा पर्दैन नेपाल सरकारको तर्फबाटपनि । त्यत्रो कोरोनाको संकट हुँदा परराष्ट्र मन्त्रालयको तर्फबाटपनि अफ्रिकाका नेपालीबारे चासो भएन । युरोप र अन्य देशका नेपालीको चासो राखियो । एनआरएनए केन्द्रबाटपनि त्यस्तै भयो । आइएलओ त नआएको राम्रो भयो ।

हामीले कोरोना लागेर ज्यान गएका नेपालीको घरमापनि पैसा उठाएर सहयोग गर्‍यौं । आफैंले पैसा उठाएर समस्यामा परेका नेपालीलाई सहयोग गर्‍यौं । एनआरएनए केन्द्रको प्राथमिकतामापनि हामी परेनौं किनकि यहाँ हाम्रो भोट कम छ । अफ्रिका भनेको एउटा महादेश जहाँ आउनुपनि छैन, जानुपनि छैन । न त्यहाँ हाम्रो ब्यापारको संबहवना छ, न पर्यटनको मौका छ । न परिवार छ भन्ने सोचाई होला केन्द्रका साथीहरुलाई । तर एनआरएनए कति देशमा छ भनेर गन्दा त हामीलाईपनि गन्नुहुन्छ नि, ८० देशमा भनेर । हामी यहाँ १७ देशमा छौं । अहिले ६५ देशमा सक्रिय छौं भन्नुहुन्छ, हामी १३ देशमा छौं । २० प्रतिशत त हामी हौं । त्यसलाईपनि त महत्व दिनुपर्ने हो नी । नेपाल सरकारले जसरि कर्णालीलाई हेर्छ ठ्याक्कै हामीलाईपनि एनआरएनए केन्द्रले त्यसैगरि हेर्छ ।

अहिले संस्थामा राजनिति हाबी भयो । भोट गणनाको हाबी भयो । पैसाको हाबी भयो, तपाई कति पैसा दिन सक्नुहुन्छ भन्ने हाबी भयो । कति खर्च गर्नसक्नुहुन्छ भन्ने हाबी भयो । त्यो कुरामा अप्ठेरो, कमजोरी रह्यो होला हाम्रो ।

विशेषगरि गएको दुई वर्ष देखि संस्था अप्ठेरो अवस्थामा आयो । जब नेत्रित्वले गलत बाटोमा लागेर संस्थालाई धराशायी बनाउन लाग्यो, संस्थाको छबी बिग्रियो । त्यसैले संस्थाको अभिभावक भएकोले संस्थापक, संरक्षकहरुले सँगै बसेर संस्थालाई मार्गनिर्देशन गर्न सके संस्था राम्रो हुँदै जान्छ । संस्था आफ्नो उद्देश्यको सहि बाटोमा अझै जानसक्छ । त्यो संभावना छ भन्ने हामी सबैको विश्वाश छ । ब्यक्तिगत स्वार्थ होइन आम नेपाली, संस्थाको हितलाई हेरेर काम गर्ने नेत्रित्वलाई सहि मार्गमा लैजान उहाँहरुको हस्तक्षेपको जरुरि छ । उहाँहरुले हस्तक्षेप गरे उहाँहरुले सक्नुहुन्छ भन्ने विश्वाश हामीलाई छ ।

अहिले संस्थाले पार्टीसित झगडा गरिराखेको छ । परराष्ट्रसित झगडा गरिरराखेको छ । संस्थापक, संरक्षकहरुले भनेको सबैले मान्छन् । नत्र त अहिलेको नेत्रित्व धेरै राजनिति गर्‍यो । प्रतिपक्षीले झन बढि गर्छ । एउटाले ५० प्रतिशत गर्‍यो भने अर्कोले सय प्रतिशत गर्छ गर्छ । त्यो कुरा बन्द हुन्थ्यो कि भन्ने हो । नेपालमा बस्ने नेपालीलेपनि ज्ञान बिज्ञता, बिदेशको सिप, प्रविधी सिक्न पाउन् । अप्ठेरो पर्दा, भूकम्प र बाढी पहिरो जाँदा सहयोग पाउन् । बिज्ञता, ज्ञानगुन, लगानीको कुरामा सहयोग पाउन् । संरक्षक, संस्थापकहरुले यो भएन भन्ने हो भने त्यो कुरा कम हुन्थ्यो होला नी !

(शनिवार नेपालप्लस डटकमले ‘कता जाँदै छ एनआरएनए ?’ विषयमा आयोजना गरेको बहस कार्यक्रममा थापाद्वारा ब्यक्त बिचारका केहि संपादित अंश । थापाका बिचारसित पूर्णरुपमा सहमत वा असहमत हुने नेपालप्लसको नितिमा पर्दैन । उनका निजि बिचार बहसकालागि राखिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया