आइतबार, असोज ३१, २०७८

विषादीका विषयमा बोल्दा जेल हाल्ने धम्की

डा. निर्मल अर्याल२०७८ असोज ३ गते १७:२८

नेपालमा मेरो परिवार मिडियामै हुनुहुन्छ । म र मेरा मित्र प्रमोद राज रेग्मीलाई नेपाली मेडियाले कोरोना महामारीमा नेपालको मिडियाले कस्तो भूमिका खेले भनेर अध्ययन गर्ने मौका मिल्यो ।

प्रथमत कोरोना महामारीमा नेपालको मेडिया बिषम परिस्थितिबाट गुज्रियो । कतिपय साथीहरुले ज्यादा काम गर्नुपर्यो भने कतिपय साथीले आफ्नो जागिर गुमाउनुपर्ने अवस्था आयो । कतिपय पत्रिकाहरु बन्द भए । यस्तो हुँदाहुदै पनि नेपाली मिडियाले जुन काम गर्यो त्यो सह्रानिय थियो ।

कोभिड महामारीको शुरुवातमा बिश्भरका बैज्ञानिकहरुबिच एकरुपता थिएन । काम गराइ र बुझाइको तरिका फरक थियो । एकखालको अन्यौलता छायो । कतिपयले हावाबाट पनि कोरोना सर्छ भन्ने थियो । बिश्व स्वास्थ्य संगठनका बिज्ञबिच पनि एकरुपता थिएन । यो अलमल नेपालमा पनि देखियो ।

बिज्ञापनका रुपमा होस या सम्पादकीय या समाचारको भूमिका होस यहि मौकामा हात धुनुपर्छ, मास्क लगाउनुपर्छ भन्ने कुराहरु धेरै आए ।

मुल धारका मेडियाहरुले नेपालमा कोभिडका समयमा बिस्तारै बिकसित हुँदै गइरहेका परिस्थितिजन्य समाचारहरु दिनुभयो । मानिसमा चेताना जगाउने काम गर्नुभयो । केहि नेपाली बिज्ञहरु पनि मेडियामा देखिने र आफ्नो बिचार दिने काममा सक्रिय रहनुभयो । कोभिडका तथ्यांकहरुका उतार चढाव र त्यसले पार्न सक्ने प्रभावहरु देखाउन र झल्काउन सफल हुनुभयो ।

कोरोना महामारीमा नेपालको मेडिया बिषम परिस्थितिबाट गुज्रियो । कतिपय साथीहरुले ज्यादा काम गर्नुपर्यो भने कतिपय साथीले आफ्नो जागिर गुमाउनुपर्ने अवस्था आयो । कतिपय पत्रिकाहरु बन्द भए ।

महामारीमा यति मात्र हुनु पर्याप्त थिएन । कतिपय मुद्दाहरु पुरै ओझेलमा परे । प्राबिधिक कुराहरुमा स्वास्थ्य बिज्ञहरु र मेडिया बिच समन्वय भएन । जस्तो कि, प्राविधिक कुरा जस्तै नेपालमा पिसिआर टेस्ट र एन्टिजेन टेस्ट बिचको भिन्नता मै अलमल भयो । कतिपयलाई के भयो भने पिसीआर टेस्ट नेगेटिभ भयो भनेपछि हामीहरु कोरोना फ्रि भयौँ भन्ने भ्रम पर्यो । पिसिआर टेस्टले ७० प्रतिशतमात्र सहि नतिजा दिन सक्थ्यो । यसको सही जानकारि आएन ।

स्थानिय स्तरमा उपेक्षित समूहहरु र केहि मुस्लिम समुदाय प्रति अत्यन्त नकारात्मक समाचारपनि प्रसारित भयो । मुस्लिम समुदायको मस्जिदमा छापा मारियो । उहाँहरुलाई अपराधीको जस्तो ब्यवहार भयो । जस्तो कि, पुरा ५० जनाको पिसीआर टेस्ट गरेकोमा १२ जना त मुस्लिम नै थिए भन्ने खालको बिभेदकारी समाचार आयो । उहाँहरुलाई समाजमै बहिष्कार गर्ने काम भयो । यसले उहाँहरुलाई कस्तो असर पर्यो भन्ने कुरा आएन । कपिलवस्तु र बाँकेमा मुस्लिम र भारतबाट नेपाल फर्केका कामदार मजदुरका विषयमा हामीले अध्ययन गर्यौँ । त्यहाँ हामीले उनीहरुको अवस्था जटिल भेट्यौँ । उहाँहरुलाई हेलाँ हुने भएपछि उपचारमा नजाने पनि अवस्था आयो ।

यहि अवस्थामा स्वास्थ्य मन्त्रालयका केहि पदाधिकारीहरुले तर मार्ने काम पनि गरे। जस्तो कि वीर अस्पताल काठमाडौं र क्यान्सर अस्पताल भरतपुरमा विष छर्ने काम भयो । अध्ययन तथा बैज्ञानिक अध्ययनहरुले प्रकाशित गरेको तथ्य यो हो कि विषादीको प्रयोग छाला र स्वास प्रश्वासको लागि हानिकारक हो । तर यसले कोरोना संक्रमण रोक्ने आधार थिएन । यसो हुँदा हुदै पनि विषादी छर्कने काम भयो भने काठमाडौं प्रवेश गर्ने नाकामा विषादी टनेल बनाउने कुरा आयो । जुन जनस्वास्थ्यका लागि हानिकारक थियो । यस्तो बेला विषादी बिज्ञहरु बोलेनन् । विषादीका विषयमा बोल्दा मलाइ जेल हाल्ने धम्की पनि आयो ।

प्रेस स्वतन्त्रताको कुरा त गर्छौँ । तर यसो भन्दैमा गतल सूचना नियन्त्रण गर्नुपर्ने अवस्था छ ।

यस्तो कुरामा मुलधारका मेडियाले ध्यान दिनुपर्थ्यो । उहाँहरुको ध्यान पुगेन । कतिपय अवस्थामा त ‘यो कुरा राम्रो’ भनेजसरी पनि समाचार आयो । सोसल मिडिया र अभियन्ताका तथ्यहिन कुराहरुले पनि समाजमा भ्रम छर्यो । कतिपय अवस्थामा प्रदेशले आफ्नै क्वारेन्टाइन र स्थानिय पालिकाले अर्कै क्वारेन्टाइन बनाउँदा झगडा तथा अलमल अवस्था सृजना भयो । अर्थको बाँडफाँड चिनजान र राजनीतिक आधारमा हुँदा आवस्यकता आधारमा जिल्लाहरुले सहयोग पाएनन् । समन्यव नहुँदा यि दुबै सरकारी निकायको एउटै ठाउँमा क्वारेन्टाइन पनि भयो । तराइका केहि जिल्लाहरुमा कोभिड समस्या आउनु भन्दा पहिला नै बाढीको समस्यासँग जुधिरहेका थिए । कोभिडका समस्या आउँदा ति जिल्लाहरुमा महामारी बिपत्तीको थप भार पर्यो । पिडितहरु झन् पिडित पनि भए ।

नेपालमा थुप्रै एनजिओहरु छन् । उहाँहरुको भूमिकालाई क्रियाशिल बनाउने काम भएन । पहिलो बन्दाबन्दीमा उहाँहरु कता हुनुभयो भनेर खोज्नैपर्ने देखियो । सरकारी स्वाथ्य कर्मचारीहरु घरमा बसेर तलब खाए । तिनको परिचालन भएन । तिनलाई तालिम दिएर काममा पनि लगाइएन । बृद्दा र एकल नागरिकका हकमा मेडिया कभरेज त्यति राम्रो भएन । बजारमा खोप आइसकेपछि बिभिन्न भ्रम फैलिए । खोपको बारेमा पर्याप्त चेतनायुक्त कार्यक्रममा मेडीयाहरुले धेरै लेखेनन् । नीजि अस्पताल र सरकारी अस्पताल बिच पनि समन्यव भएन । नीजि अस्पतालहरुको भूमिका खोजिएन भनौँ सरकारबाट उहाँहरुलाई प्रार्थमिकता दिइएन ।

कतिपय मेडियाले विषयबिज्ञ सँग नभै स्वास्थ्य क्षेत्रकै अरु क्षेत्रको बिज्ञसँग कुरा गर्नुभयो र उहाँहरुबाट सहि सूचनाहरु आएनन् । भाइसरको विषयमा इमिनोयोलोजी र भाइरोलोजिष्टहरुसँग समवन्ध हुनुपर्थ्यो । त्यो भएन । जता जता हावा चल्यो उतै उतै बहेको देखियो । सरकारले गरेका काम काजहरुमा जहाँ शंका छ त्यहाँ खोतल्ने काम कम भयो ।

अहिले म सानो मेडियाको पत्रकार भनेर खुम्चेर बस्नुपर्ने अवस्था छैन । अचेल बिदेशी बिज्ञहरुले पनि जवाफ दिन सक्नुहुन्छ । सहयोग माग्नुभयो भने सहयोग दिन उनीहरु तत्पर हुन्छन् ।

आउँदा दिनमा स्वास्थ्य महामारीमा मिडियाको भूमिकालाई सक्रिय पार्न एक मेडिया अनुगमन प्रणाली खडा गर्नुपर्ने देखिन्छ । यो अनुगमन प्रणालीमा स्वास्थ्य मन्त्रालय र मिडिया तथा बिज्ञहरु सम्मिलित हुनुपर्ने टड्कारो आवस्यकता देखियो । प्रेस स्वतन्त्रताको कुरा त गर्छौँ । तर यसो भन्दैमा गतल सूचना नियन्त्रण गर्नुपर्ने अवस्था छ । प्रेश कान्सिल जस्ता निकायको भूमिका महत्वपूर्ण छ भन्ने लाग्यो ।

अचेल सूचनाको पहुँच सजिलो छ । बैज्ञानिक अनुसन्धानहरुलाई अचेल जनताले बुझ्ने भाषामा पनि लेखिनु पर्छ भन्ने मान्यता स्थापित हुँदै गएकोले विस्व स्वास्थ्य संगठनको वेभसाइटहरुमा प्रसस्त सरल अंग्रेजी भाषामा लेखिएका रिपोर्टहरु भेटिन्छन् । नेपाली मेडियाले त्यति पनि अध्ययन नगरेको देखियो । यसो हुनुमा पत्रकारहरुको क्षमता अभिबृद्दि नगरिएर या नभएर हो ।

अहिले म सानो मेडियाको पत्रकार भनेर खुम्चेर बस्नुपर्ने अवस्था छैन । अचेल बिदेशी बिज्ञहरुले पनि जवाफ दिन सक्नुहुन्छ । सहयोग माग्नुभयो भने सहयोग दिन उनीहरु तत्पर हुन्छन् । हामीले छ महिना लगाएर केहि मेडियाका सामाग्रिहरुको अध्ययन गरेका छौँ । कोभिड १९ का बारेमा हामीले गरेको अध्ययन केहि समय पछि पुस्तकको रुपमा प्रकाशित हुँदैछ । सन् २०२० को जनावरी देखि जुलाइसम्म प्रकाशित भएका तीन अलनलाइन बाहेक अरु केहि मेडियाका केहि अध्ययन गर्यौँ ।

नेपालका मेडिया पार्टनर जस्तै नेपाल प्रेश इन्स्टिच्यूट र हेल्थ फोरमसँग मिलेर हामीले पत्रकारहरुको क्षमता अभिबृत्ति तालिम दिने सोच पनि गरेका छौं । बेलायत सरकारले फन्डिङ दिने पनि भनेको थियो । तर पछि फन्डिङ रोकेपछि यो योजना रोकिएको छ ।

(डा. अर्याल रिसर्च फेलो बोनमाउण्ड बिश्वबिद्यालय बेलायतमा कार्यरत छन् । तेस्रो बिश्व नेपाली स्वास्थ्य समम्लनको तेस्रो दिन ‘महामारीमा सन्चारको भुमिका’ विषयमा आयोजित कार्यक्रममा अर्यालले यो कुरा प्रस्तुत गरेका हुन् । एनआरएनएको स्वास्थ्य समितिले यो सम्मेलन आयोजना गरेको हो । यो समितिमा विश्वभर छरिएर रहेका करिब ३०० चिकित्सक, अनुसन्धानकर्मी, नर्स तथा स्वास्थ्य क्षेत्रमा कार्यरत ब्यक्तिहरु आवद्द छन्-संपादक ।)

तपाइँको प्रतिक्रिया

फेसबुक