बुधबार, वैशाख १२, २०८१

उच्च पदमा पुरुष सरह पहुँच पाउन स्विस महिलाहरुलाई अझै ५० वर्ष

नेपालप्लस संवाददाता /स्विजरल्याण्ड २०७८ असोज ४ गते १०:५०

Photo via www.dw.com

उच्च व्यवस्थापन पदहरुमा समान पहुँच पाउन स्विस महिलाहरुले अझै ५० बर्ष भन्दा बढी पर्खनुपर्ने छ ।

स्विजरल्याण्डको सेन्ट ग्यालेन युनिभर्सिटीको एक रिपोर्टका अनुसार हाल स्विजरल्याण्डको शीर्ष व्यवस्थापन पदहरुमा जम्मा १७ प्रतिशत महिला छन् । मध्यम खालका व्यवस्थापन पदहरुमा महिलाको पहुँच २३ प्रतिशत मात्रै छ ।

शोधकर्ताहरुले ९० वटा स्विस कम्पनीहरुमा काम गर्ने ३ लाख २० हजार कर्मचारीहरुको विश्लेषण गरेपछि यो तथ्य फेला पारेका हुन् ।

“यदि यहिलेकै अवस्था जारि रहने हो भने लिंगिय समानता प्राप्त गर्न महिलाहरुले अझै करिब तिन पुस्ता कुर्नुपर्ने हुनसक्छ । उच्च पदमा जिम्मेवारी बहन गर्नसक्ने शैक्षिक, सामाजिक, क्षमतावान र योग्य महिलाहरुले के सन् २०७८ सम्म पर्खन सक्छौं ? दशौं हजार महिलाहरुले त्यो क्षमता को हत्या गरेर बस्नुपर्ने हो ?’ रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार उच्च पदमा हुने पदोन्नतीमापनि महिलाहरुलाई भेदभाव गरिएको छ । पुरुषभन्दा बढि क्षमतावान, योग्य महिलाहरुलाई पुरुषका अनुपातमा पदोन्नती गरिएको छैन । तर कतिपय ब्यापारिक संस्थाहरुमा महिलाले गरेको ब्यवस्थापनमा बढि प्रगती र नाफा भएको देखिएको छ ।

स्विजरल्याण्डको सरकारले सन् २०२१ देखि समान काममा महिला र पुरुषबिच भिन्न गर्न नपाइने निर्णय गरेको छ । सन् २०२१ देखि सबै कम्पनीले कर्मचारीहरुको कामको प्रक्रिति, पद र कति घण्टा कुन अवस्थामा काम गरेको स्पष्ठ खुलाएर आर्थिक सूची (पे स्लिप) नै बुझाउनुपर्ने नियम बनाएको छ ।

स्विजरल्याण्डका खासगरि ठूला कम्पनीहरूले २०२० को शुरुदेखिनै पुरुष र महिलाको तलबको विश्लेषण गर्नुपर्ने छ । आफ्ना कर्मचारीको सन् २०२१ भरिको तलबको प्रमाण (पे स्लिप) अडिट कपी बुझाउनुपर्ने छ ।

डिसेम्बर २०१८ मा महिला र पुरुषका लागि समान तलव ऐनलाई संसदले पारित गरेको थियो । लैंगिक समानता ऐनको समान तलव संशोधन १ जुलाई २०२० देखि लागू हुने छ । फेडरल काउन्सिलले संसदले पास गरेको यो ऐनलाई लागू गर्नुपर्ने भन्दै हालसालै सहमति जनाएको हो । यो कानुन एक सय भन्दा बढि कर्मचारि भएका कम्पनीहरुमा लागू हुने छ । तर यसले स्विजरल्याण्डका एक प्रतिशत कम्पनीहरुलाई मात्रै प्रभाव पार्ने जनाइएको छ ।

लैंगिक भेदभावको सबैभन्दा ठूलो कारक महिलाहरुले परिवार शुरू गर्ने निर्णयलाई मानिएको छ ।

“हालैका वर्षहरुमा व्यवस्थापन स्तरमा महिलाहरुको वृद्धि पुरुषको अनुपातमा कम भएको छ । तरपनि त्यसलाई बढाउन थोरै मात्र प्रयास भएको छ” रिपोर्टका लेखक इनेस हार्टमानले स्विस सार्वजनिक प्रसारक संस्था स्विस रेडियो एण्ड टेलिभिजनलाई भने ।

“महिलाहरु विवाहित हुन्छन् । केहि समयमा बच्चाहरु हुन्छन्। तिनलाई हुर्काउने बढाउने गर्दागर्दै समय लाग्छ । यसले रोजगारीमा उच्च पदमा पुग्न आंशिक रूपमा रोक्छ” हार्टमानले भने ।

हार्टम्यानले कम्पनीहरुलाई महिलाहरुको लागी क्यारियरको बाटो खोल्नको लागि पुरुषहरुलाई पनि वालवच्चाको हेरचाहमा लगाउनुपर्ने सुझाव दिएका छन् । “महिला र पुरुष दुबैको क्यारियरको लागि यो एक सामान्य भाग हो ” उनले  भनेका छन् ।

तपाइँको प्रतिक्रिया