शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए निर्वाचन तोकिएकै समयमा गराउन परराष्ट्रलेनै सहजिकरण गर्ने

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज ४ गते १३:४४

नेपालको परराष्ट्र मन्त्रालयले गैर आवाशिय नेपाली संघको अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न सहजिकरण गरिदिने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरु चयन गर्दा धाँधली भएको बताउँदै एउटा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी हालेको थियो । सोमवार गैर आवाशिय नेपाली संघका पदाधिकारी र परराष्ट्रका अधिकारीहरुबिच भएको वार्तामा प्रतिनिधि चयनका विषयमा सबै उम्मेद्वारगरुका बिचमा आपसी सहमती गराउन सके तोकेकै समयमा अधिवेशन गराउन मन्त्रालयले सहजिकरण गरिदिने प्रतिवद्दता जनाएको संघका अध्यक्ष कुमार पन्तले नेपालप्लसलाई बताए ।

पन्तका अनुसार देखिएका विषयमा उम्मेद्वारहरु बिच सहमती भए परराष्ट्र मन्त्रालयलाई कुनै समस्या नरहेको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । पन्तले आजै देखी उम्मेद्वारहरु बिच सहमति गराउने प्रकृया शुरु हुने बताए ।

पररास्ष्ट्र मन्त्रालयमा भएको छलफलमा सँघका तर्फबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा र राजु शम्शेर राणा सहभागि थिए भने परराष्ट्र मन्त्रालयका एनआरएन डेस्क प्रमुख भरतराज रेग्मी सहितको टोली छलफलमा सहभागी थिए ।

एनआरएनमा प्रतिनिधि विवाद बढे पछी कुल आचार्य पक्षले परराष्ट्रमा उजुरी हालेका थिए । उनिहरुका अनुसार गैर आवाशिय केन्द्रले आफुहरुका गुनासालाई सुनुवाइ नगरेकोले परराष्ट्र जानुपरेको हो । तर अध्यक्ष कुन्मार पन्त भने उनीहरुको गुनासाहरुमा छलफल चल्दाचल्दै परराष्ट्र गएको बताउँछन ।

“मैले उहाँहरुलाई पहिल्यै भनेको हो, परराष्ट्र जानुपर्ने कुनै आवश्यक छैन । हामी बसेर छलफल गरौं भनेको । उहाँहरुले सुन्नु भएन । आखिर त्यही भयो । मिल्नु पर्ने, छलफल गर्नुपर्ने हामी आफैंले हो” पन्तले नेपालप्लससित टेलिफोन सम्पर्कमा भने ।

बिवाद साम्य नभएसम्म अधिवेशन नगराउन अनुरोध सहितको पत्र परराष्ट्रले पठाएपछी अहिले सरकारी हस्तक्षेप भयो भनेर खुलेरै विरोध भैरहेको छ । मन्त्रालयको पत्रलाई समर्थन गर्ने र विरोध गर्नेहरुका कारण एनआरएनए दुई पक्षमा बाँडिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक