आइतबार, असोज ३१, २०७८

विश्वशान्तिका लागी आणविक अस्त्र कति घातक ?

कृष्ण कॅंडेल२०७८ असोज ५ गते ९:१९

खुशी, स्वतन्त्रता र शान्तिको आदर्श कामनाका साथ सन् १९८१ देखि विश्व शान्ति दिवस मनाउन थालिएको हो । सन् २०१३ को सेप्टेम्बर २१ मा राष्ट्रसंघका तत्कालिन महासचिवले औपचारिक तवरले विश्व शान्ति दिवसको घोषणा गर्दै शान्ति शिक्षामा जोड दिएका थिए ।

त्यो दिन न्यूयोर्क स्थित संयुक्तराष्ट्र संघको मूख्यालय अगाडी राखिएको एउटा घन्टी बजाईएको थियो । अफ्रिका महादेश बाहेकका विभीन्न देशहरूका ससाना केटाकेटीहरूले जम्मा गरेको खुद्रा पैसाबाट त्यो घन्टी खरिद गरिएको थियो । आज हामी विश्वमा शान्ति फैलियोस भन्ने कामनाका साथ शान्तिको लागी प्रार्थना गरिरहँदा गत साता उत्तर र दक्षिण कोरियाले एकसाथ क्षेप्प्यास्र परिक्षण गरे । त्यसो त नेपालका दुई छिमेकी राष्ट्र् चीन र भारतले पनि पटक पटक घातक हतियारको परिक्षण गरिनैरहेका छन् ।

आणविक अस्त्रको पहिलो प्रयोग सन् १९४५ को अगस्त ६ मा अमेरिकाले जापानको हिरोसिमा खसालेको झन्डै १५ किलो टन टिएनटी क्षमताको एटम बमबाट भएको थियो । हिरोसिमा विस्फोट पछी हजारौं मानिसहरू क्षणभरमै मारिए । हजारौं घाईते भए । एटम बमको विकीरणको कारण भएको क्षति र मृत्युको संख्या झनै कहालीलाग्दो छ । यसको तिन दिन पछी अमेरिकाले पुन : जापानको अर्को शहर नागासाकीमा दोस्रो एटम बम खसालेको थियो ।

दोस्रो विश्व युद्धको समाप्तिसँगै शुरूभएको आणविक अस्त्रको होडबाजी र भन्डारण तीव्र हुँदैगएको छ । अमेरिका, रूस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र ईजरायल गरी नौ वटा देशसँग हालसम्म एटम,न्यूट्रन र हाईड्रोजन गरी झन्डै १३४४० आणविक अस्त्र भन्डारण भएको बताईन्छ ।

सन् १९६१ मा तत्कालिन सोभियत संघले परिक्षण गरेको हाईड्रोजन बम ५० मेगाटन बराबरको थियो । अर्थात हिरोसिमामा बिस्फोट भएको एटम बम भन्दा ३३ सय गुणा शक्तिसाली । यसैगरी अमेरिकाले सन् १९५४ मार्चमा परिक्षण गरेको हाईड्रोजन बम १५ मेगाटन बराबरको थियो । यस्ता केही हाईड्रोजन बम विस्फोट हुन गए यो पृथ्वी र मानव सभ्यता तहसनहस हुन सक्छ । आणविक उन्माद मानवताको ठूलो शत्रु हो । आणविक अस्त्रको निर्माण एवम् परिक्षणमा पूर्ण प्रतिवन्ध र विध्मान आणविक अस्त्रहरू समुल नष्ट गर्नु नै मानव सभ्यता जोगाउने एक मात्र उपाय हो ।

सन् १९६१ मा तत्कालिन सोभियत संघले परिक्षण गरेको हाईड्रोजन बम ५० मेगाटन बराबरको थियो । अर्थात हिरोसिमामा बिस्फोट भएको एटम बम भन्दा ३३ सय गुणा शक्तिसाली । यसैगरी अमेरिकाले सन् १९५४ मार्चमा परिक्षण गरेको हाईड्रोजन बम १५ मेगाटन बराबरको थियो । यस्ता केही हाईड्रोजन बम विस्फोट हुन गए यो पृथ्वी र मानव सभ्यता तहसनहस हुन सक्छ ।

लामो समय देखि नेपालमा पनि आणविक अस्त्रको विश्वब्यापी उन्मुलन, आणविक हतियारहरूको निर्माण र परिक्षणमा पूर्ण प्रतिवन्धको मागसहित मानव अधिकारको क्षेत्रमा सर्वाधिक अग्रिणी संस्था मानव अधिकार तथा शान्ति समाजले अभियान संचालन गर्दै आएको छ । सन् १९९६ जुन ८ मा चीनले गरेको आणविक परिक्षणको विरोधमा जुन ११ तारेखमा काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्दै यो अभियानको थालनी गरेको थियो । यसका साथै सन् १९९८ को मे महिनामा भारत र पाकिस्तानले एवम् उत्तर कोरियाले गरेको आणविक परिक्षण विरूद्ध शान्ति समाजले पटक पटक प्रदर्शन गरेको छ ।

लामो समय देखि आणविक अस्त्रको विरूद्दमा संसारभर यस्ता अभियान र दवाव निरन्तर चलिरहे फलस्वरूप सन् २००७ मा आणविक अस्त्रका लागि अन्तर्राष्ट्रिय संजाल गठन भै यो अभियानले थप तिव्रता पायो । निरन्तरका यस्ता दवाव स्वरूप सन् २०१७ मा संयुक्त राष्ट्रसंघले आणविक हतियार निषेध सन्धी जारी गर्यो । सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघको महासभाले आणविक हतियार निषेध सन्धी ग्रहण गरे पश्चात मतदान हुँदा १२२ राष्ट्रले पक्षमा र एक राष्ट्र नेदरल्यान्डले विपक्षमा मत हालेको थियो । अमेरिका, रूस, चीन सहित आणविक क्लवका नौ वटै सदस्य राष्ट्र र अमेरीकी गठवन्धन नेटोका सदस्य हरू गरी ६९ वटा राष्ट्रले मतदानमा भाग लिएनन् । आणविक हतियार निषेध सन्धी २०१७ सेप्टेम्वर २० मा हस्ताक्षरका लागी खुला भयो र २४ अक्टुवर सन् २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको ९० दिन पछी २०२१ को जनवरी २२ बाट लागु भएको छ । ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो महासन्धीमा नेपालले हस्ताक्षर गरेपनि हालसम्म अनुमोदन गरेको छैन ।

यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्तपादन, भन्डारण आदीलाई निषेध गरेको छ । यो सन्धी आणविक अस्त्रको पूर्ण उन्मूलन तर्फ उन्मुख भएको हुँदा शान्तिका लागी कोसेढुंगा मानिएको छ ।

मानव अधिकार, शान्ति, लोकतन्र र अहिंसा प्रवर्धनको लागी आणविक हतियार सर्वथा घातक ठहरिन्छन् । तसर्थ भावी पुस्ता र यो पृथ्वीलाई तेस्रो विश्व युद्धको विभषिकाबाट जोगाउने हो भने आणविक क्लवका शक्तिशाली देशहरूलाई आणविक हतियारको होडवाजी त्याग्न निरन्तर दवाव दिईरहनुपर्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक