शुक्रबार, चैत १६, २०८०

सार्वजनिक क्षेत्रको भ्रष्टाचार मुद्दामा स्विस अधिकारीलाई सजाय

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असोज ५ गते २२:३१

स्विजरल्याण्डको सार्वजनिक क्षेत्रमा ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै एक पूर्व स्विस सरकारी अधिकारीलाई चार वर्ष र चार महिना जेल सजाय सुनाइएको छ ।

राज्य आर्थिक मामिला सचिवालय (सेको) विभागका पूर्व प्रमुखलाई बेरोजगारी बीमा डाटा केन्द्रको खरीद निरीक्षणमा भ्रस्टाचार गरेको भन्दै जेल हालिएको हो । उनले परेको भन्दा धेरै मूल्य तोकेर धेरै मूल्यवान आईटी सामाग्रिहरु अनुबन्ध गरेका थिए । उनले मूल्य बढाएर लिईदिने र त्यसको बदलामा महँगा उपहारहरु लिने, निमन्त्रणाहरु जस्तै- फूटबल म्याच हेर्नकोलागि महँगा टिकट निशुल्क स्विकार्ने गरेका थिए । यसरि उनले १० वर्षको अवधिमा १७ लाख स्विस फ्र्यांक (१८ लाख अमेरिकी डलर) भन्दा बढी मूल्य घूस लिएका थिए ।

यो घटना पहिलो पटक २०१४ मा प्रकाशमा आएपनि सन् २००४ को हो । तर अदालतले उनलाई अहिले दोषी साबित गरेर जेल पठाएको हो ।

बेलिनजोनाको संघीय आपराधिक अदालतले ६८ वर्षीय ति वृद्धलाई जालसाजी र भ्रष्टाचारको धेरै मुद्दामा दोषी ठहर गरेको छ । उनले दैनिक किस्ताबन्दीमा जरिवाना तिर्नुपर्ने उल्लेख छ ।

यो योजनाबाट लाभ लिएका निजी कम्पनीका तीन जना प्रबन्धकहरुलाईसमेत सशर्त हिरासत सजाय र जरिवाना पनि गराइएको छ ।

सजाय सुनाउँदै न्यायाधीशले सेकोका पूर्व कर्मचारीलाई “घूसखोरी संजालको आरम्भकर्ता र मोटर” भनेका छन् । ति ब्यक्तिले आफ्नो कार्यकालमा उदार कर्मचारीको रूपमा आफ्नो भूमिकाको फाईदा लिएको किस्टोन न्युजले उल्लेख गरेको छ ।

किस्टोन न्युजका अनुसार उनले बाहिर भद्र, शालिन र स्वच्छ छबीको रुप देखाएर आफ्नो जीवनकोष र सेवानिवृत्तिको लागि आम्दानी गरी तयारि गर्दै आएका थिए । उक्त व्यक्तिको पूर्व रोजगारदाता सेकोलाई भौतिक र कम्पनीको छबी तथा प्रतिस्ठामा गरेर नौ लाख ६० हजार स्विस फ्र्यांक बराबरको क्षति भएको थियो । अभियुक्तले उनमाथि गरिएको विश्वास र भरोसालाई खुलेआम शोषण गरेको न्यायधिशले उल्लेख गरेका छन् ।

“यसबाहेक सेकोमा आन्तरिक नियन्त्रण संयन्त्र असफल भएको थियो जसले प्रणालीलाई यति लामो समयसम्म गोप्य रुपमा काम गर्न अनुमति दिएको थियो” न्यायाधीशले भनेका छन् ।

नतिजाको बारेमा टिप्पणी गर्दै स्विस पब्लिक टेलिभिजन (एसआरएफ) का आर्थिक संवाददाता मार्सेल निडर्मनले भनेका छन् “सजायँको गम्भीरतालाइ हेरेर त्यति तोकियो । यो मुद्दामा चार वर्ष भन्दा बढी सजायँ दिन अभियोजकले चाहेका थिए । यसले के देखायो भने स्विजरल्याण्डमा केहि दशकमा भएको यो सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो भ्रष्टाचार मामिलाहरु मध्ये एक थियो ।”

स्विजरल्याण्डमा आरोपित, सजायका भागि, आत्महत्या गर्ने आदिका नामहरु सार्वजनिक नगर्ने चलन छ । त्यहाँ कानुनले बर्जित गरेका कुरा कडाईकासाथ लागू गरिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक