बुधबार, वैशाख २६, २०८१

मतदाता सूचीबाट केन्द्रिय संरक्षकनै बाहिर, संरक्षक र केन्द्रिय अध्यक्षबिच एनआरएनए बारे विशेष बैठक चल्दै

नेपालप्लस संवाददाता २०७८ असोज ६ गते १२:२६

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा संघका संरक्षक देवमान हिराचनलेनै मतदान गर्न नपाउने भएका छन् । एनआरएनएको विधान अनुसार एनआरएनएका पूर्व कार्यकारि, एनआरएनएका बिभिन्न जिम्मेवारीमा बसेर योगदान दिएका र लामो समयदेखि संघको अभियानमा भूमिका खेलेकाहरुलाई समेटेर ६५ प्रतिशत प्रतिनिधी छनौट गरिनुपर्छ । तर उक्त विधानलाई लत्याएर एनआरएनए जापानले पूर्व केन्द्रिय अध्यक्ष तथा वर्तमान संरक्षक समितिका एक देवमान हिराचनलाई प्रतिनिधि चयनबाट बाहिर राखेको हो ।

त्यसो त, हिराचनको नाम सन् २०१७-२०१९ को मतदाता सूचीमापनि प्रतिनिधिका रुपमा पठाइएको थिएन । काठमाडौंमा मतदाता सूची हेर्दा हिराचनको नामनै नदेखेपछि पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले आइटि टोलीलाई बोलाएर तत्कालै हिराचनको नाम राख्न आग्रह गरेका थिए । त्यसपछि बल्ल हिराचन प्रतिनिधीका रुपमा चयन भएका थिए ।

“म त जे भएपनि अहिलेको एनआरएनए केन्द्रिय समितिको संरक्षक अर्थात् दोस्रो ब्यक्ति जस्तै हुँ नी । मेरै नाम प्रतिनिधीका रुपमा छैन । मैलेनै मत दिन पाउन्न’ देवमान हिराचनले नेपालप्लससित भने “एनआरएनए जापानका वर्तमान अध्यक्षले मलाई फोन गरेर ‘दाई तपाईको नाम पठाएका छौं’ भन्नुभएको छ । ‘तर भोट हाल्न चाहिं पाउनुहुन्न होला’ भनेका छन् । भोट हाल्नै नपाएपछि नाम पठाएर मात्रै त के अर्थ भयो र ?”

एनआरएनएका केन्द्रिय महासचिव डा हेम राज शर्मासित नेपालप्लसले सम्पर्क गरेर ‘के हो संरक्षकनै प्रतिनिधी हुन नपाउने ?’ भनेर सोधेको प्रश्नमा डा शर्माले भने” त्यो होइन । उहाँले सदस्यतानै नलिनुभएकोले हो । सदस्यतानै नभरेपछि कसरि केन्द्रिय प्रतिनिधीमा नाम हुन्छ ? तैपनि केन्द्रले उहाँको नाम हालेको छ । वेभसाईट हेरेपनि त नाम छकि छैन स्पष्ठ हुन्छ नी ।”

नेपालप्लसले प्रतिनिधी नामावलीको सूची हेर्दा वेभसाईटमा हिराचनको नाम भेटियो । हेर्नुस रातो घेराभित्र हिराचनको नाम ।

यसैबिच आज एनआरएनएका संरक्षकहरु र अध्यक्ष कुमार पन्तबिच गम्भिर छलफल हुन गैरहेको छ । यो समाचार प्रकाशित हुँदा नेपालको समय अनुसार अपरान्ह ४ बजे बैठक शुरु भैसकेको हुने छ ।

बैठकमा प्रमुख संरक्षक शेष घले, संरक्षकहरु जीवा लामिछाने, देवमान हिराचन, राम प्रताप थापा भवन भट्ट र एनआरएनए का केन्द्रिय अध्यक्ष कुमार पन्तबिच हुनेछ । बैठक अनलाईन हुँदै छ ।

बैठकमा एनआरएनए प्रतिनिधी छनौट र परराष्ट्रमा भएको भनिएको सहमतिबारे गम्भिर बहस हुने छ ।

‘तपाईहरु मिलेर आउनुस् भनेर परराष्ट्रले पठाएको हुँदा दुई पक्ष नमिलेसम्म निर्वाचन समयमै हुन गाह्रो छ । तर प्रतिनिधी छनौट, जापान लगायतका एन सिसीहरुमा भएको धाँधली, नामावली प्रकाशन र बिधिबिधान मिचिएको विषयलाई गम्भिरताकासाथ नसच्याएसम्म कुरा मिल्ला जस्तो देखिन्न’ एनआरएनएका एक केन्द्रिय सदस्यले नेपालप्लससित भने ।

छफलमा एनआरएनएको विशेष अधिबेशनबाट बिधिबिधान मिच्ने काम भएको, केन्द्रिय उम्मेदवारी दिँदा एकै देशबाट बिभिन्न पदमा उम्मेदवारी दिने गरेको, संघमा राजनितिकरण भएको लगायतका विषयमा गम्भिर छलफल हुने छ ।

ति केन्द्रिय सदस्यका अनुसार पहिले एनआरएनएको केन्द्रिय पदमा उम्मेदवारी दिँदा राष्ट्रिय समन्वय परिषदबाट बहुमतको सहमति लिखितरुपमा लिने चलन थियो । त्यसलाई उल्लंघन गर्दै हाल ठूला एनसिसीहरुमा रहेकाले एकै देशबाट केन्द्रिय निर्वाचनमा बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । यसले गर्दा साना एनसिसीको  (थोरै सदस्य वा थोरै नेपाली भएका एनआरएनए) प्रतिनिधित्व नहुने,  क्षेत्रिय प्रतिनिधित्व नहुने र धेरै सदस्य भएका एनसिसी र केहि क्षेत्रबाट मात्रै केन्द्रमा प्रतिनिधित्व हुने संभावना बढेर गएको छ ।

“एनआरएनए भनेको विश्वभरिका नेपालीको साझा, प्रान्त, क्षेत्र वा महादेशहरु सबैलाई समेटेर बन्ने साझा संस्था हो । तर धेरै सदस्य भएका देशबाटै एक भन्दा बढि उम्मेदवार बनेपछि कुनै कुनै क्षेत्र नसमेटिने र केहि क्षेत्रका मान्छेले मात्रै कब्जा गर्ने स्थिति देखियो । यसलाई कसरि सहि मार्गमा ल्याउने भन्ने विषयमापनि आज गम्भिर छलफल हुन्छ ।”

तपाइँको प्रतिक्रिया