बिहीबार, वैशाख १३, २०८१

हाँस्यव्यङ्ग्य : रहरको कहर

धनराज गिरी२०७८ असोज ६ गते १६:३२

शनिवार साहित्यिक कार्यक्रममा सहभागी भयो – श्रीमान् झुरकान्त मैनाली । आइतवार मुहारपुस्तिकामा रहर शीर्षकमा तप्प तप्प – दीपकराज गिरी उर्फ तीतो सत्य ढबको कविता छोड्यो । ऊ सित प्रशस्त सापटी लिनेहरू, उसका आफन्त र उसलाई मदिरालयमा लगेर दुर्गा भवानीको मन्त्र जप्न लगायो र मुर्गा बनाउनेहरूले कविता नै नपढी वाह वाह ….बलशाली, शक्तिशाली, अब्बल … गज्जब भनेर कमेन्ट गरे । पैसा लाग्ने होइन । कुरै नबुझी हौसियो मैनाली । सोमवार सत्र वटा, मंगलवार अठार वटा गर्दा गर्दै अङ्क गणितीय श्रेणीमा शुक्रवारसम्म एउटा ठुलै डायरी भर्‍यो ।

ऊ भित्रको रहर अझै जाग्यो । प्रचारप्रसारमा लाग्यो । ठुलै पत्रिकाको ठुलै पत्रकारलाई गतिलै सोमरसपान गराएर शनिवारको अङ्कमा एउटा कविता छपायो । झन् प्रख्यात भएँ भन्ने सपना देख्यो । भ्रमको लागि त्यति श्रम चाहिन्न नै । सपना देख्यो – सहरको भव्य हल, सभ्य समारोह । प्रा।डा। सम्मोहन शर्मा गगनवासी प्रमुख समीक्षक । महाकाव्यको नाम – रहर । उद्घोषिका नानी दामिनी शर्मा, तीन बच्चा घरमा । पतिदेव यतिखेर बर्मा । आसनग्रहणले एक घण्टा पचपन्न मिनेट खायो । मैनालीका तीन पुस्ता नै मञ्चमा । कार्यक्रममा युवकहरू बीच खासखुस चल्यो यसरी –
– “यो मान्छेले कहिले लेख्यो कविता ?” एक युवक ।
– “सपनामा” अर्को युवक
– “कसरी बन्यो यो झुर कवि ?” पहिलो युवक ।
– “जसरी यो देशका ९६ प्रतिशत बेरोजगारहरू कवि बनेका छन् ।” दोस्रो ।
– “नाम झुर काम पनि त झुर होला नि ?”
– “अहिले पाइन्छ किताब गर्ने हिसाब ।”

“मैनालीजी, गरिमा, मधुपर्क, मिर्मिरे, सम्प्रेषण, अभिव्यक्ति, रचना, समष्ठिका बारेमा सुन्नु भएको छ ?”

“पहिलोचोटि सुन्दै छु । गरिमा राणा त कता हो बोर्ड फस्ट भएझैँ लाग्छ । मिर्मिरे भनेको बिहानको उज्यालो हुने बेला र अभिव्यक्ति त हाम्रो बोली होइन र ? यति सामान्य कुरा पनि ………”

“वर्तमान समयमा छोटो समयमै आफ्नो सीप र क्षमता देखाएर एक होनहार सर्जक बनी नेपाली साहित्याकाशमा अभूतपूर्व तरीकाले स्थापित हुनुभएका कविवर श्री झुरकान्त मैनालीज्यूलाई आसन ग्रहणका लागि आग्रह गर्दछु ।” उद्घोषिका बोलिन् ।

सबैलाई दुई हात जोडेर नमस्कार गर्दै मञ्चमा गएर असजिलो मान्दै बस्यो मैनाली, अनुहारमा पञ्जाबी टाइम ।

“अब किताब लोकार्पण तथा निशुल्क वितरण” दामिनीको सुरिलो स्वर, तरकारी नै कुरिलो खाएझैँ । फोटो, फोटो, फोटो । मैनालीका दुई सालीहरू यसमा व्यस्त । कपडा पनि यस्ता लगाएका कि धेरै दर्शक भरसक उनीहरूलाई नै हेर्न लालायित । वर्जित कुराले नै मानिसको भित्री मन आकर्षित गर्छ भन्ने भनाई कहाँ असत्य हुन्थ्यो र ?

“अब हाम्रा प्रमुख अतिथिज्यूबाट विमोचित कृति माथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नु हुनेछ ।” ताली परररर, मैनालीकै आफन्तहरूको । पराइ त जम्मा एघार जना । जुरुक्क उठे समीक्षक । चस्मा र टोपी मिलाए । मैनालीकै सालीहरूतिर नजर पुर्‍याए, अनुहार चम्किलो बनाए र बोले “वाह वाह वाह । यो संसारमा यही नेपालमा अद्वितीय महापुरुषहरू जन्मिन्छन् । भैरव अर्यालले पनि महापुरुषहरूको लामो सङ्गत गर्नु भयो । दश दिनमा सुलोचनाजस्तो महाकाव्य लेखेर हाम्रा महाकविले आफ्नो अद्भूत क्षमता देखाए । झुरकान्त मैनालीले त्यो रेकर्ड पनि तोडेर सात दिनमा चौध सय पेजको यत्रो रहर महाकाव्य प्रकाशित गर्नुु भयो । विडम्वना, यस्ता महान् श्रष्टाको नाम झुर राख्न को मजबुर भएछ ? कस्तो पुरेत हो ? आजबाट म उहाँको नाम झुरकान्तबाट नुरकान्त मैनाली राख्दछु । नामले त्यति फरक त पार्दैन तर युसुफ खानलाई कतिले चिन्ने ? दिलिप कुमार भने पछि कसले नचिन्ने ? मेरा अद्वितीय कविलाई म माया गरेर नुरी भन्नेछु । यो पुस्तक धेरै भाषामा अनुदित भएर सन्सारभरि पुग्नु पर्दछ । के थाहा ? नेपाली साहित्यले पनि सन्सारकै सर्वोच्च पुरस्कार नोबेल प्राइज पाउने हो कि ? के चाहिँ असम्भव छ र ? कुछ भी हो सकला है ।

सर्वोच्च शिखरको देशमा सर्वोच्च पुरस्कार आएमा अचम्म नमाने हुन्छ । के छ मैनालीजीको कवितामा ? भनिएला त्यसोभन्दा यस्तो महान् श्रष्टाको अपमान हुन सक्छ । उहाँको अपमान हुनु भनेको सम्पूर्ण नेपाली वाङ्मयको अपमान हुनु हो भन्ने कुरामा म चट्टानझैँ अटल छु । महाभारतमा पूरै सन्सार अटाएझैँ उहाँको महाकाव्यमा पनि सबै कुरा अटाएको छ र रहर शब्दले नै आनन्दको लहर उत्पन्न गराउँछ, हरेक प्रहर पढौँ पढौँ लाग्छ । यो हाम्रो साझा ठहर हो, यो महाग्रन्थ कविताको अमृतमय नहर हो । मैले आजसम्म यस्तो अद्भूत महाकाव्य पढेको थिइन ।

यसपालिको मदन पुरस्कार र पदमश्री पुरस्कार ककसले पाउनेवाला छन् ?”

“मदन र पदम त हाम्रै गाउँका जमीनदारका दुई भाइ छोराहरू हुन् । यिनीहरूको नाममा कुनै पुरस्कार राखिएको छ र ?”

आफूलाई महाभाग्यशाली ठान्दछु
मैनालीजीलाई आफ्नो पनि गुरु मान्दछु
म पनि अलि अलि मात्र जान्दछु
उहाँलाई अर्कोचोटि प्रज्ञामा तान्दछु । मैनालीजीलाई हार्दिक बधाई ।

यति स्तरीय साहित्य पस्किनु भयो
लाजले नयाँ दुलहीझैँ मस्किनु भयो ।

निरन्तरता कायम होस् । तपाईँको सत्कर्मको फल तपाईँको एघार पुस्ताले खानेछ । काव्यसन्सारमा यहाँलाई हार्दिक स्वागत छ । नमन गर्दछु यस शताब्दीकै काव्य नायकलाई । धन्यवाद ।” परररर ताली बज्यो ।

भुईँमा पछारियो मैनाली । पसीना पसीना भएको रहेछ । आवाज सुनेर आडैमा निदाएकी पत्नीको निद्रा खुल्यो “के भयो के भयो ?” आवाज दिँदै जुरुक्क उठिन् । पानीको लोटामा टाउको ठोक्किएछ । ठूलो काव्यिक टुटुल्को उठ्यो । बिम्ब पायो । बत्ती बालेर डायरीमा टुटुल्को शीर्षकमा एउटा कविता लेख्यो । तुरुन्त पोस्ट पनि गर्‍यो । तीन मिनेटमा तीस कमेन्ट र नब्बे लाइक आए । “कविता फुरेर भुइँमा झरेको प्रिया । कवि हुन कहाँ सजिलो छ ?” पत्नीलाई सम्झाउन खोज्यो । “हजुर कवि हो कि पागल हो भोलि थाह हुन्छ ?” व्यङ्ग्य कसिन् पत्नीले ।

कविता लेख्न थालेपछि पूरै कारोबार लथालिङ्ग भएको थियो । उनी दिक्क । “सपना त त्यस्तो देखेँ, यो मूर्ख आइमाईलाई के थाह ?” आफैँसित बोल्यो मैनाली । पत्नीसित बहस गर्नु स्वास्थ्यका लागि हानिकारक ठान्यो । यसैले सुत्यो ।

भोलिपल्ट, मैनाली पत्नीका गुरु उसको घरमा आए । साहित्यका मर्मज्ञ । सन्सार घुमेका । प्रोफेसर ज्ञानचन्द्र बस्ताकोटी । मैनालीसित परिचय भयो । श्रीमती मैनालीले टेलिफोनमा सबै कुरा भनिसकेकी थिइन् । गुरुको सम्मानमा खीर, उता मनमा पीर, कविता देखाउन कस्सियो कलमबीर । दुई जनाको सम्बाद जस्ताको जस्तै –

“मैनालीजी, गरिमा, मधुपर्क, मिर्मिरे, सम्प्रेषण, अभिव्यक्ति, रचना, समष्ठिका बारेमा सुन्नु भएको छ ?”

“पहिलोचोटि सुन्दै छु । गरिमा राणा त कता हो बोर्ड फस्ट भएझैँ लाग्छ । मिर्मिरे भनेको बिहानको उज्यालो हुने बेला र अभिव्यक्ति त हाम्रो बोली होइन र ? यति सामान्य कुरा पनि ………”

तपाईँ यो जुनी मात्र होइन पचास जुनी, यदि हुन्छ भने सम्म पनि कवि हुने सम्भावना छैन । त्यो डायरी लगेर अँगेनामा हाल्नुहोस् । तपाईँको काम सिर्जना होइन, कुखुरापालन हो । कलम समाउन भनेर जन्मिएको होइन तपाईं ।

“ल ल ठीक छ, यसपालिको मदन पुरस्कार र पदमश्री पुरस्कार ककसले पाउनेवाला छन् ?”

“मदन र पदम त हाम्रै गाउँका जमीनदारका दुई भाइ छोराहरू हुन् । यिनीहरूको नाममा कुनै पुरस्कार राखिएको छ र ?”

“यतिखेरका चर्चित पाँचवटी नारी सर्जकको नाम भन्न सक्नुहुन्छ ।”

“घरमा आइमाईको नाम लिनै हुन्न घर बुढीले मार्छिन् । मैले आफ्नी आमाको नामबाहेक अरुको नाम आजसम्म लिएकै छैन ।”

“कविता भनेको के हो ?”

“कविता, ए ए …..मलाई हिसाब नआउँदा पिसाप खुस्किने गरी दनक दिने सनक टाइपका गुरु प्रोफेसर जगमोहनकी कान्छी छोरी । अहिले क्यानडामा हुनुहुन्छ । म फेसबुकमा साथी छु । सारै सुन्दर हुनुहुन्छ । नाच्न च्याम्पियन ।”

श्रीमान् झुरकान्त मैनाली, हजुर यो रहरको कहर बोकेर नरक यात्रामा निस्कन लाग्नु भएको छ । तपाईं यो जुनी मात्र होइन पचास जुनी, यदि हुन्छ भने सम्म पनि कवि हुने सम्भावना छैन । त्यो डायरी लगेर अँगेनामा हाल्नुहोस् । तपाईंको काम सिर्जना होइन, कुखुरापालन हो । कलम समाउन भनेर जन्मिएको होइन तपाईँ । मेरी छोरी समानकी चेलीको पीडा सुनेर म एक हजार एक सय एघार किलोमिटर परबाट आएको हुँ । होसमा आउनुहोस् । सपनामा लेख्नु र सपनामा आफैँ पढ्नू, उपहासको पात्र नबन्नुहोस् । आइन्दा साहित्यिक कार्यक्रममा जाने दुस्साहस नगर्नुहोस् कुरा सुन्नु भयो ? अचेत भयो मैनाली । तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याइयो । त्यसै भइन्छ कवि ?

तपाइँको प्रतिक्रिया