आइतबार, असोज ३१, २०७८

जर्मनीमा एन्जेला मार्केलको बिकल्प दिने गम्भिर कसरत

नेपालप्लस संवाददाता२०७८ असोज ७ गते १८:१४

Image credit-wikipedia.org

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीका मतदाता आइतबार एक व्यापक खुल्ला आम चुनावमा मतदान गर्दैछन् । यो मतदानले १६ वर्षपछि एन्जेला मार्केलको नेत्रित्व खोज्ने छ । मार्केला एन्जेललाई बिदा दिने मात्रै होइन मतदाताले केहि निश्चितता प्रदान गर्ने नेत्रित्व तयार गर्नुपर्ने पनि छ ।

भोटबाट जुनसुकै रंग, नारा र आस्वाशन बाँडेर गठबन्धन सरकार आएपनि अलटरनेटिभ फर जर्मनी (एएफडी) सरकार चलाउने सुविधा र सरकारमा सामेल हुने क्षमताकासाथ देखिने छैन । देखिनुहुन्न भनिरहेका छन्, धेरैले । किनभने यो पार्टी आप्रवासी विरोधी हो । यूरो विरोधी, इस्लाम विरोधी र नारीवाद विरोधीपनि हो । यो पार्टीलाई अन्य पार्टीले रुचाएका छैनन् । गठबन्धकालागिपनि रुचाईएको पार्टी होइन ।
तैपनि यो पार्टीले निर्वाचन अभियानका क्रममा मान्छेको ध्यान केहि न केहि तानिरहेको छ । त्यो किनभने मात्र चार वर्ष अघि यो जर्मन संसदमा तेस्रो सबैभन्दा ठूलो पार्टी बनेर युरोपलाईनै चकित पारेको थियो । युद्धपछिको जर्मनीमा पहिलो पटक अतिवादी यो पार्टी (फार राइटिस्ट) ले यो हदको बिजय गरेको थियो ।

सन् २०१७ मा एएफडी पार्टीको चुनावी कथा रोचक छ । संसदमा यसको सीटहरुको संख्या शुन्य बाट ९४ सम्म पुग्यो । विश्लेषकहरुले जर्मनीको लागि एक राजनीतिक भूकम्पको रूपमा यसलाई वर्णन गरे । चार वर्ष पछि ती धेरै सीटहरुमा पार्टीको पकडको संभावना लगभग छैन । तर यो पार्टीले भने झन धेरै जित्ने दाबी गरिरहेको छ । तथ्यको रूपमा हेर्ने हो भने अहिले निर्वाचन, मतदाता, विश्लेषक र बाहिरि जगतको आँखापनि एन्जेला मार्केलको सफलताको लडाईमा केन्द्रित भएको देखिन्छ । पार्टी र राजनितिक नेत्रित्व तहबाट अब कसरि एन्जेला मार्केलको बिकल्प दिने भनेर गम्भिर कसरत भैरहेको छ ।

आइतवार निर्वाचनमा वाम पार्टी (खासमा नरमपन्थी) ले जित्नुपर्ने धारणा धेरै जर्मनहरुको छ । अन्तत : फेरिपनि मार्केला एन्जेलको पार्टी सिडियुलेनै जित्ने संभावना उच्च छ । यो पार्टीलाई भर्खरै अरु कुनै पार्टीले उछिन्ने देखिन्न ।

जर्मन मार्शल कोषका एक अनुसन्धान फेलो प्रोफेसर मार्कस ज़िएनर भन्छन्, “जर्मनी युरोपमा अरु धेरै जस्तै संसदमा धेरै दक्षिणपन्थी पार्टी भएको एक देश बनेको छ । हामीसँग त्यो २०१७ सम्म थिएन ।”

चार वर्ष पहिलेको तुलनामा एएफडीले १५ प्रतिशतबाट लोकप्रियता घटाएर ११ प्रतिशतमा झरेको मतदाता सर्वेक्षणहरुले देखाएका छन् । यो पार्टीले दिएका एजेण्डाहरुनै लोकप्रियता गिर्नुको कारक मानिएको छ । यसको सट्टा मतदानकर्ताहरुको दिमागमा सबैभन्दा दबाब दिने विषय अहिले जलवायु परिवर्तन बनेको छ । यहि मुद्दालाई एएफडी नेताहरुले षड्यन्त्र भन्दै खारेज गरेका छन् ।

गत असारको अन्तिम साता आएको बाढीले जर्मनीमा अरबौंको क्षती र सयौं मानिसको ज्यान गएपछि जलवायु परिवर्तनको मुद्दा झन राजनितिक प्राथमिकतामा परेको छ । सधैं परम्परागत चुनावी नाराले अब जर्मनहरुको समर्थन पाउने देखिन्न ।

‘मार्केला हट्नुपर्छ’

हालको प्रणाली बिरोधी, अतिवादी र दक्षिणपन्थी एएफडी जस्ता पार्टीहरुले आक्रोश, भय र राष्ट्रवादी उदासीनताको भावनाहरुबाट यसको धेरै समर्थन आकर्षित गरेका छन् । तिनलाई कोरोना भाईरस संक्रमणको बेला लगाइएको लकडाउन, स्वास्थ्य नियम सबै अतिबादी लागिरहेको छ । आप्रवाशीहरु तिनको प्रमुख चिन्ताको विषय बनेको छ । तर अचम्म के छ भने एएफडी पार्टी सन् २०१३ मा गठन हुँदा पार्टीको मूल लक्ष्य यूरो थियो । उनीहरुले जर्मनीमा एकल डच मार्क मुद्रानै बनाउने प्रमुख नारा दिएका थिए । युरोले मार्कलाई प्रतिस्थापन गरी जर्मनीलाई कमजोर यूरोजोन अर्थतन्त्रहरुको अलोकप्रिय बनाएको, युरोपछि महँगि र बेरोजगारि बढेको दाबी यो पार्टीको थियो ।

यो पार्टीले खासमा सधैं एक न एक नयाँ फण्डा झिकिरहन्छ । ग्रिसमा आर्थिक संकट परेको बेला जर्मनीले ठूलो आर्थिक सहयोग, ऋण दिएको थियो । त्यो बेला एएफडीले त्यो नारा उराल्यो । आफ्नो देशको रकम बाहिर दिएको भन्दै । जब त्यो मुद्दा सेलायो फेरि यो पार्टीले आप्रवाशीको मुद्दा निकाल्यो । आप्रवाशीहरुलाई निकाल्नुपर्ने लगायतका नारा उराल्यो । उनीहरुले आफ्नो आन्दोलनमा नयाँ रस भर्न, जिवन्तता दिन केहि न केहि नारा उराल्छन् । अहिले आप्रवाशी नारा बनेको छ ।

तथ्यको रूपमा हेर्ने हो भने अहिले निर्वाचन, मतदाता, विश्लेषक र बाहिरि जगतको आँखापनि एन्जेला मार्केलको सफलताको लडाईमा केन्द्रित भएको देखिन्छ ।

सन् २०१५ मा एन्जेला मार्केलले युद्ध र गरीबीबाट देश छोडेर भाग्ने हजारौं मानिसहरुलाई जर्मानीमा स्वागत गरिन् । त्यसले गर्दा दक्षिणपन्थी पार्टीहरु आक्रामक बने । तिनको रिसको पारो चढ्यो । यसलाई नारा बनाए र दक्षिणपन्थी पार्टीको समर्थन बढाउन मद्दत गर्‍यो त्यो मुद्दाले । सन् २०१७ को निर्वाचनमा ति दक्षिणपन्थी पार्टीले ‘अब मार्केला हटनुपर्छ’ भन्ने नारानै बनाए निर्वाचनमा । ‘यो आप्रवाशीको हितमा काम गर्ने, जर्मनलाईभन्दा बढि बिदेशीलाई महत्व दिने नेता हो’ भन्दै नारा बनाए । उनीहरुले नागरिकको मत सर्वेक्षण गर्नुपर्नेसम्म विषय बनाए । नभन्दै आप्रवाशी बिरोधी पार्टी एएफडीलाई संसदमा सबैभन्दा ठूलो विपक्षी शक्तिको रूपमा स्थापित हुन त्यहि नाराले मद्दत गर्‍यो ।

त्यहि बेलादेखि हो, युरोपले आफ्नो सिमाना कडा बनाएको । र जर्मनी प्रवेश गर्ने मानिसहरुको संख्या ब्यापक रुपमा घटेको छ । फलस्वरूप आप्रवासनको मुद्दापनि हाल जर्मन मतदाताहरुको मुख्य चिन्ताको सूचीबाट तल झरेको छ । बिल्ड डेली (दैनिक अखवार) द्वारा हालसालै गरिएको एक सर्वेक्षण अनुसार २० प्रतिशत मतदाताहरुले मात्रै आप्रवाशनलाई निर्वाचनको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यस्तै जलवायु संरक्षणलाई ३५ प्रतिशत र पेन्शनलाई प्राथमिकतामा राख्नुपर्छ भन्नेहरु ३३ प्रतिशत छन् ।

आप्रवासनको समस्या ओझेलामा परेपनि एएफडीले यसलाई उराल्न छोडेको छैन । यो निर्वाचन अभियानको मुद्दा बनाएको छ । यसमा खेल्ने प्रयासमापनि देखिन्छ ।

“जर्मनीले काबुललाई धेरै सहयोग गर्न सक्दैन, बिदेशीका कुरा सुन्न सक्दैन” एएफडी पार्टीले आफ्नो चुनाव पोस्टर मध्ये एउटामा घोषणा गरेको छ । जर्मन सेना वा सहायता समूहहरुको लागी काम गरेका थुप्रै अफगानहरुलाई सरकारले जर्मनी ल्याउने वा सहयोग गरेको थियो । तालिबानले अफगानिस्तान कब्जा गरेपछि । हो त्यहि सन्दर्भलाई एएफडीले निर्वाचनमा आप्रवाशी बिरुद्द नारा बनाएको हो ।

एएफडीको लागी समस्या के भने धेरैजसो जर्मनहरु देशले सामना गर्न सक्छ र गर्नु पर्छ भन्ने विश्वास गर्छन् ।

आप्रवाशीहरुको संख्यापनि घट्दै गयो । आप्रवाशनका विषयमा जर्मनीले बढि नियन्त्रण गर्न लाग्यो । र जर्मनहरुलेपनि आप्रवाशी समस्या अब ठूलो होइन भनेर बुझ्न थाले ।

जर्मनीमा आप्रवाशीहरुको संख्या घट्दै जाँदा कामदार त चाहिन्छ नै । आप्रवाशीको संख्या घट्दा जर्मन सरकारले शरणार्थीहरुलाई स्वागत गर्‍यो । यो जर्मनीकालागि आवस्यक र महत्वपूर्ण भएपनि एएफडीले यो वास्तबिकता नबुझि बिरोध गरेको धेरै जर्मन नागरिको बुझाई देखिन्छ । किनभने सकेसम्म शरणार्थीहरु र आप्रवाशीलाई राज्यले धान्ने स्तरमा सहयोग र समन्वय गर्नै पर्छ भन्ने सोचाई राख्छन्  जर्मनहरु ।

सिरियाली द्वन्द्वबाट जर्मनी आएका शरणार्थीहरु धेरै दक्षिणपन्थीहरुले सोचेको भन्दा राम्रोसित घुलमिल, एकीकृत (इन्टिग्रेटेड) भएका छन् । धेरैजसो जर्मनहरु अफगानिस्तान छोडेर आउनेहरुबाटपनि त्यस्तै चाहन्छन् । ति स्वागत गर्न चाहन्छन् । किनभने अफगानिस्तानमा जर्मनहरुलाई तिनले सहयोग गरेका थिए । आफ्नो देशमा स्वागत गरेका थिए भन्ने राम्रोसित थाह छ ।

आप्रवाशीहरुको संख्यापनि घट्दै गयो । आप्रवाशनका विषयमा जर्मनीले बढि नियन्त्रण गर्न लाग्यो । र जर्मनहरुलेपनि आप्रवाशी समस्या अब ठूलो होइन भनेर बुझ्न थाले । त्यसपछि एएफडीले के गर्ने त ? कुन नारा उराल्ने ? कोरोना भाईरस महामारी । खोप अनिवार्य गर्नु नागरिक अधिकारको उल्लंघन, कोरोना भाईरस महामारीको लकडाउनमा भ्रस्टाचार भएको छ । यो लकडाउन बेकार हो । यो महामारी एक भ्रम हो आदि आदि ।

अचम्म त के छ भने यहि पार्टीले सुरुमा भाइरसको बिरूद्ध कडा सुरक्षात्मक उपायहरुको लागी आह्वान गरेको थियो । जब सरकारले त्यो प्रक्रिया अगाडि बढायो त्यसपछि तुरुन्तै एएफडी यू-टर्न भयो । उल्टै मार्केलको सरकारले लगाएको कोरोना स्वास्थ्य उपाय, नियमहरु तानाशाही भन्दै जुलुस निकाल्न थाल्यो । तर जर्मनहरुको बहुमत खोप लगाउन बिल्कुल आवश्यक छ भन्ने पक्षमा छ ।

तर महामारीको कारणले भएको उथलपुथललाई पूँजीकरण गर्न खोज्ने एएफडीको असफलता साबित भएको देखिन्छ । र यो आस्चर्यपनि होइन । दक्षिणपन्थी चरमपन्थी र यस पार्टीलाई अझ कट्टरपन्थीकरण गर्न खोज्नेका स्वार्थ सजीलै बुझ्न सकिन्छ।

महामारीले पार्टीका मध्यमार्गी र कट्टरपन्थीहरु बीचको गहिरो विभाजनलाई उजागर गरेको छ जसमध्ये धेरै क्वर्डेन्कर (अतिवादी विचारक) को आन्दोलनतिर झुकाव छ । स्वतन्त्रतावादी र षड्यन्त्र गर्न सिपालु सिद्धान्तवादीहरुको अर्को समूहले महामारी रोक्न लगाएको स्वास्थ्य प्रतिबन्ध, स्वास्थ्य नियम बिरुद्द बिरोध प्रदर्शनहरु गरेका थिए ।

अचम्मलाग्दो के छ भने तिनै दक्षिणपन्थीहरुलेनै जर्मनीलाई तानाशाहीकोरुपमा ब्याख्या गर्छन् । हो यहि सोचनै खतरा हो ।

यो खतरा गत हप्ता दुःखलाग्दो देखियो जब बीयर किन्ने बेला मास्क लगाउन भनिएको भन्दै एक २० वर्षीय पेट्रोल स्टेशनका कर्मचारीलाई एक ग्राहकले गोली हानी हत्या गरे । अन्वेषकहरूले संदिग्ध ब्यक्ति कोविड १९ बिरुद्द षड्यन्त्र गर्ने सिद्धान्तकार र धेरै दक्षिणपन्थीसँग संवन्ध जोडिएको ब्यक्ति थियो ।

पूर्वी राज्य थुरिङ्गियाको घरेलु गुप्तचर एजेन्सीका प्रमुख स्टेफन क्रेमरले जर्मनीको आरएनडी मिडिया समूहलाई आफू दुखि भएको तर हत्याबाट आश्चर्यचकित नभएको प्रतिक्रिया दिएका थिए ।

आक्रामक र हिंसाग्रस्त अभियानकाबिच नागरिकहरुले दक्षिणपन्थी षडयन्त्र हो भन्ने कल्पना गरे । त्यो बृद्धि कोरोना कालका महिनाहरु देखि स्पष्ट देखियो । बढ्दो आक्रामकता दैनिक जीवनमा स्पष्ट भयो ।

पछिल्लो समयमा हिंसात्मक घृणा अपराध हो, दक्षिणपन्थी, चरमपन्थीहरु समाजको लागी खतरा हो भन्ने धारणा बनेको छ । उनीहरुले एक आप्रवासी समर्थक राजनेताको हत्या र २०१९ मा हालेमा एक सभाकक्षमा घातक हमला गरे । अर्को वर्ष ११ जना को मृत्यु भयो । धेरै जसो विदेशी मूलका थिए । हानाउ शहरमा अति दक्षिणपन्थी चरमपन्थीद्वारा मारिएका थिए ति ।

एएफडी सीधै अपराधसँग जोडिएको त छैन । तर विशेषज्ञहरु भन्छन् -यसको आक्रामक नाराबाजीले हिंसा र भयको वातावरणलाई बढाएको छ । गत वर्ष यो पार्टीले आफ्ना प्रवक्ता क्रिश्चियन लुथलाई आप्रवासीहरुलाई गोली हान्न वा यातना दिन भन्दै निर्देशन दिएको कुरा क्यामेरामा कैद भएपछि बर्खास्त गर्न बाध्य पारिएको थियो ।

आप्रवाशीले थप बिनाश निम्त्याउँछन् कि भन्ने डर छ । यहि कारणले गर्दा पूर्वी जर्मनीमा मार्केललाई धेरै मन नपराउनेहरु छन् । किनकि उनीहरु आप्रवाशीले ल्याउनसक्ने उथलपुथलको दोष मार्केललाई दिन्छन्।

यो पार्टीमा केहि उदारवादि गुट त छन् । तर ति अन्य कट्टरपन्थीहरुलाई निष्कासित गर्न शक्तिहीन देखिएका छन् । तिनले जातिवादी विचारहरुलाई समर्थन गर्दछन् र मुख्य समर्थकहरु बीच लोकप्रिय छन् ।

हानाउ हत्याको सन्दर्भमा एएफडीको बढ्दो चरमपन्थी कार्य हो भन्नेमा चिन्ता छ । स्थानिय खुफिया एजेन्सीले औपचारिक निगरानीमा राखेको छ ।

एएफडीको समर्थन हानौ हत्या पछि घटेको छ । तैपनि अध्ययनहरुले हाल स्थिर देखिएका छन् । त्यो घटनापछि पहिलो पटक जनता र राजनीतिक दलका सदस्यहरु बीच एक सहमति भएको थियो जसमा घृणायुक्त भाषणले जातिवादी हिंसा निम्त्याउनाले त्यसो गर्न पाइन्न भन्ने थियो ।

यसरि एएफडी अहिले अन्य लोकतान्त्रिक पार्टीहरुबाट बिल्कुल अलग भएको छ । देशको गुप्तचर सेवाद्वारा एक दक्षिणपन्थी चरमपन्थी पार्टीको रूपमा मानिन्छ । अहिले यो धेरै चरम अवस्थामा पुगेको छ । धेरै जर्मनहरुको समर्थन पाउने कुरा अब यो पार्टीको सम्भावना न्युन छ । गठबन्धनमा सामेल हुन पाउने संभावनापनि न्युन देखिन्छ ।

तर एएफडी नेताहरुले पूर्वी जर्मनीको क्षेत्रीय चुनावमा एक सफलता हासिल गर्न सक्ने संभावना छ । किनभने त्यस क्षेत्रमा धेरै दक्षिणपन्थीको समर्थन छ । आप्रवाशी बिरुद्दको बलियो आधार छ ।

पूर्वी जर्मनहरु बर्लिनको पर्खाल ढलेपछि धेरै उथलपुथलबाट गुज्रिएका छन् । उनीहरुलाई आप्रवाशी आफ्नो जिवनमा (स्वास्थ्य, रोजगार, सुरक्षा आदि) मा बाधा बन्छन् कि भन्ने त्रास छ । आप्रवाशीले थप बिनाश निम्त्याउँछन् कि भन्ने डर छ । यहि कारणले गर्दा पूर्वी जर्मनीमा मार्केललाई धेरै मन नपराउनेहरु छन् । किनकि उनीहरु आप्रवाशीले ल्याउनसक्ने उथलपुथलको दोष मार्केललाई दिन्छन्।

गत जुनमा एएफडी स्थानीय संसदको सबैभन्दा ठूलो पार्टी बन्न सक्छ भन्ने प्रचार गरिएको थियो । यसले उल्टै धेरै मतदाताहरुलाई एएफडीलाई सत्ताबाट टाढा राख्नको लागी प्रभाव पारिदियो । साक्सोनी क्षेत्रमा मार्केलको एसडियु पार्टीको हाराहारीमा तिनले मत ल्याएकापनि थिए । तर क्षेत्रीय स्तरमा धेरै दक्षिणपन्थीहरु समान जस्ता देखिएपनि ति पृथक छन् । त्यसले गर्दा तिनलाई सत्तामा पुग्न नदिने वातावरण बनाउँछ ।

वास्तवमा एएफडी एउटा यस्तो पार्टी हो जसलाई कसैले छुन चाहँदैन । निकट हुन चाहँदैन । यो विषाक्त देखिएको छ समाजकालागि । आइतवार हुने निर्वाचनमापनि रूढिवादी, कट्टरपन्थी, रंगभेदी र सुदूरपन्थीले पराजय भोग्ने आँकलन गरिएको छ । आइतवार निर्वाचनमा वाम पार्टी (खासमा नरमपन्थी) ले जित्नुपर्ने धारणा धेरै जर्मनहरुको छ । अन्तत : फेरिपनि मार्केला एन्जेलको पार्टी सिडियुलेनै जित्ने संभावना उच्च छ । यो पार्टीलाई भर्खरै अरु कुनै पार्टीले उछिन्ने देखिन्न ।

यसैसित संवन्धित यो समाचारपनि हेर्ने कि ?

मार्केला एन्जेल के साँच्चै नारीवादी हुन् ?

तपाइँको प्रतिक्रिया

फेसबुक