बिहीबार, चैत १५, २०८०

फ्रान्स र भारतद्वारा इन्डो-प्यासिफिकमा संयुक्त रुपमा काम गर्ने सहमति

नेपालप्लस संवाददाता२०७८ असोज ८ गते ११:३४

Image Credit-India TV

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डो प्यासिफिक क्षेत्रमा संयुक्त रुपमा काम गर्ने वाचा गरेका छन् । अस्ट्रेलिया, अमेरिका र बेलायतको बीचमा पनडुब्बी सम्झौतामा विवाद बढेको बेला फ्रान्स र भारतका प्रधानमन्त्रीको यस्तो बाचा सार्वजनिक हुँदा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ।

अमेरिका र बेलायतसँगको गठबन्धनको रूपमा अमेरिकाको परमाणु पनडुब्बी किन्ने पक्षमा निर्णय गर्दै अष्ट्रेलियाले फ्रान्ससित किन्न गरेको सम्झौता रद्द गरेपछि फ्रान्सेली आक्रोश बढेको छ । त्यहि आक्रोशपछि मोदीसँग माख्रोंनले टेलिफोनमा वार्ता गरेका हुन् । वार्तापछि दुई देश मिलेर काम गर्न सहमत भएका हुन् ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति जो बिडेन पनडुब्बी बिवादपछिको तनाव कम गर्न माख्रोंनसँग फोनमा वार्ता गर्न इच्क्षुक भएको फ्रान्सेली मेडियाहरुको भनाई छ । फ्रान्सले अमेरिका र अष्ट्रेलियाका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएपछि अमेरिका र अष्ट्रेलियासित फ्रान्सको तनाब कूटनितिक तहमा आकाशिएको छ ।

फ्रान्सेली राष्ट्रपतिले फ्रान्स र भारत एक खुला र समावेशी इन्डो-प्रशान्त क्षेत्रमा संयुक्त रुपमा काम गर्न सहमत भएको बताएका छन्।

भारतको रणनीतिक स्वायत्तता, उसको उद्योग, प्राविधिक आधार सहितको विश्वास र पारस्परिक सम्मानमा आधारित घनिष्ठ सम्बन्धको हिस्सा रहेको र त्यसलाई सुदृढीकरण गर्न फ्रान्स प्रतिबद्द रहेको माख्रोंले मोदीलाई विश्वास दिलाएको फ्रान्सेली अखबारहरुमा उल्लेख छ ।

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ- हाम्रो साझा दृष्टिकोणको उद्देश्य क्षेत्रीय स्थिरता र कानूनको शासनलाई बढावा दिनु हो । कुनैपनि प्रकारको वर्चस्वलाई खारेज गर्नु हो”।

दुबै नेताहरुले अमेरिकाले हात झिकेपछिको तालीवान र तालिवानको कब्जा पछि अफगानिस्तानको स्थिति बारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

माख्रोंलाई “मेरो साथी” भन्दै मोदीले आफ्नो ट्विटरमा भनेका छन् “भारतले फ्रान्ससँगको हाम्रो रणनीतिक साझेदारीलाई ठूलो महत्व दिएको छ “।

भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले जारि गरेको एक विज्ञप्तिमा भनिएको छ “इन्डो-प्यासिफिक क्षेत्रमा स्थिरता र सुरक्षाको लागी दुबै देशहरुको महत्वपूर्ण भूमिका छ।”

“इन्डो प्यासिफिक क्षेत्रमा स्थिरताको प्रतिबद्धता यूरोप-भारत सम्बन्ध र इन्डो-प्यासिफिकमा युरोपेली पहलको ढाँचा अन्तर्गत हुनेछ”, नयाँ दिल्लीस्थित फ्रान्सेली दूतावासद्वारा जारी बिज्ञप्तीमा भनिएको छ।

माख्रों र मोदी बीचको वार्ता अष्ट्रेलियाले ४० अर्ब डलरको फ्रान्सेली पनडुब्बी सम्झौता रद्द गर्ने घोषणा गरेको केही दिन पछि भएको हो । अष्ट्रेलियाले यसको सट्टा अमेरिका, बेलायत र अष्ट्रेलियाको बीच एक नयाँ त्रिपक्षिय रणनीतिक गठबन्धन अन्तर्गत अमेरिकी आणविक शक्ति पनडुब्बी किन्ने योजना घोषणा गर्यो । त्यसलाई उकुस संझौता भनेर चिन्न थालिएको छ । त्यसको उद्देश्य चीनको बढ्दो प्रभाव र शक्तिको सामना गर्नु हो ।
भारतीय मिडियाले यो सम्झौता रद्द गर्नाले फ्रान्सेली-भारतीय पनडुब्बी सम्झौता हुनसक्ने अनुमान गरेका छन् ।

फ्रान्सले हालैका वर्षहरुमा भारतसँगको सम्बन्ध कसिलो बनाउन खोजेको छ । सन् २०१६ मा दुबै पक्षले भारतकालागि तिन वटा फ्रान्स निर्मित ‘फ्रेन्च राफेल’ लडाकू बिमानका लागि केहि अरब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

राफेल बेच्ने र अहिले भारतीय प्रधानमन्त्रीलाई ईन्डो पेसिफिक मुद्दामा सहकार्य गर्न मनाउने कदमलाई फ्रान्समा राष्ट्रपती माख्रोंको ब्यवशायिक र कूटनितिक सफलता मानिएको छ ।

फ्रान्सद्वारा ‘स्पष्टीकरण’ माग

नयाँ रणनीतिक गठबन्धनको बारेमा अमेरिकाले गोप्य रुपमा वार्ताको नेतृत्व गरेको थाहा पाएपछि फ्रान्सले आफ्ना सहयोगीहरुलाई पछाडि छुरा हानिएको आरोप लगाएको छ।

फ्रान्सका अनुसार अष्ट्रेलियाले डीजलद्वारा संचालित फ्रान्सेली पनडुब्बीको ६६ अर्ब डलरको सम्झौताबाट बाहिरिने केही घण्टा अघि मात्र फ्रान्सलाई जानकारी गराएको थियो ।

तर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आइतबार अष्ट्रेलियालाई फ्रान्सेली पनडुब्बीहरुको बारेमा गहिरो र गम्भीर चिन्ता रहेको र फ्रान्सलाई यी जानकारि, गलत सूचनाको बारेमा जानकारि भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपती बिडेनसँगको आगामी कुराकानीमा माख्रोंले स्पष्टीकरण माग्ने राजनीतिक सल्लाहकार स्टेफेन सेजुर्नेले मंगलबार बताएका छन् । उनका अनुसार यो मेलमिलापपूर्ण वार्ता हुनेछैन ।

उनले भनेका छन् “जसरी फ्रान्स-अष्ट्रेलिया सम्झौता रद्द भयो त्यसले धेरै प्रश्नहरु खडा भएको छ । अष्ट्रेलिया अमेरिकनको सहयोगी हुनुको अर्थ के हो भन्ने अवधारणा सहितको स्पष्ठिकरण फ्रान्स चाहन्छ “।

भंग गरिएको सम्झौताको पछाडि इन्डो-प्यासिफिक रणनीतिहरुको बारेमा गहिरो मतभेद रहेकोपनि उनले सार्वजनिक गरिदिएका छन् ।

“फ्रान्सले न्यू क्यालेडोनिया जस्ता विदेशी क्षेत्रहरुमा उपस्थिति जनाएको छ । ति क्षेत्रमा तनाव साम्य गर्न कोशिस गरीरहेको छ । तर संयुक्त राज्य अमेरिका चीनसँग अधिक टकरावमा छ” सेजुर्नेले भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक