बिहीबार, वैशाख ६, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

असम साहित्य सम्मेलन : एक ऐतिहासिक महोत्सवको सम्झना– क

डा. गोबिन्द राज भट्टराई२०७८ असोज ९ गते १६:३७

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

हामीलाई लाग्यो गान्धीनगर पानीखाती आसाममा एक सराहनीय कार्य सम्पन्न गरियो । नव दाइको महाकवि प्रतिको असीम श्रद्धाले गर्दा म पनि लागेँ र पुस्तौँसम्म स्मृतिमा रहने एक प्रथम कर्म गरियो जस्तो लागेको छ । तर यस्तै गरी कलकत्ता, वनारस, पटना, दिल्लीमा हाम्रा महाकवि चिनाउने कर्म गर्न गराउन सकेहुन्थ्यो जस्तो लाग्छ । अझ दक्षिण भारततिर त यस्तो कर्मको कल्पना पनि भएको छैन । त्यसको लागि कोही नवसापकोटा जस्ता समर्पित जागेर उठ्नुपर्ने हुन्छ ।

गाढा सन्ध्या खसेको थियो । गान्धीनगर पानीखातीमा अवस्थित डाउनटाउन युनिभर्सिटीबाट प्रतीक्षारत बाहन चढाएर आयोजकहरूले हामीलाई पल्टनबजार ओरालिदिनु भयो । नजिकको राजदूत नामक आवासमा टुङ्गा लगाएर डा. खगेन भाइ बिदा हुनुभयो । बलराम र म थकित भएतापनि खुसीले मध्यरातसम्म सुत्न सकेनौँ । फेरि त्यसमाथि डा. खगेन भाइले भोलिपल्टको लागि एउटा नयाँ कुरा सुनाउनु भयो— तेजपुरको निम्ता मान्न भोलि बिहानै चल्नुपर्नेछ सर । यहाँबाट ४–५ घण्टा लाग्छ । म चारबजे बिहानै पल्टनबजार आइपुग्नेछु । ठीक परिरहनु होला । भोलि ‘अखम खाहित्य खम्मिलनीको महत्वपूर्ण दिन छ ।’

यो विशाल फाँटमा मेरा लागि सबै नवभूमि छन् । नजिकमा प्रवाहशील ब्रह्मपुत्र, माथि डाँडामा कामक्षा देवी, तलको हरितगृहमा लुकेको जस्तो गुवाहाटी शहर । ठाउँठाउँ उठेका थुम्का र पहाड । टाढाटाढा हरिया बर्की ओढेर लुकेका थोप्लाथोप्ली घर । कति सुन्दर छ सारा । हावामा सुसाउने नरिवल सुपारीको घना पातल ।

रातिसम्म अनेकतिर फोन भए । नवसापकोटा दाइलाई फेरि धन्यवाद दिएँ । यो असम्भव कर्म सम्पन्न गराएकोमा । यो सानो बत्ती सल्किँदै फैलिँदै जाला । नेपाली जाति बिस्तारै फैलिँदै जाला, आफ्ना जातीय गानाहरू यसैगरी बहुप्रति हुँदै जालान् । त्यस्तो सोचाइले कम्ती खुसी ल्याएन ।

तेजपुर रोडतिर लागेपछि अचानक हाम्रो कारलाई के भयो भयो । रिँगटा चलेजस्तो गरेर त्यो घुम्न थाल्यो बटारिन थाल्यो । फेरि तातेर आगो उठ्ला जस्तो पनि भयो र हामी निकै आत्तिएको घरीमा झ्वाइयँ करायो अनि फिनिनि गरेर घुम्यो । त्यसपछि एक्कासी मूल सडक छोडेर तलतिरको उप–सडकतिर हामफाल्यो ।

त्यसपछि आआफ्ना उपहारहरू मिलायौँ । जहाँ पुगेपनि हाम्रा उपहार नै पुस्तक हुन् । कति नयाँ र पठनीय कृति हिजो प्राप्त भएका थिए । अबेरसम्म झोला मिलायौँ । प्याकिङ गर्‍यौं एक रातको लागि होटलमै राखिमागेका थियौँ । डा. खगेन भाइलाई अन्तिम फोन गरेर पल्टियौँ ।

सारा चकमन्न त हुन सकेन त्यो । किनभने पल्टनबजारको जीवन्तता नरोकिने ठाउँ थियो । बेलाबेला ठूलो आवाजसँग बतासमा सुसेल्दै रेल कुधेका बेला धरतीको गर्भगृह कतै कामे जस्तो लाग्थ्यो ।

भोलिपल्ट बिहानै स्नानादि सक्यौँ । बुटपट्टी कस्यौँ र दैला उघार्‍यौँ । पातलो बर्काे ओडेको ‘ग्वाटी’ शहर निद्रामै थियो । पल्टनबजारतिरबाट बेलाबेला हर्न बजेको सुनिन्थ्यो । पौषको अन्तिम हप्ता जाडो निकै कमाउने खालको छ । हामी तल ओर्लिएर पेटीमा उभिएका थियौँ । डा. खगेनको सेतो कार आइपुग्यो । उहाँ आफैंले हाँकेको गाडीमा हामी चढ्यौँ । एउटा कुरा सम्झेकै छु— गाडी एकदम ठीक छ सर यसलाई भर्खर अर्जापेको छु भन्नुभएको थियो ।

त्यसपछि सर्वव्यापी हुस्से छ । शहरैशहर निकै गएपछि त्यसलाई छोडेर किनारापट्टि लाग्दा शान्त ब्रह्मपुत्रको दर्शन पाइयो । गङ्गे च यमनुने चैव…. श्लोकमा ब्रह्मपुत्रले किन स्थान पाएन होला ? पुलिङ्गी भएर हो कि ? सर्वत्र बाक्लो हुस्से मुनि सुतेको विशाल पुल त्यसमुनिको विस्तृत जल प्रवाहको झल्का देखियो । तर झन् नजिक पुग्छौँ, कुहिरो झनझन् बाक्लो हुँदैछ । विस्फारित नेत्रलाई वारपार सबै दृश्यमा फिजाउने रहर थियो तर बिस्तारै बिस्तारै त्यो कुहिरो झन् झन् बाक्लो हुँदैहुँदै आयो ।

त्यो लामो पुल तरेपछि कुहिरो झनसारो बाक्लियो । गाडीको स्क्रिन ढ्याप्पै बन्द जस्तो हुन्छ, सिसादेखि खोल्सा पारेर पानी झर्छ । मार्ग टालिन्छ । खोलौँ भने खपीनसक्नु चिसोसँग कुहिरो भित्रै छिर्छ । गर्दागर्दै चालकका हात कठाङ्ग्रिए, कुहिरो पनि कालोजस्तो भयो । उताबाट आउने वाहनमा पहेँला जोर आँखा मात्र बल्छन्, बिस्तारै घस्रेका मात्र छन् । नजिकमा आएपछि झण्डै ठोक्किए छ, धन्य बाँचिएछ भन्नु जस्तो हुन्छ।

जालुकवाडीदेखि नै कुहिराको घनत्वले गर्दा हामीलाई कुनै सुरुङभत्रि पसेको जस्तो भएको थियो । पुल मुनिका भुल्का मात्र देखिएका थिए । पुलका भित्तामा पहेंला अग्निका राप जस्ता डल्ला फूल टल्किन्थे तर तिनमा प्रकाश थिएन । ब्रह्मपुत्रको लामो पुल तर्‍यौं सराइघाटमा । अनि त्यसपछि तेजपुर रोडतिर लागेपछि अचानक हाम्रो कारलाई के भयो भयो । रिँगटा चलेजस्तो गरेर त्यो घुम्न थाल्यो बटारिन थाल्यो । फेरि तातेर आगो उठ्ला जस्तो पनि भयो र हामी निकै आत्तिएको घरीमा झ्वाइयँ करायो अनि फिनिनि गरेर घुम्यो । त्यसपछि एक्कासी मूल सडक छोडेर तलतिरको उप–सडकतिर हामफाल्यो । सारै उत्तेजक पाराले ता होइन तथापि अब यो रिसाउन थालेको छ भन्ने प्रमाण पुग्ने थियो ।

यस्तै हो भने आज प्राण जाने भो । उता गन्तव्य (तेजपुर) देखि फोन आउँछन्— कहाँनेरि पुगियो ? छिटो गरौँ । खगेन भाइको निधारमा पसिना भरिए यस्तो माघको जाडोमा । त्यसपछि हामी दुई उत्रियौँ । किञ्चत बल प्रयोग गरेर ठेलेजस्तो गर्दै, मेलो छोडेर जुवासँगै भाग्ने बहर गोरुलाई फकाएझैँ गरी बिस्तारै त्यसलाई मूल सडकमा पुर्‍यायौं र दशा टरेको खुशियालीमा कतै पसेर एक पेला चिया ग्रहण गर्ने प्रस्ताव गर्‍यौँ ।

सारा चकमन्न त हुन सकेन त्यो । किनभने पल्टनबजारको जीवन्तता नरोकिने ठाउँ थियो । बेलाबेला ठूलो आवाजसँग बतासमा सुसेल्दै रेल कुधेका बेला धरतीको गर्भगृह कतै कामे जस्तो लाग्थ्यो ।

अनि मङ्गलदई भन्ने ठाउँमा रोकेर चियापान गर्‍यौँ । भाइका पसिना ओभाए र त्यो काल कुहिरो पनि अलिक बिसेक भयो । त्यसपछि हाँकिएर रौता भन्ने ठाउँ पुग्यौँ । सुनेका नामहरू आए । उदालगुडी, ढेकियाजुली, विश्वनाथ चाराली आदि । एउटा बजार आउँछ फेरि प्राचीन सुन्दर गाउँहरू विचित्र रमाइला भिन्न खाले ग्रामीण घर, वरिपरि बगान, जाडाले कक्रिएका गाईबस्तु कामेका, धानकाटेका खेतका नरुवा, कताकति गोरुसँग घिस्रिँदा हलीहरू, जताततै बाँसका घना जंगल यस्तै हेर्दै गयौँ ।

भोकले हामीलाई लडाउने बेला भएको थियो । चाराली भन्ने बजारमा तातो नास्ता सेवन गरेपछि फेरि एक एक पेला ‘आसाम टी’ चाख्ने इच्छा जागृत भयो । त्यो पूरा गरेर फेरि उड्यौँ । केही क्षण पश्चात् कारले एउटा टाउनभित्र प्रवेश गर्‍यो । त्यो सफा र सुन्दर थियो । हामीले अनादिकालदेखि सुनेको तेजपुर यही हो भन्नुभयो । तेजपुरको चानमारी आजको गन्तव्य थियो ।

बजारैबजार एकछिन अघि बढेपछि एउटा अत्यन्तै ठूलो, आँखाले नभ्याउने जत्रो मैदानको सामु हामी रोकियौँ । ओर्लेर हेर्दा हजारौँ मानिस अटाउने जत्रो पण्डाल बनिएको थियो । त्यो रंगीन पण्डालको अग्र भागमा अत्यन्तै उच्चा ५० जना अटाउन्जेलको रंगीन मञ्च थियो । सुसज्जित अनेक प्रकारका तोरणले ढाकिएको । फूलमाला बेलुन आदि बतासले हल्लाइरहेको ।

यो सानो बत्ती सल्किँदै फैलिँदै जाला । नेपाली जाति बिस्तारै फैलिँदै जाला, आफ्ना जातीय गानाहरू यसैगरी बहुप्रति हुँदै जालान् । त्यस्तो सोचाइले कम्ती खुसी ल्याएन ।

एघार बजेको समय सिर्सिर बतास चल्दैछ, अर्ध घमाइलो होला जस्तो छ दिन । आकाशको नीलिमा छोएर कताकति सेता सिरक सुकाएका देखिन्छन् । निकै मधूर स्वरमा पण्डालको चार कुनाबाट उभिएका ठूलाठूला लाउड स्पीकरहरू समवेत स्वरमा कुनै भजन प्रार्थना हो कि राष्ट्रिय गीत सुनाउँदै छन् ।

म छक्क पर्दै थिएँ तर एकै क्षणमा अग्लो मञ्चबाट ओर्लेका रैथाने जातीय वस्त्रधारी दुई पुरुष आए र हामीलाई स्वागत नमस्कार गरे । अनि मलाई उनीहरू साथ अघि बढ्ने सङ्केत गरे । मैले झटाक शरीरको पोजिशन मिलाएँ, टाइ र कोट पनि मिलाएँ । ढाका टोपी धारण गरेर ती सज्जन मार्गदर्शक सँगसँगै अघि बढेँ । पल्लाछेउ पुगेँ, सज्जनहरू सँगै भर्‍याङ चढेँ । माथिको भव्य स्थानमा उभिएँ । त्यही उभ्याएर नाम उद्घोषण गरेँ । मलाई सयपत्रीले सुशोभित गराइदिए । अनि आसन देखाए । यता अग्रभागको पण्डाल मुन्तिर गायन र सांस्कृतिक नृत्य प्रदर्शनकारी टोली थिए ।

म चढेपछि अरू अतिथिलाई अलङ्कृत गर्न बोलाइयो । सभाध्यक्ष डा. हिरेन गोहाईज्यू, सभापति डा. दिलीप बराज्यू, अतिथि महेन्द्रनाथ केउटज्यू, कलकत्ताका शिक्षाविद् डा. श्यामल चक्रवर्ती देवज्यू र ज्ञानपीठ पुरस्कारले सम्मानित दिल्लीका प्राज्ञ कविवर केदारनाथ सिंहज्यू ।

डा. लक्ष्मी हिरा दास सम्मेलनीका सभापति हुनुहुन्थ्यो । यिनै साहित्यिक महारथीहरूको बीचमा यो अकिञ्चन गोविन्दराज भट्टराई एक थियो । नेपालबाट पाल्नुहुने नेपालका एक साहित्य हस्ती तथा वरिष्ठ साहित्य समालोचक भन्ने पदले म विभूषित गरिएको रहेछु । उपसभाध्यक्षको अभिभाषण शीर्षक पुस्तिकामा सो प्रकाशित थियो । त्यही उच्चारण भयो । मेरा सहयात्री डा। खगेन र बलराम भाइलाई पनि यथास्थानमा आसनग्रहण गराइयो ।

आसामका हजारौँ स्रष्टाको आस्थाकेन्द्र यो संस्थाको यत्रो महासम्मेलनमा मलाई नेपालको प्रतिनिधि अतिथि बनाउनेमा डा. भाइ खगेन शर्माको सम्पर्क सम्बन्धले गरेको हुनुपर्छ किनभने यता एक महीना अघि नै उहाँबाट केही सूचना अवगत गरेको थिएँ । त्यसो त गुवाहाटी विश्वविद्यालयका संस्कृति विभागाध्यक्ष डा. दिलिप बराज्यूसित पनि एक अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा सहभागी भएको थिएँ । तर आज यो अपूर्व भेलामा हाम्रा बन्धुबान्धवको प्रयत्नले र उदारमना मित्रहरूको प्रयत्नले गर्दा होला म यो स्थानमा पुग्न सकेँ । छेउमा हेर्छु ज्ञानपीठ पुरस्कारले सम्मानित वरिष्ठ हिन्दी साहित्यकार श्री केदारनाथ सिंहज्यू हुनुहुन्थ्यो ।

यो हृदय त्यसै उम्लेर आउँछ । आँसु झर्ला जस्तो हुन्छ । भावातिरेकले म शब्दहीन हुन्छु । हात जोडेको छु, बेलाबेला हल्लाउँछु । अरू विद्वान् विदुषी, त्यस्तै निमग्न छन् ।

अघि अक्टोबर २०१२ मा तत्कालीन कुलपति श्री वैरागी काइलाको नेतृत्वमा साहित्य अकादमी दिल्ली जाने अवसर मिलेको थियो । जुन ‘नेपाल–भारत साहित्य सम्मेलनी’ मा ती महान् स्रष्टासित तीन दिन सँगसँगै भएका थियौँ । आज पुनः मलाई असममा भेटेर उहाँले कत्रो हर्ष प्रकट गर्नुभयो । किनभने उहाँ वनारसमा मेरा दाजुको पनि आदरणीय सुपरिचित हुनुहुन्थ्यो ।

सम्पूर्ण परिवेश पुष्पवर्षापछिको झल्झलाकार थियो । यसैमा कुनै सांस्कारिक विधान गरेर प्रमुख अतिथिबाट दीप प्रज्वलित गराएपछि; केही प्रार्थनाका शब्द गराएपछि त्यो महासम्मेलन उद्घाटन भएको घोषणा भयो तर कार्यक्रम शुरु हुनुभन्दा पहिले प्राङ्गणको एक छेउमा एउटा अलङ्कृत रथ तयार थियो । उद्घाटन पश्चात् हामी छ जनालाई उनीहरूले त्यता जाने बाटो देखाए, सभास्थल छोडेर त्यता जाने भने, गयौँ । रथमा चढ्न भने, चढ्यौँ र बिस्तारै त्यो सुशोभित चारपाङ्ग्रे तेजपुर बजारतिर प्रस्थान गर्‍यौं ।

मलाई सपना जस्तो भएको थियो । प्रत्येक घरका अटालिकामा, तल मार्गमा, प्रवेश द्वारमा, तोरणयुक्त स्वागतद्वारहरूमा जनसमुदाय छन् । तालि बज्छन् । पुष्प गुुच्छा चढाउँछन्, कतै पुष्पवृष्टि हुन्छ । यो हृदय त्यसै उम्लेर आउँछ । आँसु झर्ला जस्तो हुन्छ । भावातिरेकले म शब्दहीन हुन्छु । हात जोडेको छु, बेलाबेला हल्लाउँछु । अरू विद्वान् विदुषी, त्यस्तै निमग्न छन् । एक एक किमी चौडाइ भएका चार किमी वर्गाकारको शहरलाई बिस्तारै परिक्रमा गराएर सभास्थलतिर फर्काए; त्यो एक अभूतपूर्व अनुभव थियो । मधुरा केही बाजा पनि थिए तर परिक्रमा पथको जयजयकारले मन उत्तेजित हुन्थ्यो । त्यो आकाश मुन्तिर न्याना घाम ओढ्दै हामी परिक्रमा सकेर पुनः मञ्चमा पुग्यौँ ।

कुन जन्मको सुकर्मको फलले आज मलाई यो सम्मान मिल्यो होला ? म सारा नेपाली जातिप्रति ऋणभार प्रकट गर्दछु । धन्य साहित्य मार्ग लिएकैले सबै भाषाले बुझ्ने यही मानवताको एकमात्र भाषा सुन्ने मेरा सारा प्रयत्न र पुकार सुन्ने अनेकभाषी बन्धुबान्धव आज उत्सवको एकै आँगनमा जुटेछन् । शायद आज म त्यसैको प्रतिफल प्राप्त गर्दैछु । पिताजीले नित्य गुनगुनाउने एउटा श्लोक यो स्मृतिमा कुद्यो—
भाग्योदयेन बहुजन्म समार्जितेन
सत्सङ्ग मेन लभते पुरुषो यदावै……
फेरि म सन्न, स्तब्ध र एकछिनलाई शब्दहीन भएँ ।

तपाइँको प्रतिक्रिया