बिहीबार, वैशाख १३, २०८१

एन्जेला मार्केलले ब्यहोरेका चार फ्रान्सेली राष्ट्रपती र १६ वर्षे फ्रान्स-जर्मनीबिचको उतारचढाव

ददि सापकोटा२०७८ असोज ११ गते ८:१२

सन् २००५ मा पदभार ग्रहण गरेपछि छोटो समयमै एन्जेला मार्केल युरोपमा स्थिरताको प्रतीक बनिन् । जबकि फ्रान्समा एकपछि अर्को गर्दै चार राष्ट्रपति फेरिए । जर्मन चान्सलर एन्जेला मार्केलले हाल उनको लगातार चौथो कार्यकालमा देशको सेवा गरीरहेकि छन् ।

उनले अब पद छोड्दा १६ वर्ष राज्यप्रमुख बनेको ईतिहास हुने छ । एन्जेलाको यो कार्यकाललाई प्राय: फ्रान्को-जर्मनले “ईयूको इन्जिन” भन्न रुचाउँछन् । अझैपनि मार्केल केहि समय रहने छिन् । किनभने जर्मनीमा गठबन्धन सरकार गठन हुन केहि समय पक्कै लाग्ने छ । आइतवार अर्थात् सेप्टेम्वर २६ मा हुने निर्वाचनपछिपनि सरकार गठन गर्न धेरै महिना लाग्नसक्छ ।

जे होस् फ्रान्को-जर्मन सहयोग राजनीतिक संवन्धको सबै स्तरमा राम्रो सम्बन्धको पर्खालले बनेको छ । यि दुई देशका नेताहरुको मिलन ईयुका विषयमापनि अत्यधिक प्रतीकात्मक छ ।

फ्रान्स र जर्मनीको जोडी मध्यस्थता र फ्रान्को-जर्मन सम्बन्ध मात्रै होइन समग्र युरोपेली युनियनकैलागि धेरै महत्वपूर्ण छ।

जर्मनीका चान्सलर र फ्रान्सका राष्ट्रपतीका धारणा, बिचारहरु एक अर्का देशका नागरिककालागिपनि युरोपेली युनियनबारे धारण बनाउन निर्णायक कारक हुने गरेको छ । त्यसैगरि आआफ्ना देशमा सार्वजनिक रायकोलागिपनि महत्वपूर्ण रहने गरेको छ ।

विगत १६ वर्षमा यो सम्बन्धमा उतार चढाव देखिएको छ । ईयुमा फ्रान्सेली र जर्मन हितहरुको बीच सन्तुलन कायम गर्ने बारेमा नियमित रूपमा प्रश्न उठाईएको छ । यस्ता प्रश्न धेरै पटक उठेका छन् । फ्रान्समा पटक पटक राष्ट्रपती फेरिँदा एन्जेला मार्केलले ति चार राष्ट्रपतीसित कसरि काम गरिन् होला ?

एन्जेला मार्केल- ज्याक शिराक (२००५-२००७)

राज्य सन्चालनमा पहिलो जोडी एन्जेला मार्केल र ज्याक शिराक बने । मार्केल युरोप र फ्रान्सको लागिपनि एक कठिन अवस्थामा सत्तामा आएकि थिईन् । यूरोपेली युनियनको संविधान बनाउने परियोजना जनमत संग्रहद्वारा फ्रान्समा अस्वीकार गरीएको थियो । त्यसको केहि समयपछि मार्केल सत्तामा आएकि थिईन् ।

फ्रान्सेली राष्ट्रपति यसबाट कमजोर भए । तर ज्याक सिराक भन्दा कम उमेरकि जर्मन चान्सलरमाथि उनी हावी थिए । फ्रान्समा मार्केल पूर्वी क्षेत्रबाट आएकि, जवान महिला । चम्किला, आकर्षक देखिने शिराकको तुलनामा लज्जालु, सुस्त जस्तो देखिन्थिन् । त्यो बेला धेरैले मार्केललाई अवमूल्यनपनि गरे ।

जर्मन चान्सलर लगातार २००६ पछि विश्वको सबैभन्दा शक्तिशाली महिलाहरुको फोर्ब्स सूचीमा शीर्ष स्थानमा छिन् । उनी हाल पन्ध्रौं पटक लगातार एक नम्बरमा छन् ।

“जे होस्, मार्केलले सायद राष्ट्रपति शिराकलाई भेट्न पाउनु भाग्यशाली थिईन् जो फ्रान्को-जर्मन सम्बन्ध र युरोपेली मन्चमा पहिलेनै एक अनुभवी थिए” लुडविग्सबर्ग स्थित फ्रान्को-जर्मन संस्था (डीएफआई) का निर्देशक फ्रान्क बास्नेरले भनेका छन् । शिराक जर्मनीसँग काम गर्न इच्क्षुक थिए । रमाईलो मान्थे । ईयुमा पहिलेनै स्थापित संरचनामा काम गर्न ज्याक शिराकको संगत र जर्मनीसित निकट रहन चाहने स्वभावले मार्केललाई सहज बनाइदियो । मार्केलाई ईयुमा आफ्नो स्थान लिन सहज पारिदियो ।

एन्जेला मार्केल – निकोला सार्कोजी (२००७-२०१२)

फ्रान्को-जर्मन सम्बन्धको गतिशीलता त्यति सहजपनि सधैं भएको होइन । जटिल छ । फ्रान्सेली राष्ट्रपतिको कार्यभार, कार्यकारि अधिकार जर्मनीमा चान्सलरको भन्दा धेरै घरानिया, पदानुक्रमित (हाईरार्कियल) र शक्तिशाली छ । विशेष गरी जर्मन प्रमुखको जिम्मेवारी अधिक संस्थागत सम्बन्ध र दायित्वहरुको अधीनमा छ । त्यसैले ईयुका मुद्दाहरुमा प्रायः फ्रान्सेली राष्ट्रपतिले सहजिकरण, साथ दिएको देखिन्छ । फ्रान्सेलीहरु त्यो कार्यकारी सर्वोच्चतालाई जर्मन पक्षसित कार्य गर्न, थोरै बाँडचुँड गर्न इच्छुक देखिन्छन् । त्यसैले कहिलेकाहिँ जर्मन पक्ष ईयु मुद्दामा कमजोर परेको या फ्रान्सेलीहरुले पेलेको, हठ राखेको वा जर्जस्ति गरेको जस्ता प्रतिक्रिया देख्ने, सुनिने गरिन्छ ।

मार्केलले सन् २००७ मा निकोला सार्कोजीसँग मिलेर बनाएको नयाँ जोडी यसको एउटा राम्रो उदाहरण हो । दुई फरक स्वभाव भएका चान्सलर र निकोला सार्कोजीको द्वन्द भएको थियो एक पटक । युवा, गतिशील बानीका राष्ट्रपति र विचारशील, भलाद्मी र शान्त चरित्रकि चान्सलरबिचको यो स्वभावले बेमेल देखाएको थियो । चान्सलरको त्यो स्वभावसित सार्कोजीले आफ्नो त्यो पुरुष स्वभाव, आकर्षणको उपयोग गर्न सकेनन् ।

फ्रान्सका नयाँ राष्ट्रपति धेरै चीजहरु परिवर्तन गर्न चाहन्थे । तर जर्मनहरुसँग त्यस्तो धैर्यता थिएन । उनले पीडा र असहयोग महसुस गर्नुपर्‍यो । किनकि जर्मनीमा चान्सलरको कार्यकारि अवस्थाले फ्रान्सेलीले झैं छिटो निर्णय लिन त्यति सजिलो छैन ।

युरोपमा पहिले यूरो संकट आयो । त्यसपछि तथाकथित सार्वभौम ऋण संकट देखियो । त्यसले छिट्टै नयाँ फ्रान्को-जर्मन जोडीलाई परीक्षण गराइदियो । तर अन्तमा सार्कोजी र मार्केला एन्जेल यस्तरि मिलिदिए कि एउटा शब्दनै बनाइयो, दुई जनाको नाम जोडेर ‘माएर्कोजी’ । यहि शब्दको प्रेरणा लिएर दुई राज्य र सरकारका नेता अत्यन्त निकट भैदिए ।

फ्रान्सेली विश्लेषकहरुका अनुसार राष्ट्रपति र चान्सलरले आफ्नो प्रारम्भिक मतभेदलाई जिते । यूरोको विघटनबाट बच्न अनेक उपाय रचे । अन्तरसरकारी मुद्दाहरु उठाउन सफल भए । यो बेला तिनलाई स्पष्ठ भयो- अब एक अर्का बिना राम्रो गर्नै सकिन्न । युरोलाई बचाउन मुस्किल हुने छ भन्नेमा ति सचेत भए । अन्त्यमा मार्कोजीले फ्रान्को-जर्मन एकता र सहयोगको एक बलियो छवि बनाए ।

आर्थिक संकटका बेला जर्मनीले फ्रान्सले भन्दा कम ऋण लिएको थियो । यो अवधिमा फेरी दुई साझेदारहरु बीच असंतुलन देखापर्‍यो । जर्मनीले फ्रान्सले भन्दा कम ऋण लिएर धेरै छिटो आफ्नो खुट्टामा आफ्नो आर्थिक अवस्था फिर्ता ल्याउन सफल भयो । ईयूमा आफ्नो आर्थिक र वित्तीय सर्वोच्चता कायम गर्‍यो । जर्मनी इयुको आर्थिकरुपमा सर्बोच्च शक्तिवान बनिदियो ।

एन्जेला मार्केल – फ्रंस्वा होलँद (२०१२-२०१७)

सन् २०१२ मा फ्रंस्वा होलँदको चुनावसँगै आर्थिक र वित्तीय मोर्चामा तनाव बढेको थियो । नयाँ राष्ट्रपतिले तुरुन्तै मार्केला (र विशेष गरी उनको वित्त मन्त्री वोल्फगैंङ्ग सोउब्ल) द्वारा समर्थित बित्तिय कार्यक्रमको घोषणा गरे । त्यो कार्यक्रम आर्थिक नियन्त्रणको एक पाटो थियो । अर्थव्यवस्थामा सुधार गर्नको लागी वर्तमान खपत घटाउने उद्देश्यको रूपमा राष्ट्रिय खर्च घटाउने र विशेष गरी निर्यातमा वृद्धि गरिने थियो । होलँदले त्यसको विरोध गरे । स्थिरता र बृद्धि सम्झौतामा पुन: वार्ता गर्ने आफ्नो मनशाय घोषणा गरे ।

त्यसपछि सम्बन्ध फेरि सुधार भयो । दुबैले यसलाई राम्रो इच्छा राखेकाले एकअर्काबाट फेरी सिक्न सकिने धारणा राखे ।

तरपनि सन्तुलनको प्रश्न जारि रह्यो । किनभने फ्रान्स अझैपनि अपेक्षाकृत कमजोर आर्थिक अवस्थामा थियो जर्मनीभन्दा । सुधारका उपायहरु लागू गरिएको त थियो फ्रान्समा तर त्यसको प्रभाव साकार हुन ढिलो भैरहेको थियो । फ्रान्सेली पक्षमा बाध्यकारी उपायहरुको अभाव थियो । मार्केलले युरोपेली मामिलामा कुन मोड, निति लिने भनेर लामो समयसम्म हिचकिच्याईन् ।

कुनै बेला समस्या र संकटले दुई पक्षलाई मिलन गराइदिन्छ । यो संकटका बेला मार्केल र फ्रान्सेली राष्ट्रपतिलाई फेरि निकट बनाइदियो । सन् २०१५ मा चार्ली हेब्दो पत्रिकामा हमलापछि पेरिसमा आयोजना परेडमा चान्सलर मार्केला उपस्थित भईन् । यो सामान्य जस्तो लाग्छ । तर त्यो उपस्थितिले एक शक्तिशाली छविको उपस्थिति थियो । जर्मनीले फ्रान्सलाई कसरि हेर्छ भन्ने भावनात्मक संवन्धको संकेत थियो । त्यसले फ्रान्ससितको एकतालाई अझ रेखांकित गरिदियो ।

त्यसपछि फ्रान्को-जर्मन नेतृत्वको जोडी अन्तर्राष्ट्रिय मन्चमा एक साथ संलग्न भए । विशेष गरी रूसले युक्रेनको क्रिमियालाई कब्जा गर्ने मामिलामा उनीहरुले समग्रमा ईयुकै तर्फबाट सामुहिक प्रतिक्रिया बनाए ।

फ्रान्सेली विशेषज्ञका अनुसार होलँदले “हाम्रो साझा इतिहाससँग सम्बन्धित कठिनाइहरुलाई अझै पार गर्न बाँकि छ र त्यसमा एकजुट हुनुपर्छ, मिल्नुपर्छ” भन्ने मार्केलालाई स्मरण गारए । त्यहि नीतिलाई अगाडि बढाउन प्रयास गरे । त्यसले सफलतापनि पायो ।

एन्जेला मार्केल – एमानुयल माक्रों (२०१७-२०२१)

मार्केला – होलँद युग तुलनात्मक रूपमा राम्रो संवन्धले बित्यो । त्यसपछि मार्केल जोडिईन् एमानुयल माख्रों, हालका युवा राष्ट्रपतीसित । माख्रोंको आगमनले गतिशीलता ल्याउँछ, उथलपुथल पार्छ भन्ने आशा जगायो । जर्मन पक्षमा एक युवा, चमत्कारिक, हिम्मतिला भनिएका फ्रान्सेली नेता आ उँदैछन् भनेर राष्ट्रपतीको निर्वाचनमै धेरै सकारात्मक अपेक्षाहरु सार्वजनिक भएका थिए । युरोपलाई आफ्नो राष्ट्रपति परियोजनाको केन्द्रमा राखेका थिए माख्रोंले । यता मार्केलाको तनपनि युरोपेली युनियनलाई सबल बनाउनेनै थियो । माख्रों र मार्केलाका उद्देश्य झन मिले । फ्रान्को-जर्मन सम्बन्धलाईपनि यूरोपीयन परियोजनाको केन्द्रमा राखे दुबैले ।

माख्रो एक उर्जावान नेता हुन् । उनले तुरुन्तै जर्मनकाबिच आकर्षण र आक्रामक नेता भनेर छबी बनाए । इयु संवन्धि आकर्षक र आक्रामक योजना जर्मनीसित अगाडि बढाए । उनी कतिसम्म बाठा छन् भने जर्मन बोल्ने मानिसहरुसित निकट भएर भावनात्मक संवन्धलाई महत्व दिए । जर्मनीको सम्बन्धमा यति धेरै अनुभव, सहानुभूति र क्षमता भएको फ्रान्सेली सरकार पहिले कहिल्यै भएको थिएन भन्ने साबित गरिदिए ।

तर फेरी एन्जेला मार्केलले आफ्नै दृष्टिकोणलाई पछ्याईन् । किनभने बाचा गरिएका, गर्ने भनिएका योजना साँच्चै फत्ते गरेर पालना गरिन्छ कि गरिन्न । मार्केलले यतातिर ध्यान दिईन् । उनले ‘म पर्खेर हेरिरहेकि छु, मूल्यांकन गरिरहेकि छु’ भन्ने संकेत दिन खोजिन् । त्यतिबेला यो मार्केल मनोब्रित्तिलाई फ्रान्समा बेईमानीका रुपमा हेरिएको थियो । धेरै फ्रान्सेलीले जर्मनीले फ्रान्सलाई उपेक्षा गर्न खोजेको भनेरै बुझे ।

कोभिड १९ स्वास्थ्य संकटले परिस्थिति बदल्यो । ईयूको आर्थिक सुधारको लागि फ्रान्को-जर्मन पहल शुरु गरे । त्यो पहल १ मे २०२० बाट एन्जेला मार्केल र एमानुएल माख्रोंको हस्ताक्षरबाट शुरु भयो ।

एक पटक फेरि उनीहरुलाई आपतकालिन अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था कोरोनालेपनि बनाइदियो । यो फ्रान्को-जर्मन जोड़ीको शक्ति र युरोपेली संघभित्र एक चालकको भूमिका निभाउने अवस्था आयो । र त्यो क्षमताको प्रदर्शनपनि दुबैले राम्रोसित गरे ।

१६ सेप्टेम्बरमा भएको एक डिनरमा मार्केलले भनिन् “हामी जर्मन पक्षबाट सबै कुरा (युरोपेली युनियनका मामिलामा) सम्भव बनाउन चाहन्छौं ताकि आवश्यक निर्णयहरुमा कुनै अवरोध नहोस् ।” सेप्टेम्बर २६ मा जर्मन आम चुनाव हुँदै गर्दापनि आफू अन्तरिम चान्सलर रहनेबेला अगाडिनै ति काम गर्न चाहेको उनले माख्रोंलाई सुनाईन् ।

मार्केलले आफ्नो पाएको कार्यालय छोड्ने तयारि गर्नै लाग्दापनि उनका प्रतिबद्दता लोलाएका देखिंदैन्न् । विभिन्न फ्रान्सेली राष्ट्रपतिहरुसँग १६ वर्षको सम्बन्ध समाप्त हुन लागेको त छ । तर एन्जेलाले फेरी २६ सेप्टेम्बर पछिपनि सँगै काम गर्ने आफ्नो प्रतिबद्धता माख्रोंसमक्ष जनाएकि छन् । फ्रान्सेली-जर्मन मेडिया त्यसै भन्छन् । किनभने देशको सम्पन्नता, हितकालागि राष्ट्रपति र चान्सलर गएपनि स्थिरता रहिरहन्छ ।

एउटा कुरा यी चार जोडी, कार्यकाल सबै सामान्य जस्तो लाग्छ । ब्यक्ति ब्यक्तिका आनीबानी, ब्यक्तित्व, काम गर्ने शैली फरक थिए । तर मार्केलको सकारात्मक पक्ष के भने संकटका हरेक पलमा उनले सधैं सहमतीको बिन्दू फेला पारिन् । जर्मनीको चान्सलर हुँदा फ्रान्सेली राष्ट्रपतीका लागि सानी केटी सरह थिईन् । छोरी जस्ति, भर्खर युरोपेली राजनिति सिक्दै गरेकि । अहिले चार फ्रान्सेली ब्यहोरेर १६ वर्षे कार्यकाल सक्दै गर्दा मार्केलले छोरो जस्तो उमेरको फ्रान्सेली राष्ट्रपती ब्यहोरिरहेकि छन् । ति चारै जनासित हरेक अप्ठेरामा उनले संझौताको बिन्दू फेला पारिन् ।

फ्रान्सेली राष्ट्रपतीसित सिकेकि मार्केलले अहिले फ्रान्सेली राष्ट्रपतीलाईनै सिकाउने, परिपक्कता देखाउने अवस्था बनाईन् । आवस्यक पर्दा उचित कदम उठाउने र अवसरमा उठ्ने उनको गुणलेपनि अप्ठेरा तगाराहरुलाई पन्छाउने बाटो खुला गरिदियो । जब गम्भिर समस्या देखिन्थ्यो फ्रान्सेली राष्ट्रपती र मार्केल उति छिटो सही काम गर्न सफल भए ।

दुई देश । फरक भाषा । भिन्न भिन्न मानसिकता । अलग्गै संस्क्रिति । दुई भूगोल । हरेक चार वर्षमा फेरिएका राष्ट्रपती । एकै ब्यक्ति भएपनि हरेक फ्रान्सेली राष्ट्रपतीकालागि नयाँ लाग्ने चान्सलर । यि दुई देशबिच उतारचढाव त आउनेनै भयो । तर ति सबै भिन्नता हुँदाहुँदैपनि फ्रान्को-जर्मन जोडीको कार्यकाल वास्तुकला जसरि बलियो, खँदिलोसित स्थिर रह्यो । त्यो जगमा बनेको वास्तुकला अझै धेरै स्थिर रहने देखिन्छ ।

एन्जेलाका बारेमा लेखिएको अघिल्लो लेखपनि हेर्ने कि ?

मार्केला एन्जेल के साँच्चै नारीवादी हुन् ?

तपाइँको प्रतिक्रिया