शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए साउदीको अधिवेशन बदरको माग गर्दै परराष्ट्रमा उजुरी

नेपालप्लस संवाददाता / साउदी अरब२०७८ असोज ९ गते १७:५७

गैर आवाशिय नेपाली संघ (एनआरएनए) साउदी अरबको हालै सम्पन्न राष्ट्रिय अधिवेशन र त्यस पूर्व भएका क्षेत्रिय तथा राष्ट्रिय समितिका अधिवेशनमा विधान तथा नियमावली उल्लंघन गर्नुका साथै चरम धाँधली गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी परराष्ट्र मन्त्रालयमा उजुरि दिईएको छ ।

एनआरएनए साउदी अरबका पूर्व अध्यक्ष तथा आइसी सदस्य धरम केसीद्वारा उक्त उजुरि दिईएको हो । उनले ‘अवैध क्रियाकलाप बदर गरि विधानको परिपालनाकालागि नियमन गरिदिनुहुन’ भन्ने शिर्षकमा परराष्ट्र मन्त्रालयमा उजुरि हालेका हुन् ।

उनको उजुरि पत्रमा ‘गैर आवाशिय नेपाली संघ (एनआरएनए) साउदी अरबको हालै सम्पन्न राष्ट्रिय अधिवेशन र त्यस पूर्व भएका क्षेत्रिय तथा राष्ट्रिय समितिका अधिवेशनमा विधान तथा नियमावली र अन्तर्राष्ट्रिय पद्दती बमोजिम मतदाताहरुर्को पूर्ण र अन्तिम सूचि प्रकाशन नगरिकनै चरम धाँधली र मनोमानि गरिएकोआरोप लगाइएको छ ।

उजुरि पत्रमा त्यस्ता अवैध सांगठनिक गतिबिधि खारेज गरि तिनले अन्तर्राष्ट्रिय अधिवेशनकालागि छानेका प्रतिनिधिहरुको सूचीलाईसमेत बदर गरि सबै निकायहरुका सबै समितिहरुको बिधिबिधानसम्मत ढंगमा पुन : अधिवेशन गराउनकालागि नियमन गरिदिन अनुरोध गरिएको छ ।

उजुरि पत्रमा भनिएको छ ‘यदि कुनैपनि निकायको विधानत : मताधिकार प्राप्त सदस्यहरुको अन्तिम तथा पूर्ण मतदाता सूची सार्वजनिक (प्रकाशन) गरिएको भए सो झिकाई पुष्टि गर्नुहुन समेत गर्दछु ।’

तपाइँको प्रतिक्रिया