शनिबार, वैशाख ८, २०८१

राष्ट्रपतीको निजि डाटा चुहाएको घटनाले फ्रान्समा रडाको

नेपालप्लस संवाददाता२०७८ असोज ९ गते १८:५६

Image credit-wikimedia.org

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंको ब्यक्तिगत बिवरण (पर्नल डाटा) गोप्यरुपमा सार्वजनिक गरिदिएको घटनाले फ्रान्समा रडाको मच्चिएको छ ।

केहि दिन अघि राष्ट्रपती एमानुएल माख्रोंको जन्म मिति, स्वास्थ्य पासको रेकर्डसहितका निजि बिवरणहरु सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । त्यसले फ्रान्समा ठूलै रडाको मच्चाएको छ ।

राष्ट्रपतीका निजि बिवरणहरु निजात्मक भएकाले ति सार्वजनिक गर्न फ्रान्सको कानुनले बन्देज गरेको छ । तर सामाजिक सन्जालमा उनका निजि बिवरण सार्वजनिक भएपछि कसले र कसरि लिक गरिदियो भन्ने विषयमा ब्यापक खोजि भैरहेको थियो ।

हाल फ्रान्सेली अधिकारीहरुले ति निजि बिवरण सार्वजनिक गर्नेको पहिचान भैसकेको बताएका छन् ।

फ्रान्सेली अधिकारीहरूले स्वास्थ्यकर्मीहरुलाई खोपको स्थिति र राष्ट्रपति एमानुएल माख्रोंको व्यक्तिगत विवरण लीक भएको बुधवार आशंका गरेका थिए ।

उनको हेल्थ पासको विवरण, क्यु आर कोडसहित सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । त्यो कोडले खोप लगाएको वा कोभिडबाट बच्न ठिक अवस्थामा रहेको भन्ने प्रमाणको रूपमा कार्य गर्दछ । क्याफे, रेस्टुरा र सांस्कृतिक कार्यक्रममा पहुँचको लागि त्यो पास अनिवार्य मानिन्छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको स्वास्थ्य पासमा उनको पूरा नाम र जन्म मिति पनि देखाइएको छ । यसरि सार्वजनिक गर्न फ्रान्सको कानुनले बर्जित गरेको छ ।

यस महिनाको शुरुमा प्रधानमन्त्री जँ कास्टेक्सको स्वास्थ्य पासपनि सामाजिक सन्जालमा सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय स्वास्थ्य बीमा एजेन्सी (सीएनएएम) ले माख्रोंको विवरणमा उनीहरुको पहुँचको दुरुपयोग गर्ने स्वास्थ्य व्यवसायीहरुलाई पहिचान गरीएको जनाएको छ । उनीहरुलाई अब सम्भावित कारवाहिकालागि पर्यवेक्षण र नियमन गर्ने निकायमा पठाइनेछ ।

नाम नखुलाउन आग्रह गर्ने राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपीलाई स्वास्थ्य पासको प्रामाणिकताको पुष्टि गर्दै भनेका ‘स्वास्थ्य व्यवसायीहरुले राष्ट्रपतिको भ्याक्सिन फाइल मागेका थिए । पासका बारेमा सल्लाह लिएका थिए । तिनलेनै लापरवाही वा दुराचारको भावनाले डाटा प्रसारण गरेका हुन् ।’

सबै स्वास्थ्य व्यवसायीहरुलाई खोप अभियानको क्रममा स्थापित गरिएका केन्द्रीकृत कम्प्यूटर प्रणालीमा पहुँच भएकोपनि ति अधिकारीले एएफपीलाई बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक