मंगलबार, वैशाख ४, २०८१

राष्ट्र मृत्युको मुखमा जाँदै गरेको संकेत

निल थापा / कोपेनहेगन, डेनमार्क २०७८ असोज १० गते १५:०९

महाभारतको एक अध्यायमा कालका मालिक यमले यक्षको रुपमा युधिष्ठिरलाई धेरै प्रश्न गर्छन् । युधिष्ठिर जवाफ दिई राख्छन् ।
सवाल जवाफ गर्दै गर्दा यक्ष युधिष्ठिरलाई प्रश्न गर्छन् ‘राष्ट्रको मृत्युको कारण के हो ?’
धर्मराज युधिष्ठर उत्तर दिन्छन् – अराजकता
यक्ष पुन प्रश्न गर्छन् ।
सुखि को छन् ?
युधिष्ठिर उत्तर दिन्छन् ‘जो ऋणी छैनन् ।’
युधिष्ठिरको दुईटै उत्तरसँग मिल्दोजिल्दो अवस्थामा हाम्रो राष्ट्र उभिन पुगेको छ।
आज हाम्रो राष्ट्र नत अराजकताबाट मुक्त छ । नत राष्ट्र र जनता ऋणमुक्त छन् । यसले राष्ट्र मृत्युको मुखमा जाँदैछ भन्ने संकेत देखाएको छ ।

नेपालमा राजनीतिक दल र तिनका नेताहरु पालैपालो सत्तारोहण गरीरहेका छन् । सत्तामा हालीमुहाली गर्न पाएनन् भने आफ्ना समर्थकहरुलाई सडकमा उतारिरहेका छन् । सत्तादेखि सत्तासम्मको राजनीतिक यात्रा मात्र नेताहरुले तय गरिरहँदा जनताहरुको समस्या र दु:ख ज्युँका त्युँ छ भने राष्ट्र क्रमश असफल बन्दै गएको छ ।

लोकतन्त्र भनेको जनताको शासन हो । जनताको अधिकार स्थापित गर्न नै लोकतन्त्रको आवाश्यकता ठानिएको हो । जनताले आफ्नो मतद्वरा पठाएका राजनीतिक दलका प्रतिनिधिहरु मात्र जनताका सेवक हुने व्यवस्थालाई नै लोकतन्त्र भनिएको होक्। तर यहाँ जनतालाई शक्तिको स्रोत र राजनीतिक दलहरूलाई फगत तिनका प्रतिनिधिका रुपमा मात्र बुझियो ।

२००७ सालको राजनीतिक परिवर्तन, २०४६ सालको जन आन्दोलन अनि २०६२६३ को जन आन्दोलनको लामो उतारचढाव पछि जनताको शासनको रुपमा प्रजातन्त्र तथा लोकतन्त्र आयो ।

हाम्रा देशका विद्वान, बुद्धिजीवी भने आफ्नो स्वार्थ पुरा गर्न, राजनीतिक खोल ओडेर डुंगा प्वाल परेको छ भने अब यसबाट पानी निकाल्न अरु पाँचवटा प्वाल पार्नुपर्छ भन्ने सल्लाह दिने खालका छन् । यस्ता दलिय खोल ‍ओडेका विद्वान, बुद्धिजीवी रहेसम्म राष्ट्रले काँचुली फेर्न सक्तैन ।

‘अब जनताको दुखका दिन गए । अब जनताको घरमा खुसियाली बाहेक केही हुने छैन’ भन्ने जस्ता नारा त सडकमा राजनीतिक दलका कार्कर्ताहरुले हरेक पटक घन्काएका थिए । तर नेताहरुले एक कदम अगाडि बढेर नेपाली जनतालाई प्रजातन्त्र बाट सोच्दै नसोचेको संघिय लोकतान्त्रिक गणतन्त्र दिए ।

राष्ट्रको लामो केन्द्रित शासन प्रणालीबाट देश संघियतामा गयो । केन्द्रबाट राजनीति सातवटा प्रदेशको तहमा पुग्यो । सरकारका साथै जनताको नजिकैको सरकारको नाममा विभिन्न स्थानीय तहहरु खडा भए । बजेट केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्म भागबन्डा गरि पठाउने काम भयो ।

घरघरमा सिंहदरबारको नारा दिई केन्द्रिय राजनीतिलाई स्थानीय तहसम्म पुर्याईयो । संयौको सख्यामा सरकारको नाममा तहहरु बने । जनताले रैती नभएर मालिक बन्ने दिन आए । जनताले आफ्नै गाउँ ठाउँमा श्रम अनुसार सम्मानिय काम पाउने छन् । नेता ,प्रशासक, सर्वसाधारणमा कुनै भेदभाव हुने छैन भन्ने विश्वास जनतामा अपार थियो ।

तर आन्दोलन र राजनीतिक नारामा जे जति भनिए पनि पूरा हुने काम त परै जाहोस् बितेका ३० वर्षमा केही राम्रो हुने सुरवाती संकेत सम्म देखाएनन् । उल्टो जे भनेका थिएनन् ती सबै हुँदै गए । भ्रष्टाचार हिजो भन्दा अत्यासलाग्दोगरी उकालो लाग्यो । परिवर्तन त भयो तर जनताको जीवनस्तरमा नभई सत्तासिन राजनीतिक दलका प्रधानमन्त्री, मन्त्री, नेता र तिनका आफन्त, नातागोता र नजिकका कार्यकर्ताको ।

जीवन आकासियो त केवल उच्च प्रशासक, उच्च अधिकारी, उच्च नेताहरुको । अनि राजनीतिको नाममा फाईदा लिने विचौलिया, दलाली र गुन्डागर्दी गर्नेहरुको ।

नेताको विशेषता भनेकै नसुध्रने जात हो, अब सुध्रने क्षमता जनताले राख्नुपर्छ ।

भ्रष्टाचार मौलायो भन्दै यसलाई नियन्त्रणमा ल्याउन भनेर स्थापित गरेको संस्थाहरु नै भ्रष्टाचारको अखडा सावित हुन पुगे । राजनीति भित्र नभई शिक्षा, स्वास्थ्य, प्रहरि, प्रशासन, न्यायालय जस्तो जनताको सेवामा समर्पित संस्थाहरुमा समेत विचौलियाहरु हावी हुँदै गए । यी सवै संस्थाहरूलाई सत्तासीन राजनीतिक दलका नेताहरूले आ-आफ्नो मान्छेको भर्ती केन्द्रको रुपमा स्थापित गरे ।

आज जनताको जीवनस्तर दिनानुदिन दयनीय हुँदै गएको छ । हिजो परिवर्तनको लागि जंगलदेखि सडकसम्म नारा बोकेर लडेका युवाहरु युरोप-अमेरिका, खाडीमुलुक र भारतमा पसिना र आँसु सँगसँगै बगाईरहेका छन् । तर राजनीतिक दलका नेताहरु भने प्रधानमन्त्री र मन्त्रीको नाममा सिहंदरबार छिर्ने र निस्कने काम पालैपालो गरिरहेका छन् । सिहंदरबारको मंन्त्रालयभित्र फोटो फेर्ने काम भन्दा अरु ठूलो परिवर्तन गर्न सकेनन् । साथै एक आपसमा तँ भन्दा म ठिक भन्दै एक अर्कामा हिलो छ्याप्ने काम मात्र गरिरहे।

नेताहरुले लोकतन्त्र गणतन्त्रको गड्डी हाँक्ने तर फुटेर,जुटेर, कुटेर, भुटेर, ढाटेर छलेर जसरी हुन्छ पदमा पुग्ने र पदलाई दुरुपयोग गरेर कमाउने ध्यान बाहेक अरु गर्न सकेनन् ।

मेहनत नगरी, काम नगरी नत ठूलो मान्छे भईन्छ नत राष्ट्रलाई समृद बनाउन सकिन्छ। पेसागत निष्ठा, ईमान्दारीता, सृजनशिलता, पारदर्शिता,तथा जवाफदेही हुनु पर्नेमा । नेतादेखि कार्यकर्ता सबै जसरी हुन्छ सफलताको नाममा छोटो गोरेटो दौड्दै सम्पति मात्र थुर्पाने काम गरिरहेका छन् ।

हिजो २०४६ सालसम्म दुईछाक टार्न मुस्किल हुने हजारौं नेताले तीस वर्षमा करौडौंको सम्पति जोड्न भ्याए । अमेरिकाका १६ औं रा्ष्ट्रपति अब्राहम लिंकनले भनेका थिए- प्रजातन्त्रमा कोही पनि मालिक र दास हुँदैनन् सबै बराबर हुन्छन् । तर बिडम्बना ! नेपालमा प्रजातन्त्र प्राप्तपछि नेताहरु मालिक भईरहे भने जनताहरु दास जस्तै भएर जीवन बिताईरहेका छन् ।

मुल्यको राजनीति गर्ने सबै राजनीतिक दल र नेताहरुमा नेैतिकता बहुमुल्य हुनुपर्छ । राजनीतिमा हरेक राष्ट्रले मुल्यांकन गर्ने भनेको नैतिकता हो । त्यही नै राजनीति दल तथा तिनका नेतामा रहेन भने के नै बाँकि हुन्छ र ?

नैतिकता विनाको राजनीतिक दल,तिनका नेता अथवा नेतृत्वले राष्ट्रलाई अघि बढाउन सक्दैनन् । राजनीतिमा नैतिकता छाडेपछि राजनीति नै रहन्न । नेपाल राष्ट्रमा आज नैतिकवान दल, नेता तथा नेतृत्वको खडेरी नै परेको छ।

परिवर्तन त भयो तर जनताको जीवनस्तरमा नभई सत्तासिन राजनीतिक दलका प्रधानमन्त्री, मन्त्री, नेता र तिनका आफन्त, नातागोता र नजिकका कार्यकर्ताको । जीवन आकासियो त केवल उच्च प्रशासक, उच्च अधिकारी, उच्च नेताहरुको ।  राजनीतिको नाममा फाईदा लिने विचौलिया, दलाली र गुन्डागर्दी गर्नेहरुको ।

२०४६ साल पछिको राजनीतिक परिवर्तनलाई आधार मानेर हेर्दा पनि बिगत तीन दशकमा नेपालमा समाजवादी, राजावादी, माओवादी, सामन्तवादी, पुँजीवादी, लोकतन्त्रवादी, गणतन्त्रवादीहरु देखापरे । जे जति वादीहरु देखिए पनि सबैभन्दा बढी फाईदा लिने र नेपाल राष्ट्रलाई खोक्रो बनाउने काम भने यीनै वादीहरु भित्रका अवसरवादीहरुले गरे ।

युवाहरुमा राष्ट्र बनाउने सपना हुन्छ । आफ्नो भविष्य सुरक्षित गर्ने ईच्छा हुन्छ । सुन्दर भविष्यको मीठो कल्पना हुन्छ । गाऊ समाज अनि राष्ट्र कता जाँदैछ । मलाई कसले कतातिर डोर्याउदै छ भन्ने कुरा स्वंय युवाले बुझ्न सक्नु पर्छ । म कसैको अनुगामी, अनुयायी वा राजनीति दलका कुनै नेताको भक्त नभई सहि र गलत छुट्याउन सक्ने अनि आफ्नो क्षमता अनुसारको बाटो कोर्दैछु भन्ने कुराको हेक्का राख्नु पर्दछ ।

आफूलाइ युवा ठान्ने तर सहि र गलत छुट्याउन नसक्ने । पार्टीको अन्धभक्त झोले कार्यकर्ता भएर घाँस खाने बुद्दिले सरकारी संरचना भत्काउने र सडकमा तोडफोड गरेर आफ्नो पुस्ताको भाग्य फुटाउने युवा भन्दा विदेशी राष्ट्रमा श्रम वेचेर राष्ट्रको लागि रेमिटान्स पठाउने युवाको भुमिका क्रमिक रुपले महत्वपूर्ण देखिन थालेको छ आजकाल ।

विश्व जगतमा हेर्दा हाम्रो राष्ट्रको शिर सगरमाथा सर्वोच्च छ । तर हाम्रो राष्ट्र र राष्ट्रिय एकता विश्वको तुलनामा सार्है निचो हुँदै गएको छ ।

नयाँ नेपालको नाममा हाम्रो राष्ट्रको धर्म, संस्कृति, संस्कार, ईतिहास अनि राष्ट्रिय एकता क्रमश भत्काइँदै छ । औपचारिक रुपमा कहिल्यै कसैको दास नभए पनि ब्यवहारिक रुपमा संधै दासत्व स्वीकार गर्ने स्थितिमा पुगिसकेको छ हाम्रो राष्ट्र ।

भ्रष्टाचार मौलायो भन्दै यसलाई नियन्त्रणमा ल्याउन भनेर स्थापित गरेको संस्थाहरु नै भ्रष्टाचारको अखडा सावित हुन पुगे । राजनीति भित्र नभई शिक्षा, स्वास्थ्य, प्रहरि, प्रशासन, न्यायालय जस्तो जनताको सेवामा समर्पित संस्थाहरुमा समेत विचौलियाहरु हावी हुँदै गए ।

मुगल सम्राट् अकबरलाई पानमा ज्यादा चुना चाहिने रहेछ । राजाको लागि पान लिन जाने नोकरलाई बीरबलले सल्लाह दिएछन । राजालाई बिन्ती गर्नु । पान खाईसकेपछि घ्युले मुख कुल्ला गर्नु । अनि घिउनै पिउनु भनेर । घिउले गर्दा जिब्रो सुरक्षित रहन्छ । नत्र चुनाले जिब्रो खराब गर्छ । यहि कुरा नोकरले दरबारमा लगेर सुनाए छ । दरबार बाहिर पान बेच्ने बीरबल (महेश दास) पछि गएर अपार ज्ञान र वौद्दिकतालाई प्रयोग गर्दै सल्लाहकार भएर अकबरको शक्तिशाली मन्त्री भए ।

भनिन्छ, विद्वान सर्वत्र पुजिन्छ । तर हाम्रा देशका विद्वान, बुद्धिजीवी भने आफ्नो स्वार्थ पुरा गर्न, राजनीतिक खोल ओडेर डुंगा प्वाल परेको छ भने अब यसबाट पानी निकाल्न अरु पाँचवटा प्वाल पार्नुपर्छ भन्ने सल्लाह दिने खालका छन् । यस्ता दलिय खोल ‍ओडेका विद्वान, बुद्धिजीवी रहेसम्म राष्ट्रले काँचुली फेर्न सक्तैन ।

यदि जताततै समस्यै-समस्या छन् भने परिवर्तनका लागि जताततै अवसर पनि छ । राष्ट्रलाई माथि उठाउन नेता वा कार्यकर्ता मात्र नभई अब जनताले पनि रुपान्तरणको लागि प्रयत्न गर्नुपर्छ ।

नेपाली कांग्रेस पार्टी नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीले भनेझैं- नेताको विशेषता भनेकै नसुध्रने जात हो, अब सुध्रने क्षमता जनताले राख्नुपर्छ ।

हो राजनितिक आस्था,विश्वास ,विचार आआफ्नो होला । तर अब सबै सचेत नागरिक, वौद्दिक वर्ग, पुलिस, प्रशासन, न्यायालय, कलाकर्मी, पेसाकर्मी, ब्यबसायी, लेखक, पत्रकार, रंगकर्मी, शिक्षक, प्राध्यापक, विधार्थी, आदिवासी, जनजाति, मधेसी, पहाडी,बाहुन, क्षत्रि, थारु, पुरुष, महिला, दलित तथा देश तथा विदेशमा रहने युवा लगायत विभिन्न समुहले “हामी नेपाली हाम्रो नेपाल” भन्ने मान्यता राख्ने हो र कुन राजनीतिक दलले कुन धर्म वा जातलाई महत्व दिन्छ । कुन वर्ग, क्षेत्र वा पेशालाई महत्व दिन्छ भन्ने कुरालाई अस्विकार गरि राष्ट्रको हित, नयाँ पुस्ताको भविष्य, ईतिहाँसको रक्षाको लागी, राष्ट्र र राष्ट्रियता जोगाउन जनताको खुसि भन्दा ठूलो केही छैन भन्ने ठानी आ-आफ्नो ठाउँमा ईमान्दारपूर्वक, जिम्मेवारीपूर्वक सबैले आफ्न‍ो काम जनता प्रति समर्पित भई पारदर्शि तरिकाले गर्ने हो भने राष्ट्रलाई मृत्युुको मुखबाट अवश्य बचाउन सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक