शनिबार, वैशाख ८, २०८१

आइसल्याण्डले रच्यो ईतिहास, संसदमा महिला बहुमत निर्वाचित

नेपालप्लस संवाददाता२०७८ असोज १० गते १९:३१

फोटो- एएफपी

आइसल्याण्डले युरोपको पहिलो महिला बहुमतको संसद चुनेको छ । संसदमा भएका ६३ सिट मध्ये महुइलाले ३३ सिट जितेका छन् । आज आइतबार संसदमा पुरुषको तुलनामा महिलाहरु बढी हुने युरोपको पहिलो देश बनेको छ आइसल्याण्ड ।

आम चुनावको एक दिन पछि स्पष्ट बहुमत हासिल गरेपनि वामपन्थी गठबन्धनको भविष्य भने शंकाको घेरामा परेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

अल्थिङ संसदमा भएका ६३ सीटहरु मध्ये ३३ मा महिलाहरु बिजयी भएर महिला संख्य बहुमत हुन गएको हो । अर्थात् महिला संसदमा ५२ प्रतिशतले बिजयी भएका छन् । आज देखिएको अन्तिम परिणामको नतिजाले त्यहि देखाएको हो ।

विश्व बैंकद्वारा संकलित डाटा अनुसार अन्य कुनैपनि युरोपेली देशमा ५० प्रतिशत भन्दा बढि महिला सांसदहरु यस अघि बिजयी भएका छैनन् । सबैभन्दा धेरै भनिएको स्वीडेनमा ४७ प्रतिशतको नजिक रहेको छ ।

अन्तर संसदीय युनियन (इनटर पार्लियामेन्टरी युनियन) का अनुसार विश्वका पाँच अन्य देशको संसदमा महिलाहरुले कम्तिमा ५० प्रतिशत सांसद ओगटेका छन् । ति पाँच देशहरु रुवाण्डा (६१ प्रतिशत), क्युबा (५३ प्रतिशत), निकारागुआ (५१ प्रतिशत), मेक्सिको र संयुक्त अरब इमिरेट्स (५० प्रतिशत) छन् ।

केहि अन्य देशहरुको विपरीत आइसल्याण्डको संसदमा महिला प्रतिनिधित्वमा कानूनी कोटाको ब्यवस्था छैन । यद्यपि केहि दलहरुलाई उम्मेदवारहरुको न्यूनतम संख्या हुनैपर्ने बाध्यकारि ब्यवस्था गरिएको छ ।

नोर्डिक देश (नर्वे, डेनमर्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्ड) लामो समयदेखि लैंगिक समानता र महिला अधिकारमा अग्रणी मानिएका छन् । विश्व आर्थिक फोरम (वर्ल्ड इकोनोमिक फोरम) को विगत १२ वर्षको ईतिहास हेर्दा यि देशहरु समानतावादी देशहरुको सूचीमा शीर्ष स्थानमा छन् ।

आइसल्याण्ड सन् १९८० मा महिलालाई राष्ट्रपति चयन गर्ने पहिलो देश बनेको थियो ।

“म ८५ वर्षकी भएँ । मैले आफ्नो सम्पूर्ण जिन्दगी महिलाहरुको बहुमतका पक्षमा पर्खिरहेकि थिएँ । आज म साँच्चै खुसी छु” आइसल्याण्डको रेज्जाविक निवासी एर्डनाले एएफपीलाई भनिन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक