शुक्रबार, चैत १६, २०८०

बेलायतमा कामदारको अभावले ईन्धन र खाध्य वस्तुको संकट : १०,५०० अस्थायि भिसा जारि गरिने

नेपालप्लस संवाददाता / बेलायत२०७८ असोज १० गते २०:०३

बेलायतमा कामदारहरुको अभावले उत्पन इन्धन आपूर्ति र खाद्य सामाग्रिको संकट टार्न करिब १० हजार पाँचसय ब्यक्तिलाई अस्थायि भिसा दिईने भएको छ । कामदारहरुको अभावलाई कम गर्न बेलायतले अस्थायि भिसा दिएर कामदार भित्र्याउने निति अगाडि सारेको हो ।

बेलायतले खासगरि लरी चालक र कुखुरा फर्ममा काम गर्ने, ओसारपसार गर्ने, खेतिमा काम गर्ने कामदारहरुलाई अस्थायि भिसा दिएर मजदूरको संकट पुरा गर्न लागेको हो ।

बेलायतमा लरी, ट्रक लगायत अन्य खाध्य वस्तु ओसारपसार गर्ने चालकहरुको अभाव, कृषी मजदूरको अभावका कारण फलफूल र सागसब्जीको भाउ अचाक्ली बढेको छ । पेट्रोल ओसार्ने लरी चालकको अभावले बेलायतका थुप्रै पेट्रोल पम्पहरु बन्द हुँदा त्यहाँ समस्या परेको छ ।

त्यसैले बेलायती सरकारले कामदारको अभावलाई कम गर्न १०,५०० सम्म अस्थायी कामदार भिसा जारी गर्न लागेको हो । सरकारले ब्रेक्जिट पछि आप्रवासन नीतिमा कडाई गरेको थियो । त्यसले गर्दा कामदारको अभाव हुनाले अहिले आफ्नै नितिमा बेलायती सरकार यू-टर्न हुन अर्थात् आप्रवाशीकालागि कामदार भिसाको ब्यवस्था गर्न बाध्य भएको हो ।

कामदारहरुक्जो अभावले बेलायतमा खासगरि ईन्धन आपूर्तिमा ठूलो समस्या देखा परेको छ । त्यसैगरि अन्य सामानहरुको अभाव परेको छ । त्यसैले बेलायतले छोटो अवधिको भिसा अर्को महिना देखि जारि गर्ने छ जुन डिसेम्बरको अन्त्यसम्म लागू हुनेछ ।

ट्यांकर चालकको अभावका कारण हाल पेट्रोल स्टेसनहरुमा ठूलो लाम लागेको छ । पेट्रोल ओसारपसार गर्ने कर्मचारीको अभावले गर्दा केही पेट्रोल पम्प बन्द भएपछि मानिसहरु पेट्रोल अभाव लामोसमयसम्म रहने त्रासले सिमित पेट्रोल पम्पमा भिड लागेका छन् । सरकारले लामो समयसम्मको अभाव नभएको भन्दै सचेत पारेपनि मानिसहरुले शंका गरिरहेका छन् र सिमित पेट्रोल पम्पमा भिड लागेको छ ।

महत्वपूर्ण श्रमिक भिसा योजना विस्तार गर्ने निर्णय प्रधानमन्त्री बोरिस जोन्सनले गरेका हुन् । यस अघि आप्रवाशी, कामदारलाई दीने भिसा प्रणालीलाई कडा पारिएकोमा हाल प्रधानमन्त्री जोन्सनलेनै उल्ट्याएका हुन् । सरकारले ब्रेक्जिटपछिको आप्रवासन नियमलाई कडा बनाएको थियो जसले बेलायतको वैदेशिक श्रममा निर्भरता अन्त्य हुनुपर्नेमा जोड दिएको थियो ।

बेलायतमा १० हजार भारी मालवाहक सवारी साधन चालकहरुको अनुमानित अभाव भएको छ । आपूर्ति छिटो हुनुपर्ने भन्दै विभिन्न क्षेत्रहरुबाट महत्वपूर्ण सामानहरुको अभाव हुनसक्ने चेतावनी दिईेएको छ । यस्तो अवस्था आउनसक्ने भन्दै महिनौं अघिदेखि चेतावनी दिएपनि सरकारले बेवास्ता गरेको आरोप प्रतिपक्षी, सरकारका आलोचकहरुको छ ।

बेलायत मन्त्रालयका सचिव ग्रान्ट श्याप्सले चाँडो भन्दा चाँडो यो समस्या अन्त्य गर्न कदम चालेको सार्वजनिक रुपमा बताएका छन् । उनले क्रिसमसपूर्व स्थिति सामान्य अवस्थामा फर्किने आस्वाशन दिएका छन् ।

उद्योगहरुलाई पनि कामको स्थितिमा सुधार गर्न भनिएको छ जसले गर्दा कमादारहरु आकर्षत होउन् । “कम्पनीहरुलेपनि तलब र सुविधा बढाउनु पर्छ जसले गर्दा नयाँ चालकहरुलाई आकर्षित गर्न सकियोस् । बेला बेला त्यो तलब र सुविधा बढाइरहनुपर्छ” यातायात सचिवले भनेका छन् ।

तर यातायात सचिवको घोषणालाई ब्यवशायीहरुले आलोचना गरेका छन् । “यो घोषणा दनदनी आगो बलिरहेको मुस्लोमा एक थोपा पानी छर्किनु बराबर हो” ब्रिटिश चेम्बर्स अफ कमर्सका अध्यक्ष रुबी म्याकग्रेगर-स्मिथले भनेकि छन् ।

सरकारले भनेको योजनाले प्रभाव पार्न समय लाग्नेछ । नयाँ भिसा दिईने संख्या अपर्याप्त छ । जुन स्तरको समस्या छ त्यो स्तरलाई सम्बोधन गर्न सरकारी योजना पर्याप्त छैन” उनले थपिन् ।

केहि ठाउँमा चालक नभएपछि सेनाका चालकहरु परिचालन गरेर पेट्रोल ओसारपसार गरिएको छ ।

ब्यवशायीहरुले बेलायतमा घरेलु अवस्थामा नयाँ चालकहरु तयार पार्नुपर्ने बताएका छन् । चालकहरु विस्तारमा छिटो केन्द्रित हुनुपर्ने, रक्षा मन्त्रालयद्वारानै ड्राइभिंग परीक्षकहरु तैनाथ गरेर अर्को १२ हप्ताहरुमा हजारौं अतिरिक्त परीक्षण प्रदान गर्न मद्दत गर्ने सरकारी भनाई छ ।

यसैबिच बेलायतको शिक्षा मन्त्रालय र साझेदार एजेन्सीहरु मिलेर लाखौं पाउण्ड खर्च गरी चार हजार ब्यक्तिलाई ट्रक, लहरी र अन्य गह्रुंगा मालवाहक सवारी साधन चलाउने तालिम दिने भएका छन् । ‘स्किल बुटक्याम्प’ को नाममा उनीहरुले चालक तालिम तिब्रताका साथ दिएर पेशागत चालक तयार पार्न अलगेका हुन् ।

सरकारले हाल रहेका करिब एक लाख गहुंगा गाडी चालकहरुलाई पत्र लेखेर पठाउँदै आग्रह गर्ने छ “यदि तपाईहरु मध्ये कोहि लाईसेन्स भएरपनि काम नगरि बस्नु भएको छ भने क्रिपया काममा फर्कनुहोला ।’

बेलायती प्रधानमन्त्री जोनसनमाथि कोरोना महामारीको ब्यवस्थापन र आलोचना खेप्ने समस्या त छँदै छ, ब्रेक्जिटले ढुवानीको अभावलाई उत्कर्षमा पुर्‍याएपछि उनमाथि बढ्दो दबाब र आलोचना भैरहेको छ । उनले गरेको उर्जाको मूल्य बढाउने लगायत अन्य संकटहरु उत्पन्न भएपछि जोन्सन थप दबाबमा छन् ।

समयमै इन्धन आपूर्ति नहुनु र लरी चालकहरुको अभावले ब्रिटिश कारखाना, रेस्टुरेन्ट र सुपरमार्केटहरुमा केहि हप्तादेखि असर पारेको छ ।

सुपरमार्केटहरुले अहिलेदेखिनै क्रिसमसकालागि खाद्य संकट पर्नसक्ने चेतावनी दिईसकेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक