मंगलबार, वैशाख ११, २०८१

मैकामा चौका हान्दै निगम महाप्रबन्धक र निर्देशक

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज ११ गते ९:२३

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल

राजनीति र भ्रष्टाचारबाट थिलथिलो भई जिर्ण भईसकेको नेपाल वायुसेवा निगममा कार्यरत ट्रेड युनियनले आन्दोलन गरेको पनि अहिले लगभग ९० दिन पार गरिसक्यो । तर यत्रो लामो आन्दोलन गरि संघर्ष गरिरहेको ट्रेड युनियन तथा कर्मचारीको आन्दोलन निगमबाट मुस्किलले ५०० मिटरको दूरीमा अवस्थित सिंहदरवारमा रहेको मन्त्रालयले देखेको छ न त सरकारलेनै वास्ता गरेको छ । तालुकदार मन्त्रालयको अभिभावक मन्त्री बिहिन रहेकोले सरकारले महाप्रबन्धक डीम प्रसाद पौडेलको सम्बन्धमा तत्काल निर्णय हुन नसकेको बताउँछन गठबन्धन सरकारका एक मन्त्रीका नीजि सचिब ।

उनले बताए अनुसार महाप्रबन्धक डीम प्रसाद पौडेललाई हटाउन सहयोगका लागि निगमका ट्रेड युनियन प्रतिनिधिले आफ्नो मन्त्रीलाई बारम्बार भेटेर सबिस्तार लगाईसकेको र मन्त्रीज्यूले पनि सो कुरा पार्टीमा समेत छलफल चलाईसक्नु भएकोले एमालेको पर्यटन बिभागका सदस्य रहेका राजनीतिक क्याडर डीम प्रसाद पौडेललाई यो सरकारले राखीराख्ने त सोच्न पनि नसकिने बरु खाशमा सरकारले उनी आफैले राजीनामा दिएर गए बेश नत्र निकाल्नुको बिकल्प नरहेको सम्बन्धमा अन्तर पार्टीमा समेत छलफल भईसकेको कुरा गठबन्धन सरकारका उनै नीजि सचिबले बताएका छन ।

यी सबै कुराको भान महाप्रबन्धक डीम प्रसादले नबुझने त कुरै भएन । त्यहि भएर महाप्रबन्धक नेपालीमा प्रचलित उखान ‘मौकामा चौका हान्नु’ भन्ने जस्तै जति सकिन्छ त्यति निगम लुटन लागिपरेका छन । पशुपति प्रसादको चर्चित ‘लुटन सके लुट’ गीतकै शैलिमा लुटन उनले असल सारथी बनाएका छन निगमकै निर्देशक जनक कालाखेती र अर्का उपनिर्देशक रमेश पौडेललाई ।

जनक कालाखेति खाशमा निगममा लेखा समूहका कर्मचारी हुन । लेखा समुहमा कार्य गर्न निगमले चार जना सिए नियुक्त गरेको छ र उनीहरुको त्यहि बिज्ञतालाई हेरेर आम कर्मचारी भन्दा दोब्बर तलब भत्ता प्रदान गर्ने गरेको छ । निगमले कुनै पनि सार्वजनिक संस्थामा नरहेको जीकीर गर्दछन आन्दोलनरत एक कर्मचारी । यसरि निगमबाट दोब्बर तलब भत्ता लिई लेखामा काम गर्न संस्थाले लिएको सिए जनक कालाखेतीले स्थायी नियुक्ति लिएदेखि आजसम्म लेखामा काम गरेका छैनन । बिभिन्न शक्ति केन्द्र र महाप्रबन्धकको चाकडी गरेर सधै नियम विपरित बााणिज्य बिभाग सम्हालिरहेका उनले बाणिज्य बिभाग सम्हाल्नुको प्रमख कारण भने अरु केहि नभएर महाप्रबन्धक र उनी मिलि भ्रष्टाचार गर्नुनै एक ध्येय रहेको बताईन्छ ।

निगमका आम कर्मचारी आन्दोलनरत रहेकै बेलामा नियम बिपरित उनै कालाखेतिको सिफारिसमा डीम प्रसाद पौडेलले मन्त्रालयका सहसचिब तथा सञ्चालक समितिका सदस्य बुद्धि सागर लामिछाने सँगको मिलिभगतमा भारत र दुबईको जिएसए (जेनरल सेल्स एजेण्ट) मिलि करोडौ भ्रष्टाचार गरेको खुल्न आएको कुरा ट्रेड युनियनका एक प्रतिनिधिले हाम्रा सम्वाददातालाई जानकारी गराएका छन जुन कुराको बिरोध उनीहरुले आफ्नै ट्रेड युनियनको बिज्ञप्ति मार्फत पनि उजागर गरेको बताउँछन । ट्रेड युनियनका तीनै प्रतिनिधिका अनुसार अहिलेको आन्दोलन समाप्त भएपश्चात जिएसएको अनियमितता बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबिस्तार उजुरी गर्ने समेत नेपालप्लसलाई बताएका छन् ।

अहिलेको आन्दोलन दबाउन आवश्यक आर्थिक पाटो परिपूर्ति गर्न तथा मन्त्रालयका बिभिन्न पदाधिकारीलाई बिभिन्न ग्याजेट दिई खुशि तुल्याउन डीम प्रसादले जिएसए पछि अर्को बाटो पहिल्याएका छन । महाप्रबन्धक डीम प्रसाद पौडेल, निर्देशक जनक कालाखेती र उप निर्देशक रमेश पौडेल मिलेर भ्रष्टाचारको अर्को जुक्ति निकालेका कुरा बाहिर आएको छ ।

बाणिज्य बिभागकै बिश्वासिलो श्रोतका अनुसार अहिले दुबई उडानमा यात्रुलाई एयरपोर्टमा गरिने आरडिटि पिसिआर परिक्षण कुनै एक मात्र अमुक संस्था क्रिस्टल डाएगोनोस्टिकलाई दिएर दैनिक हजारौं रकम असुल्ने गरेको कुरा ती ट्रेड युनियनका पदाधिकारी बताउँछन । नाम उल्लेख नगर्ने शर्तमा ती युनियनका पदाधिकारीले बताए अनुसार यसरि एउटा संस्थालाई मात्र एयरपोर्टमा आरडिटि पीसीआर  गर्न दिएर रकम असुल्ने कार्यको नेतृत्व गरेका छन महाप्रबन्धकका बिश्वासिलो पात्र उनै उप निर्देशक रमेश पौडेलले । रमेश पौडेललाई कार्यलय भित्र आरडीटि गर्न स्थान उपलब्ध गराएर अमूर्तरुपमा सहयोग गरेको पाईएको छ, एयरपोर्टका उप निर्देशक र चिफ म्यानेजरले ।

नियम अनुसार यसरि आरडीटिका लागि स्वाब संकलत गर्दा एयरपोर्टका अन्य कर्मचारीलाई कोरोना सर्ने संभावना रहन्छ भने यसरि प्राइभेट कम्पनीका लागि अफिस भित्र स्थान मिलाउने कार्य आफै गैरकानूनी रहेको छ । महाप्रबन्धकसँग नजिकको सम्बन्ध राख्ने रमेश पौडेलले कालाखेती र महाप्रबन्धकसम्म त्यसरि उठेको लाखौं रकम बाँडफाँड गर्ने प्रबन्ध उनकै रहेको बताउँछन । युनियनका तीनै प्रतिनिधिका अनुसार महाप्रबन्धक डीम प्रसाद, निर्देशक जनक कालाखेती र रमेश पौडेलको बिगत एक वर्षको मात्र कमाई सम्पति छानबिन गर्ने हो भने सबै सत्य तथ्य बाहिर आउने बताउँछन उनी । उनी थप्छन ‘शुरुवाती दिनमा दुबई उडानको आरडिटि पिसिआर परिक्षण गर्नका लागि क्रिस्टल डाएगोनोस्टिकलाइ दिएपनि अझसम्म अन्य कुनैपनि संस्था थप नगरि बरु त्यहि संस्थालाई पोस्ने गरि उडान संख्या थप गरि अझसम्म क्रिस्टललाई मात्र अनुमति दिनाका कारण के ? के सरकारी संस्थाले एक अमूक संस्थालाई मात्र आरडीटि परिक्षण गर्न दिएर भ्रष्टाचार गर्न मिल्छ ? आन्तरिकका उप निर्देशक रमेश पौडेललाई असम्बन्धित क्षेत्र आरडीटिको लागि संयोजनकारीभूमिका दिनाका कारण के ?’

माथिका यस्ता अनुत्तरित प्रश्नको उत्तर खोज्ने बित्तिकै सबै अहिले आरडीटिको नाममा भएको भष्टाचारको खुलासा हुने कुरा बताउँछन युनियनका उनै प्रतिनिधि । यति मात्र कहाँ हो र आफ्नो कार्यकाल सकिएको एक वर्ष भईसक्दा पनि सरुवा नभई दुबई बसिरहेका महाप्रबन्धकका प्रिय स्याङजाली दुबई कन्ट्री म्यानेजरलाई समेत क्रिस्टल डाएगोनोस्टिकको बाहेक अरुको आरडीटी मान्य नहुने पाठ पढाएका छन् उनै जनक कालाखेती र रमेश पौडेलले ! यसो भनिदिएबापत ती कन्ट्री म्यानेजर टिका पंगेनीलाई अझै दुबईमा राखिराख्ने भनेर प्रतिबद्धता निर्देशकले मौखिक गरेको पाईएको छ । नेपाल एयरलाईन्ससँगै दुबई उडान गर्ने दुबई सरकारको बिमान फलाई दुबईले अन्य सेन्टरका आरडीटी मान्य हुने तर निगमका जहाजमा नहुनालेनै क्रिस्टलका नाममा राम्रै भ्रष्टाचार भएको बताउँछन उनी ।

यसरि लाखौं भ्रष्टाचार र अनियमितता हुँदा पनि मौनता साँधेर बस्ने पर्यटन मन्त्रालयका सचिवको मौनता भने बुझि नसक्नुको छ । तालुकदार मन्त्रालयका मुखिया भएर बसेका सचिव यी सब अनियमितता नियन्त्रण गरि सदाचार कायम गर्नुपर्नेमा मुकदर्शक भएर बस्नाले समेत निगममा कर्मचारीले भनिरहेका छन् ‘दालमे कुछ काला है ।’

तपाइँको प्रतिक्रिया

फेसबुक