बिहीबार, चैत १५, २०८०

युरोपकै एक मोडेल ईटालीका पूर्व मेयरलाई १३ वर्षको जेल सजायँ

नेपालप्लस संवाददाता२०७८ असोज १५ गते २२:४३

फोटो साभार – टुडे डट आइटी

अवैध आप्रवाशनलाई प्रोत्साहित गरेको अपराधसहित ईटालीका एक पूर्व मेयरलाई त्यहाँको अदालतले १३ वर्षको जेल सजायँ सुनाएको छ ।

इटालीमा आप्रवासी एकीकरणको एक मोडेलको रूपमा चिनिएका ति मेयरलाई आजै बिहिवार १३ वर्ष जेल सजायँ सुनाएको हो ।

डोमेनिको लुकोनो, सन् २०१८ सम्म दक्षिणी इटालीको रियासका मेयर थिए । जागिर र विकासलाई बढावा दिएको भन्दै थोरै जनसंख्या भएको क्यालाब्रियन गाउँमा आप्रवासीहरुलाई स्वागत गर्ने मेयर भनेर उनको नाम विश्वभरि चर्चा गरिएको थियो ।

अभियोजकहरूले ६३ वर्षीय मिम्मो भनेर चिनिने मेयरलाई षडयन्त्र, पदको दुरुपयोग ठगी र अपराधको मामिलामा दोषी साबित गर्दै सात वर्ष ११ महिनाको सजाय माग गरेका थिए ।

उनका वकिलले भनेका छन् ‘अदालतले उनलाई लगभग हरेक घटनामा दोषी ठहर गरेकाले उनलाई झण्डै दोब्बर जेल सजाय तोकिदियो । त्यसैले उनको जेल समय अब १३ वर्ष र दुई महिना भयो ।” यो फैसलाले उनका समर्थकहरु र राजनीतिक वामपन्थीहरुमा अविश्वास र आक्रोश जगाइदिएको छ ।

“यो एक अत्यधिक अविश्वासनिय र पूर्णरुपमा प्रमाणको बिरुद्ध गएको छ । यो बिल्कुल बुझ्न नसकिने र अनुचित छ” मेयरका वकील गिउलियानो पिसापिया र आद्रिया दाकुवाले भनेका छन् ।

“गरीबीमा जीवन बिताउने र रियासको मेयरको रूपमा आफ्नो कार्यहरुबाट कुनै आर्थिक वा गैर-आर्थिक लाभ नभएको मिम्मो लुकानो जस्तो व्यक्तिको लागी १३ वर्ष भन्दा बढी जेल तोक्नु आस्चर्यलाग्दो छ” इटालियन मेडियामा उल्लेख गरिएको छ ।

“इटालीको एक अदालतले रिसाका पूर्व मेयर मिम्मो लुकानोलाई रिसेप्शन र एकीकरणको प्रभावकारी मोडेल निर्माण गर्ने प्रयास गरेको भन्दै १३ वर्षको जेल सजायँ सुनाएको छ । हामी उनको साथमा छौं, अझ न्यायसंगत र समतावादी समाज निर्माण को लागी लडिरहन्छौं” ओपन आर्म्स नामक मानव अधिकारवादी संस्थाले भनेको छ ।

मानव अधिकारवादीहरुले लुकोनोले अपिल गर्ने जनाएका छन् । लुकाकोनो अपिलमा उल्लेख गरिएको हुने छ “सधैं आफ्नो समुदायको लागि र युद्ध, यातना र भोकबाट भागेका बच्चा, महिला र पुरुषहरुको स्वागत र एकीकरणको लागी प्रतिबद्ध थिए र रहने छन् ।”

सन् २०१८ मा पनि यि मेयरलाई गिरफ्तार गरिएको थियो । त्यसबेला मेयरको गिरफ्तारीले इटालीमा आस्चर्यचकित पारेको थियो । यो खबर तत्कालै युरोपभरि फैलिएको थियो ।

युरोपमा “रियास मोडेल” निकै चर्चित छ । सन् २००० को दशकदेखि इटालियन र युरोपेली कोषबाट उनको शरणार्थीलाई सहयोग गर्ने अभियानमा आर्थिक सहयोग रहँदै आएको थियो । दुख पाएका आप्रवाशी, शरणार्थीहरुलाई थोरै जनसंख्या भएको गाउँ खोजेर घरहरुमा राख्ने, सुविधा र सुरक्षा दिने भन्दै उनको निकै प्रशंसा र चर्चा हुने गरेको थियो । पुराना गाउँहरुलाई पुनर्जीवित गराउन सक्षम सरल तर प्रभावकारी तरीका अपनाएको भन्दै उनको कामको स्वागत गरिएको थियो।

उनको कार्यक्रमले परित्याग गरिएका, जिर्ण बनेका घरहरुलाई पुनर्स्थापित गरेको, मानिस नभएका गाउँलाई पूनर्जिवन दिएको, रियासमा शिल्प कार्यशालाहरु पुनः खोलिएको, पर्यटकहरुलाई आकर्षित गरेकोले एकीकरणको एक मोडेलको रूपमा धेरैले प्रशंसा गरेका थिए ।

लुकोनोलाई २०१६ मा फर्च्यून पत्रिकाद्वारा १०० सबैभन्दा प्रभावशाली व्यक्तित्व मध्ये एक भन्दै नाम उल्लेख गरिएको थियो । विम वेंडरद्वारा तयार पारिएको एक दस्तावेजका आधारमा उपन्यास लेख्न प्रेरित गरेको थियो ।

ईटालियन मेडियाका अनुसार अदालतले लुकोनोलाई पाँच लाख यूरो यूरोपीय संघको कोष फिर्ता गर्न भन्दै आदेश दिएको छ ।

ईटालीको रिपब्लिका अखबारका अनुसार लुकोनोले अदालत छोड्ने बित्तिकै भने “म गैरकानुनी मानिएको छु किनकि राज्यले म प्रति कायर व्यवहार गरेको छ ।”

“मैले मेरो जीवन माफिया विरोधी आदर्शहरुको पछि लागेर बिताएको छु । म मेयर भएँ, म कम भाग्यवानी र कम अवशर भएका मानिसहरुका पक्षमा लागें। शरणार्थीहरुको साथमा थिएँ” उनले भने “म सोच्छु कि माफिया अपराधले यस्तो सजाय पाउने सम्भावना छैन “।

(नेपालप्लसको साथमा एएफपी, टुडे ईटाली)

तपाइँको प्रतिक्रिया

फेसबुक