बिहीबार, चैत १५, २०८०

विश्विख्याद फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार, केमोथेरापी गरिने

एजेन्सी२०७८ असोज १५ गते ११:२३

ब्राजिलका बिश्वप्रख्यात खेलाडी पेले केहि दिनको उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तर उनको केमोथेरापी भने जारि राखिने छ ।

ब्राजिलका फुटबल लिजेण्ड पेले कोलोन ट्युमरको शल्यक्रिया गरेपछि बिहीबार अस्पतालबाट बाहिरिएकाहुन् । उनको चिकित्सा टोलीका अनुसार उनको केमोथेरापी भने जारी रहनेछ ।

उमेरले ८० वर्षीय पेले ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा ३१ अगस्टदेखि नियमित परीक्षणको क्रममा थिए । शंकास्पद ट्यूमर पत्ता लागेपछि उनको उपचार भैरहेको थियो ।

विश्वमा हालसम्मकै सबैभन्दा बिख्यात फूटबल खेलाडी भनेर चिनिएका उनको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक