आइतबार, असोज ३१, २०७८

जलवायु परिवर्तनले २०५० सम्ममा २० करोड मानिस घर छोड्न बाध्य पार्ने

नेपालप्लस संवाददाता२०७८ असोज १५ गते १३:२०

Image Credit-kias.org.np

जलवायु परिवर्तनले २०५० सम्ममा २० करोड मानिसहरुलाई आफ्नो घर छोड्न बाध्य पार्ने अध्ययन रिपोर्टले देखाएको छ ।

विश्व बैंकको प्रतिवेदनका अनुसार विश्वव्यापी उत्सर्जन घटाउन र विकासको खाडल पुरा गर्ने तत्काल कुनै कार्य नभएमा जलवायु परिवर्तनले आगामी तीन दशकमा २० करोड भन्दा बढी मानिसहरुलाई आफ्नो घर छोड्न र बसाईसराईको हटस्पट बनाउन बाध्य पार्नेछ ।

सोमबार प्रकाशित ग्राउन्डसवेल रिपोर्टको दोस्रो भागले पानीको अभाव, बालीको उत्पादकत्व घटाउने र समुद्री सतह बढ्ने जस्ता ढिलो सुरु हुने जलवायु परिवर्तनको प्रभावले २० करोडको घरबास उठिबास हुने उल्लेख गरेको हो । सन् २०५० सम्म “जलवायु आप्रवासी” को रुपमा लाखौं मानिसहरुलाई असर गर्न सक्छ । जलवायु परिवर्तन र विकासको डिग्रीका फरक फरक परिदृश्यहरुले त्यस्तो असर पार्ने रिपोर्टमा उल्लेख छ । त्यसलाई रोक्न विकासका मोडेर र जलवायु परिवर्तनका उपायहरु अभिलम्ब शुरु गर्नुपर्ने रिपोर्टले जोड दिएको छ ।

सबैभन्दा निराशाजनक परिदृश्य भनेको उच्च स्तरको वातावरणिय प्रदुषणको उत्सर्जन र असमान विकास हो । रिपोर्टले २१ करोड ६० लाख मानिसहरुको विश्लेषण गरेको छ । आफ्नै देशका ६ वटा क्षेत्रहरु भित्र मानिसहरु सर्ने भविष्यवाणी गरेको छ । ती क्षेत्रहरुमा ल्याटिन अमेरिका, उत्तर अफ्रीका, उप-सहारा अफ्रिका, पूर्वी यूरोप र मध्य एशिया, दक्षिण एशिया, पूर्वी एशिया र प्रशान्त क्षेत्र पर्छन् ।

सबैभन्दा राम्रो वा जलवायु मैत्री परिदृश्य भएको ठाउँमा उत्सर्जन कम छ भने बसाई सर्ने क्रम कम स्तर र समावेशी रुपमा हुने छ । दिगो विकासलेपनि बसाईसराईलाई घटाउन सक्छ । त्यस्तो ठाउँमा आप्रवासीहरुको संख्या ८० प्रतिशतले घटाउन सक्छ । तैपनि चार करोड ४० लाख मानिसहरु भने प्रभावित हुने छन् ।

विश्व बैंकका एक वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ र रिपोर्टका लेखकहरु मध्ये एक भिभियान वेई चेन क्लेमेन्टले भनेका छन् “देशहरुमा आप्रवासनलाई बढाउँछ भन्ने कुरा जलवायु परिवर्तनको शक्तिले पुष्टि गर्दछ”।

सबैभन्दा खराब स्थिति अफ्रिकाको उप-सहारा मरुभूमि क्षेत्रमा देखिने रिपोर्टमा उल्लेख छ । नाजुक समुद्रि तटिय क्षेत्र र कृषिमा निर्भरता भएको क्षेत्रका मानिस बढी प्रभावित हुने छन् । किनभने समुद्री सतह बढेर बाढी र डुबानमा पर्ने छ । मौसम बदलिएर कतै सुख्खा हुने छ, खडेरी पर्ने छ, कतै क्रिषीयोग्य जमिन बाढीले पुर्ने छ भने कतै वर्षाद नभएर सुख्खा पल्टिने छ । यसको असरले मानिसहरु बिकल्प खोज्दै आफ्नो थातथलो छोड्ने छन् । यो सबै असरले आठ करोड ६० लाख मानिस आफ्नै देशभैत्र एक ठाउँ छोडेर अर्को ठाउँमा जान बाध्य हुने छन् ।

उत्तरी अफ्रिकामा जलवायु आप्रवासीहरुको सबैभन्दा ठूलो संख्या बढ्ने भविष्यवाणी गरीएको छ । एक करोड ९० लाख अर्थात् त्यहाँको जनसंख्याको ९ प्रतिशत मानिसहरु बसाई सर्न बाध्य हुने छन् । अफ्रिकामापनि मुख्य रूपले ट्युनिसियाको पूर्वोत्तर तटमा पानीको अभावले हुने छ । अल्जेरियाको उत्तरपश्चिम तट, पश्चिमी र दक्षिणी मोरक्को र मध्य पहाडी भागका तल्लो क्षेत्रमा बढी प्रभाव पर्ने छ ।

दक्षिण एसियामा बंगलादेश विशेष गरी बाढी र बाली राम्रो नहुने अवस्थाबाट गुज्रिने छ । त्यसले गर्दा झण्डै दुई करोड आप्रवाशी बन्ने छन् र महिलाहरुको संख्या बढी हुने छ ।

जलवायु परिवर्तनको प्रभावले सन् २०५० सम्म बसाई सर्ने निराशावादी परिदृश्य देखिने छ ।

“यो अहिलेको हाम्रो मानवीय वास्तविकता हो । हामी चिन्तित छौं किनकि यो अझ भयावह हुने छ जुन जोखिम धेरै तीव्र छ” अन्तर्राष्ट्रिय रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका निर्देशक प्राध्यापक मार्टन भान एल्स्टले भनेका छन् ।

प्रतिवेदनमा सीमापार जलवायु आप्रवासनलाई भने हेरिएको छैन ।

विश्वव्यापी रूपमा चार जना मध्ये तीन जना देश भित्र रहेपनि ति बसाई सर्न सक्ने विश्व बैंकका वातावरणिय विशेषज्ञ डा कन्ता कुमारी रिगोले बताएका छन् ।

ग्रामिण क्षेत्रबाट शहरतिर बसाई सर्ने क्रम त झन पहिलेदेखि देखिने उल्लेख गरिएको छ ।

मानिसहरु आफ्नो थातथलोबाट पलायन हुनुमा जलवायु परिवर्तन को प्रभाव नयाँ हैन । यो अक्सर मानिसहरुलाई कतै सार्ने एक कारक हो । यो संयोजनको एक हिस्सापनि हो । यसले खतराको एक संकेत बोकेको हुन्छ । द्वन्द्व र असमानताबाट प्रभावित मानिसहरु जलवायु परिवर्तनको प्रभावबाट हुने जोखिममा बढी हुन्छन् । किनभने उनीहरुलाई आफ्नो जिवनयापन गर्न, आफ्नो अनुकूल बनाउन सीमित स्रोत र साधनहरु हुन्छन्।

प्रतिवेदनले माइग्रेशन हटस्पट अर्को दशक भित्र देखा पर्न सक्ने चेतावनी पनि दिएको छ । र २०५० सम्म तीब्र हुन सक्छ ।

मानिसहरु बसाई सर्ने र नसरेका दुबै ठाउँमा योजना बन्नु आवश्यक छ । किनकि जहाँ मानिसहरु बसाइँ सर्छन् त्यहाँ रहेका सिमित स्रोत र साधनले नभ्याउँदा पहिलेदेखि बसेकाहरु अन्यत्र हिँड्न बाध्य हुनसक्छन् । नयाँ आउनेलाई ठाउँ दिँदा बिदा हुनसक्छन् । वा तिसित प्रतिस्पर्धा गर्न नसक्नेपनि हुनसक्छ ।

सिफारिस गरिएका कार्यहरु मध्ये शताब्दीसम्म शून्य उत्सर्जनको काम भैसक्नुपर्छ । त्यसकोलागी एक दशमलव पाँच डिग्री सेल्सियस सम्म ग्लोबल वार्मिंगलाई सीमित गर्नुपर्छ । हरित योजना लचिलो र समावेशी हुनुपर्छ, पेरिस सम्झौता अनुरुप विकासमा लगानी गर्नकालागि ।

तपाइँको प्रतिक्रिया

फेसबुक