आइतबार, असोज ३१, २०७८

एनआरएनए अध्यक्षमा औचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै केसी

नेपालप्लस संवाददाता २०७८ असोज १५ गते १८:२२

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

अक्टोवरमा हुने संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा। केसीले आफ्नो टोलीसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार (अक्टुबर ५) मा काठमाडौंमा एक पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने डा. केसीले जनाए ।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेम राज शर्मा (युके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया) यसमिन बेगम सैयद(साउदी अबर) छन ।

युवा उपाध्यक्षमा रोसन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका) छन् । यस्तै सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोक प्रसाद दाहाल, (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरीका) केसीको पक्षमा उभिएका छन् । त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक