बुधबार, वैशाख १२, २०८१

चमत्कार गर्ने चक्करमा कैयौं नेपाली विलीन

सुर्य तिवारी२०७८ असोज १५ गते १९:०९

नेपालीहरु भारतमा कहिलेबाट बस्न सुरुगरे यकिन तथ्यांक छैन । तर पनि बेलायती साम्राज्यको भारत आगमन सँगै रोजगारीकै कारण तीव्रता भएको अनुमान लगाउन सकिन्छ । पक्का यकिन नभए पनि अंग्रेजहरूले नेपालीलाई सैनिक सेवामा भर्ती गराउन थालेपछी धेरैले आफ्नो रोजगार गन्तव्यको रुपमा भारतलाई छानेका हुन सक्छन । सैनिक सेवाबाट अवकाश लिएपछी कतिपय नेपालीहरूले असामको मेघालय र पुर्वी भारतका अन्य ठाउँमा बसोवास गर्न शुरु गरेका थिए । यो किन पनि भने हावापानी, खानपान र रहनसहन नेपालको जस्तो थियो । त्यहाँका वासिन्दासँग हेलमेल हुन सजिलो भएको हुनाले पनि नेपालीहरुले पुर्वी भारतलाई रोजेको हुनु पर्दछ । नेपाली साहित्यकार विक्रमवीर थापाले समेत आफ्नो पुस्तक (विगतको परिवेश भित्र र टिस्ता देखी सतलज सम्म) मा यसलाई उल्लेख गरेका छन ।

भारत सरकारले मेघालय पहाड़ी मुकुल र अविकसित आदिवासीलाई आरक्षण स्वरूप कर मिनाह गरेका कारण जीवनयापन सस्तो हुनाले धेरैले गन्तव्य रोजेको पनि अनुमान छ । मातृसत्तात्मक राज्य जहाँ सम्पूर्ण पैतृक सम्पतिमा पूर्ण महिलालाई अधिकार सुम्पीएको संभवतः मेघालय नै होला । त्यहाँको मुख्य उत्पादन खनिज, पत्थर, कोईला, सुन उत्तम मानिन्छ । तामूल पान चपाउने, मुख रातो बनाउने र हेर्दै घिनलाग्दो देखिएपनि परम्परा भएका हुनाले सिस्टाचारमा पाहुनालाई टक्राउने मुख्य वस्तुका रूपमा प्रयोग हुने गर्छ ।

महिलाहरूले आफ्ना लोग्नेलाई मन नपर्दाको क्षणनै घरबाट निकाल्न सक्ने त्यहाँको कानुन छ । यो ठाउँमा नेपालीहरु जहिले देखी बस्न थाले पनि उनिहरुले घना जंगल फँडानी गरेर बाक्ला बस्ती बसाउने, गाई पाल्ने, खेती गर्ने कार्य अहिले पनि चलिरहेको छ । मानौं मेघालय भारतको कुनै प्रान्त नभएर नेपालकै अर्कों हिस्सा हो । त्यहाँको दोस्रो भाषाका रुपमा नेपाली भाषालाई भारत सरकारले त्यहाँको संबिधानको आठौं अनुसुचीमा राखे पछी नेपाली भाषा विर्सिसकेका धेरैका लागि आफ्नो धर्म संस्कृती भेषभुषाको बाटो पुन: समात्न सजिलो भयो ।

सैनिक सेवाबाट अवकाश लिएपछी कतिपय नेपालीहरूले असामको मेघालय र पुर्वी भारतका अन्य ठाउँमा बसोवास गर्न शुरु गरेका थिए । यो किन पनि भने हावापानी, खानपान र रहनसहन नेपालको जस्तो थियो ।

तर १९७८ जून महीनामा अचानक एक दिन नेपालीहरु माथी कालो बादल मडारियो । त्यहाँका आदिवासी एक भएर नेपाली भगाऊँ भन्दै गाऊँगाऊँ बाट लखेटन सुरु गरे । १९८७ को दंगा जसले लाखौं नेपालीलाई नेपाल फ़र्कन बाध्य पार्यो । आफूले लगाएका एक जोड कपडा मात्रा लगाएर गाउँ छोडेका उनिहरुलाई नेपाल फर्किन बाध्य पारियो । जीवन जोगाउनकै लागि धेरैले आफ्नो जायजेथा, सम्पत्ति छोडेर नेपाल प्रवेश गरे । तीनै नेपालीहरुको विचमा म पनि एक थिएँ । हामी जंगल र खोला नाला छिचोल्दै कती दिन पछी नेपाल आइपुग्यौं ।

१९८६ मा गोरखाल्याण्डको माग बोकेर दार्जिलिंगका गोर्ख़ालीहरू आन्दोलन गरीरहेका थिए । नेपालीहरुको बाहुल्यता रहेको मेघालयमा पनि अर्कों आन्दोलनको शुरुवात हुन सक्दछ भनेर बंगालीहरूको गाइँगुइँ चल्दै थियो । त्यसैबेला गोर्खाल्याण्डको मागलाई दबाउन बंगाल सरकारले फालेको पत्ता नेपालीहरुको निम्ति निकैनै घातक बन्यो । फेरी त्यहाँ लगायत पुर्वी भारतभरी लाखौं नेपाली लुटिए, कूटिए । हज्जारौं महिला बलात्क्रित भए । कैयौंको सम्पति एक पलमा खरानी बन्यो । ठाऊँठाऊँबाट नेपालीहरूलाई सरणार्थी शिविर बनाएर जम्मा गरिन थाल्यो । यो निर्मम इतिहास हाम्रो पुस्ताले प्रत्यक्ष सबूत प्रमाण सहित अनुभव गर्यो ।

केही नेपालीहरु जीवन जोगाऊँन आफ्नो पैत्रिक स्थलको खोजी गर्दै नेपाल प्रवेश गरे । कोही आसमतिर पसे । कोही बाध्यताले त्यही नेपालीहरुको बाहुल्यता रहेका क्षेत्र झालूँपाडा, लालचन्द्न बस्ती र सहरी क्षेत्रमा जसोतसो बसे । यकिन रूपमा कती नेपाली छन् अनुमान लगाउन भने गाह्रो छ । धेरै नेपालीहरू आफ्ना पुर्खाको खोजीमा नेपाल फर्के र त्यतै बसे । राम्रो अस्तित्व बनाएर बसेका नेपालिहरू मध्ये कोही रोजगार थिए । कोही ब्यवसाय गर्थे । कोही प्रान्तिय सांसद थिए । नेपाली समुदायका डीएन जोशी जसले वर्षौंसम्म प्रान्तीय सरकारमा प्रतिनिधित्व देखाए ।

मेघालयको दोस्रो भाषाका रुपमा नेपाली भाषालाई भारत सरकारले त्यहाँको संबिधानको आठौं अनुसुचीमा राखे पछी नेपाली भाषा विर्सिसकेका धेरैका लागि आफ्नो धर्म संस्कृती भेषभुषाको बाटो पुन: समात्न सजिलो भयो ।

नेपालीहरूलाइ आकर्षित गर्ने एउटा कारण के पनि हो भने नेपालको तुलनामा भारतमा रहेको रोजगारको अवशर । शिलोंग र गुहावाटी जस्ता शहरहरु यसका लागि सहज देखिए । यिनै आकर्षणहरु थिए जसले जिन्दगीको जोहो गर्न हामीलाई त्यता तानेको थियो । सामान्य भारी बोक्ने काम देखी प्रहरी, गोर्खा सैनिक र तीर (कानूनी मान्यता प्राप्त एक प्रकारको जुवा) लाई धेरैले ब्यवशाय बनाए । पेशा बनाए । यो तीर (जुवा) रोजगार सहज थियो मेघालयमा । यो नै सपनाको किनबेच गरेर जीवन निर्वाह गर्ने अनौठो धन्धा पनि थियो । कहिलेकाहीं यस्तै हुन्छ । सपनाकै व्यापारले जीवनयापनको जरिया बनिदिन्छ । दैनिक किनबेच हुने सपनाले धेरैको जीवन बिग्रने र केही सप्रने गरेको तथ्य यथार्थ छ । सपनामा देखिने हरेक वस्तुको आआफ्नै अंक छ । जस्तोकी, घर सपनामा देखे ८ अंक । सर्प देखे ७ अंक । महिला देखे ५ अंक । बाटो ७ । पानी ७ । पुरुष देखे ६ । वालवालिका ३ अंक ।

गाऊँगाऊँका क्लबहरुको निश्चित सदस्यहरूले तोकेको निश्चित दूरीबाट फ्याँकिने धनुषवाँड (तीर) जती खम्बामा अड़किन्छ त्यही त्यो दिनको सवा चार बजे नम्बर प्रकाशित गरिन्छ ।

जहाँपनि सर्वसूलसभ रुपमा किन्न पाइने नम्बर अंक एक देखी सय सम्म हुने गर्छ । एक रुपियाँको ८० रुपयाँका दरले प्राप्त लाभांशको प्रलोभनले कैयौं नेपाली चमत्कार गर्ने चक्करमा विलीन भएका छन्। सपना जोड़जाम गरेपछि मूल्य तिरेर किनिन्छ र प्राप्त नंबरको नतीजा निश्चित समयसम्म कुरिन्छ ।

यो पेशामा हज्जारौं छन् भने ब्यवशायिक ब्यक्ति सयौं छन । कतीबेला साँझ पर्ला र राम्रो सँग निदाएर राम्रो सपना देख्न पाइ एला । भोलि नम्बर पारेर जिन्दगी बनाउँछु भन्दै कुरेका नौजवान जवानी सक्कीएर बुढो हुँदासम्म सपना देखन छोडेका छैनन् । तर पनि ति सपना, त्यो जुवाको उद्वेग आफैंमा रमाइलो थियो । रातारात हामीले ठाउँ छोड्यौं । एकाएक सबै सपना सकिए जस्ता भए ।

तिवारीको अघिल्लो लेखपनि हेर्ने कि ?

प्रवाशका राजनितिक रोगीहरुलाई समयमै उपचारको खाँचो

चन्द्र-सूर्य जर्सी लगाएर युरोपका रंगशालामा उत्रिने सपना

तपाइँको प्रतिक्रिया