शुक्रबार, चैत १६, २०८०

घट्यो नेपाल भित्रिने रेमिटेन्स

नेपालप्लस संवाददाता२०७८ असोज १५ गते १९:३७

फोटो साभार- द हिमालयन टाईम्स

कोरोनाका बेलापनि नेपालमा भित्रिने रेमिटेन्स बढेको देखिएको थियो । अर्थविदहरुले त्यसलाई स्वभाविक वृद्दी नभइ “सुन्निएको” भनेका थिए । हाल उक्त भनाई सावित भएको छ ।

नेपालीहरूको महान चाड दशैंका मुखमा चुलिने रेमिटेन्समा गत वर्षको तुलनामा १८ प्रतिशतले गिरावट आएपछि अहिले बल्ल सरकार चिन्तामा देखिएको श्रमिक सूचना र सन्देशमा उल्लेख छ ।

रेमिटेन्ससँगै वैदेशिक मुद्राको सञ्चितिमा समेत उल्लेख्य गिरावट आएको छ । वैदेशिक रोजगार ब्यवसायी संघका पदाधिकारी भन्छन ‘कोभिड प्रोटोकल, खोपनीति र हवाइ भाडा बाधक बन्दा पनि वैदेशिक रोजगार खुम्चिएको छ ।’

यथार्थ के पनि हुन भने वैदेशिक रोजगार बिधि र कानुनसम्मत बनी ब्यवस्थित हुनै सकेन । त्यसले गर्दा यस क्षेत्रमा बिकृति, बिसंगती र समस्याहरू बढी नै रहेका छन् । सरकार दशकौंदेखि उदाशिन रहेको छ ।

यसैबिच वैदेशिक रोजगार बिभागले हाल ५८१ वटा मेनपावर एजेन्सीहरूलाइ प्रतिबन्धित (ब्लोक्केद्) राखेको छ । वैदेशिक रोजगारमा आउनेहरू एजेन्सी इजाजतप्राप्त हो या हैन भनि रूजु गर्न आवश्यक हुन्छ । यसका लागि वैदेशिक रोजगार बिभागको वेभसाइटमा गएर जाँच गर्न सकिन्छ । हाल इजाजत प्राप्त ८२९ वटा एजेन्सीहरूको सूची यो लिंक https://dofe.gov.np/Recruting-Agences.aspx# मा गएर हेर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक