बिहीबार, चैत १५, २०८०

बन्यो कोरोना बिरुद्दको क्याप्सुल, २७०० कोरोनाका औषधीमा परिक्षण हुँदै

नेपालप्लस संवाददाता २०७८ असोज १५ गते २०:५२

फोटो-डल्लास मर्निङ न्युज

कोरोना बिरुद्द लड्नकालागि खोप पर्याप्त नदेखिएपछि क्याप्सुलका रुपमा खाने औषधी बजारमा आउने तयारिमा छ । केहि औषधीहरुको परिषण भैरहेकोमा हाल पहिलो औषधी पत्ता लागेको दाबी गरिएको छ ।

हाल अमेरिकाबाट निकाल्न लागिएको कोरोना बिरुद्दको क्याप्सुलले कोरोना उपचारको खेल बदल्न सक्ने आशा दिएको बताइएको छ ।

वैज्ञानिक परिषदका अध्यक्ष जँ-फ्रँस्वा डेल्फ्रेसीले नयाँ कोविड-विरोधी उपचार चाँडै बजारमा स्विक्रित हुनसक्ने संकेत गरेका छन् । उनले सन् २०२१ को अन्त्य सम्मनै बजार आ उनसक्ने युरोप १ टिभीसित बताएका छन् ।

“हामीले कल्पना गरेको भन्दापनि छोटो अवधिमा औषधि पाउन सक्ने हुनसक्छ । नोभेम्बरको मध्यबाट सम्भवत मार्केटिङ गर्न प्राधिकरणले काम थाल्न सक्छन् ” उनले भने ।

हाल बजारमा आउन लागेको औषधी अमेरिकी कम्पनीले उत्पादन गर्न लागेको मेर्क भनिने हो । फ्रान्सको फ्रँस १ टिभीको एक रिपोर्ट अनुसार यो औषधी विहान तिन र बेलुका चार क्याप्सुल (दिनमा दुई पटक) गरि एक हप्ता खाएपछि मात्रा पुरा हुन्छ । यो औषधीले कोरोना भाईरसका सबै स्वरुप (भेरियन्ट) बिरुद्द काम गर्छ ।

सन्चार माध्यमहरुका अनुसार यो क्याप्सुल करिब सात हजार सात सयमा परिक्षण गर्दा प्रभावकारि देखिएको छ । यसको सेवन गर्नेलाई कुनै असर देखिएको छैन र कोहि विरामी परेको देखिएको छैन ।

डेल्फ्रेसीका अनुसार यस्तै औषधी बनाउन रुशलेपनि मास्को इन्स्टिच्युट अफ इम्युनोलोजीको एक प्रयोगशालामा अनुसन्धान र केहि औषधीको परिक्षण समेत गरिरहेको छ ।

सन् २०२१ को अन्त्यसम्म कोविड १९ बिरुद्ध धेरै नयाँ उपचार बजारमा आउन सक्ने विशेषज्ञहरुको भनाई छ । ति औषधी चमत्कार गर्ने चक्कीहरु नभएपनि कोरोनाका गम्भिर रूपहरुको जोखिमलाई पक्कै कम गर्ने छन् ।

कोभिड ट्रायल साइटको अनुसार हाल २,७०० भन्दा बढी क्लिनिकल परिक्षणहरु सूचीबद्ध गरिएका छन् । अझै अन्य परिक्षणपनि विश्व भर चलिरहेको छ ।

एउटा घाँसको प्रजातीमा सुईको लागि खोजि गर्न आफूहरुले अनुसन्धान गरेको फ्रान्सको बोर्दो विश्वविद्यालय अस्पतालमा मेडिकल फार्माकोलोजी विभागका प्रमुख माथ्यु मोलीमार्ड बताउँछन् । “एक प्रभावी अणु खोज्नको लागि हामीले १०,००० परीक्षण गरिसकेका छौं” ।

उनको भनाईमा कोरोना भाईरस निर्मूल पार्न वा पूर्ण उपचारकालागि हालका खोपहरु पर्याप्त छैनन् । त्यसैले अन्य उपचार खोज्नु आवश्यक छ । “एक लाख ३० हजार फ्रान्सेलीहरु खोपको लागि असंवेदनशील छन् । तिनले खोपको प्रतिक्षा गरेका छैनन् । खोप लगाउन नमिल्ने, खोप लगाउँदा असर पर्ने, संवेदनशिल ब्यक्तिकालागिपनि अर्को उपचार हुनु अत्यावस्यक छ” फ्रान्सको स्वास्थ्य उच्च प्राधिकरणबाट अगस्त ६ मा जारि एक प्रेस विज्ञप्तिमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक