बिहीबार, वैशाख १३, २०८१

एनआरएनएबारे छलफल गर्न प्रधानमन्त्री पत्नीलाई भेट्दै उपेन्द्र महतो

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज १५ गते २३:१७

गैर आवाशिय नेपाली संघका संस्थापक तथा संरक्षक उपेन्द्र महतोले यसै सप्ताहन्त प्रधानमन्त्री पत्नी आराजु देउवासँग भेट गर्ने भएका छन् । संघको दशौं महाधिवेशन अन्योलमा रहेको र सरकारी हस्तक्षेप बढेको भन्ने चर्चा चलिरहेको बेला महतोले प्रधानमन्त्री पत्नी देउवालाई भेट्न लागेका हुन् । गैर आवाशिय नेपाली संघ भित्रको प्रतिनिधि विवाद चर्किदै गएपछी यो मामिला परराष्ट्र मन्त्रालय सम्म पुगेको छ र मन्त्रालयले विवादहरु समाधान नगरि अधिवेशन नगराउन अनुरोध सहितको पत्र संघलाई पठाइसकेको छ ।

मन्त्रालयको पत्रले महतो लगायत गैर आवाशिय नेपाली संघका अधिकांश अभियन्ताहरु असन्तुष्ट बनेका छन । कतिपय अभियन्ताहरुले यसलाई सत्तासिन दल नेपाली कांग्रेसले खुलेर हस्तक्षेप गरेको रुपमा बुझेका छन । महतो स्वयंले भनेका छन- यदी यसरी नै राजनीतिक हस्तक्षेप भयो भने गैर आवाशिय नेपाली संघको अभियान अगाडि बढ्न सक्दैन ।

केही दिन अघी मात्रै संघका अध्यक्ष कुमार पन्तले संघको महाधिवेशन पर सार्नका लागि प्रधानमन्त्री पत्नी आराजु देउवाले मन्त्रालयलाई दवाव दिइरहेको खुलासा गरेका थिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि कुमार पन्तको खुलासालाई पुष्टी गरेका छन ।

परराष्ट्रको पत्रले नजिकिंदो अधिवेशन अन्योलमा परेपछी एनआरएनए आइसीसीले संरक्षक परिषदलाई विबाद मिलाउने जिम्मा दिएको छ । परिषदको बैठकमा नै महतोले संघलाई राजनीतिक हस्तक्षेपबाट पर राख्न जस्तोसुकै कदम चाल्न तयार हुनुपर्ने बताएको बैठकमा सहभागी एक सदस्यको भनाई छ ।

“हामी एक दशकसम्म नेपाल सरकारमा दर्ता नभैकन पनि चलेका थियौं । यदी राजनीतिक हस्तक्षेप रोकिंदैन र संघलाई तहसनहस गराउने काम हुन्छ भने हामी गम्भिर हुनु पर्दछ” महतोको भनाइ उद्धृत गर्दै ति सदस्यले भने “आराजु सँगको भेटमा महतोले आफुहरुलाई कुनै पनि हस्तक्षेप स्विकार्य नहुने आफ्नो भनाइ राख्ने छन । हाम्रो चाहना संघका गतिविधीहरु निर्वाध रुपमा चल्न पाउन भन्ने मात्र हो ।”

तपाइँको प्रतिक्रिया