शुक्रबार, चैत १६, २०८०

शनिवार- साहित्य / सृजना / नियात्रा

असम साहित्य सम्मेलन : एक ऐतिहासिक महोत्सवको सम्झना— ख

डा. गोबिन्द राज भट्टराई२०७८ असोज १६ गते ६:२२

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

फर्केर आयौँ । रथबाट उत्रेर विशाल मण्डपमा चढ्यौँ । तीन चार हजारको जनसमाज थियो । एकै छिनमा सभापति, डा। लक्ष्मीहीरा दासको संभाषण सुन्ने समय आयो । एक घण्टा लामो असमीया भाषामा प्रस्तुत सो पाठ सकेपछि अर्काे उद्घोष गरे । अब भने मेरै मन्तव्यको पालो आएको रहेछ । मलाई ३० मिनेट समय प्रदान गरिएको थियो । म अब धेरै सम्हालिएँ । पूर्ण नियन्त्रित भएँ । भावुकताहरू शान्त गराएँ । उद्वेगहरू शान्त र स्थिर गराएँ । सचेततापूर्वक मुस्कुराउँदै उठेँ यद्यपि यो त्यस्तो गर्ने बेला थिएन ।

सजिएर झिलिमिलि देखिने विशाल पोडियम अघिल्तिर उभिएर व्यक्त गरेँ— आफू नेपाल देशको नागरिक त्रिभुवन विश्वविद्यालयको तर्फबाट उपस्थित, नेपाली स्रष्टा वा साहित्यकारको तर्फबाट आज मलाई प्रदान गर्नुभएको यस ऐतिहासिक अवसरमा यहाँका भाषा साहित्यका सेवकदेखि अग्रगामीहरू सबै समक्ष म शीर निहुराउँदै नेपालको तर्फबाट अभिवादन गर्दछु । सम्बोधनमा मैले यति बोलेँ ।

विगत लामो समयदेखि म महाकवि देवकोटा पढिरहेकै थिएँ । अघिल्लो दिन डाउनटाउन विश्वविद्यालयको कार्यपत्रसम्मको कुरा थप्ता अत्यन्त लामो ठूलो र गहिरो गरी महाकविमाथि बोल्न सक्ने भइसकेको थिएँ । यहाँबाट पनि डा। खेमराज, ज्ञानबहादुर, मित्रदेव यस्ता धेरै स्रष्टाले हिजो भाग लिनुभएको थियो । सभापति दिलिप बरा स्वयम् नै देवकोटामाथि लिखित टिप्पणी गर्ने एक विद्वान् हुनुहुन्थ्यो । त्यसैले पो हो कि उहाँले मलाई आजको लागि देवकोटाकै विषयमा एक प्रवचन राख्न अनुरोध गर्नुभयो । अघि डा। खगेनले पनि यो कुराको संङ्केत गर्नुभएको थियो ।

मैदानको किनारमा उभिएका आकाश छुने जस्ता वृक्षबाट भुरुर्र गर्दै एक ट्रक जति पक्षीहरू उडे र एकपल्ट आकाश ढाकिएजस्तै पारे— कोही उतै तेजपुर बजारतिर उडे, अरू ब्रह्मपुत्र किनारतिर बेगिए भने अरू कोही तिनै वृक्ष पङ्क्तिमा ओर्लेर पुनः स्थिर भए ।

अब म बिस्तारै पोडियम समक्ष पुगेँ । हजारौँ स्रोता दर्शक सामु उभिएर शिर निहुराउँदै हार्दिक अभिवादन गरेँ र उता हृदय निहुराउँदै आफ्ना कुलका देवी देउतालाई आह्वान गरेँ । मनमनै भनेँ पनि— हे प्रभु आज अंग्रेजी वाणीमा एक पिरियड अर्थात् एकघण्टा अविच्छिन्न केही नयाँ कुरा सुसंगत वाणीमा प्रस्तुत गर्ने शक्ति देऊ । म मनले तिम्रो पूजा गरिरहेको छु । यी स्रोतागणले आङ्ल भाषण ज्यादा बुझ्ने छैनन् परन्तु यहाँका मर्मज्ञको पनि संख्या सानो छैन । जे होस्, मैले निर्भीकतापूर्वक प्रस्तुत गर्दाको प्रयत्न उनीहरूले देखून् ।

अनि सम्बोधन गरिसक्ता मध्यम प्रकृतिको बोली ठीक पारेँ । स्वरयन्त्रीहरूलाई उत्तेजित नहुनु, सारै मसिनु अश्रवणीय ध्वनिमा पनि नओर्लिनु भने, नहतारिनु, नआत्तिनु, हतासा, उत्तेजना र बेहोसी प्रकट नगर्नु पनि भनेँ । संवेदनहरूलाई हप्काएँ र आफ्नो सम्भाषण प्रस्तुत गर्न तत्पर भएँ । गएराति हिजोको कार्यपत्र पनि एकपल्ट दोहोर्‍याएको त्यो एक प्रकारको कण्ठपाठ त्यहाँ प्रवचन गर्न लागेँ ।

यो मौखिक प्रस्तुति थियो । तर मैले निर्माण गरेको महाकवि देवकोटाको त्रि–स्तरित आयामहरूलाई बिस्तारै बुझाउँदै प्रस्ट पार्दै लगेँ । छेउमा राखेको मुनामदन उचालेर देखाएँ । त्यसबाट कुरा बुझ्न धेरैलाई सहज भएको हुनुपर्छ किनभने मुनामदनको नेपाली–असमीया भाषा अनुवादक विदुषी स्रष्टा दिदी (गीता उपाध्याय) पनि त्यहीँ हुनुहुन्थ्यो । पहिलो चरणका अरू कृति र तिनमा आउने स्वदेशी मलमाटोमा पुष्पित शक्तिशाली नेपाली कविताको चर्चा गरेँ ।

दोस्रो संस्तरमा ! भारतभूमिको पृष्ठभूमिमा बनिएका (महाकवि विरचित) आर्यावर्तका महान् गाथाहरूको सूची सुनाएँ । महाराणा प्रतापजस्ता ग्रन्थको बयान गर्दै गएँ र अन्त्यमा झोलाबाट झिकेर गान्धीको देहान्तमा महाकविले रचेको वापू एण्ड अदर सनेट्स् निकालेर देखाएँ । हजार गज परसम्म बसेका श्रोता दीर्घाका दर्शकगणले यसको गाता ठम्याउन सकेनन् होला तथापि परर्रर ताली बजाए । त्यो रोकिन निकै समय प्रतीक्षा गर्नुप¥यो । त्यो समयमा देखें— मैदानको किनारमा उभिएका आकाश छुने जस्ता वृक्षबाट भुरुर्र गर्दै एक ट्रक जति पक्षीहरू उडे र एकपल्ट आकाश ढाकिएजस्तै पारे— कोही उतै तेजपुर बजारतिर उडे, अरू ब्रह्मपुत्र किनारतिर बेगिए भने अरू कोही तिनै वृक्ष पङ्क्तिमा ओर्लेर पुनः स्थिर भए ।

महाकविलाई हिन्दी साहित्यका पन्त, प्रसाद, निराला तीनवटै प्रतिमा एकै व्यक्तित्वमा छन् भन्ने राहुल साङ्कृत्यायनको पनि चर्चा गरे । आफ्नो मन्तव्यमा यसरी महाकवि जोडिएकाले मेरो प्रशन्नता थामिनसक्नु भयो ।

त्यसपछि अर्काे तेस्रो संस्तरको कुरा गरेँ । मुख्य चाहिँ प्रमिथियसको कुरा बुझाएँ । बन्धनमा रहेका हामी परतन्त्र थियौँ । यो त्यसबेलाको उछ्वास र मुक्ति–चेतनाको महाकाव्य हो । जसको रचना तीनहजार वर्ष अघिको ग्रीसमा भयो । त्यसको जाडाले कठाङ्ग्रिएका मानिसको प्राण बचाउन स्वर्गदेखि अग्नि चोरेर ल्याउने वीर नायक प्रमिथियसको कथा छ । हो, हाम्रा लागि अग्निचोर देवता उनै देवकोटा हुन् । यसमा उनले नेपाल भारत दुवैतिरको दीनहीन स्थितिको गीत गाएका छन् । अत्याचारी देवहरूलाई झुक्याएर स्वतन्त्रता–चेत रूपी अग्नि चोरेर ल्याई उनले बालेरै देखाएका छन् । यथासमयमा यो कृति अनुवाद भएर ठाउँमा पुगेको भए नोबेल पुरस्कारको प्रत्यासीमा महाकवि पनि एक हुन्थे । तर समयले, देशले अन्धकारमा फकाएर सुताइरहेको साहित्यिक विश्वसमक्ष प्रस्तुत्य हाम्रो प्रथम कृति यही हो भनेर भन्न नसक्तै नजान्दै महाकविको इहलीला समाप्त भयो । अरू निद्रामै थिए ।

त्यसपछि आउँछ वी।पी। कोइरालाको आख्यान हिटलर र यहूदी । यी दुवै अग्रदूतले यस भारतभूमिको महिमा गान गाएका छन् । महाकाविले यसको उज्यालो अतीत तानेर देखाए । यसका स्वतन्त्रता सेनानी वीपीले जेल नेल भोगेर देखाए— कति कठिन थियो त्यो स्वतन्त्रता निशिद्ध ।

यस्तरी मैले महाकवि बुझाएँ । बाह्रदेखि थालेको एक भएछ । एउटा कोटले पुग्ने जाडो थियो जनवरीको तर निधारमा केही पसिना ओर्लिएछन् । तब जनमानसलाई निवेदन गर्दै बिदा मागेँ, हात जोडेर आफ्नो आसनमा बसेँ ।

त्यसपछिको पालो आयो ज्ञानपीठ कविवर केदारनाथ सिंहको । सम्पूर्ण रूपले हिन्दी काव्य कविताकै सृष्टि र चिन्तन मननमा जीवन अर्पित गर्ने केदारनाथसिंह नेपाल एकेडेमी आउँदा (सन् २०१३ मा) उनको सद्य प्रकाशित कवि ने कहा शीर्षक चुनिहुई कविता निकै बिक्री भएको थियो । आधुनिक हिन्दी कविता मे बिम्बविधान, विलकुल अभी, उत्तर कबीर औ अन्य कविताएँ— उनका माष्टरपीस संग्रह, नेपालमा प्रेमले पढिएका उनी आधुनिक हिन्दी कविताका स्रष्टा र चिन्तक ।

सारी चोलामा सजिएका नेपाली युवतीको प्रस्तुति कम्ति मोहक थिएन । यो सारा सर्वजातीय सांस्कृतिक समन्वयको एक अद्भूत नमूना थियो ।

उनलाई समकालीन हिन्दी कविताको कुनै पक्षमाथि प्रकाश पार्न अनुरोध गरिएको थियो तर जनसमूहको सम्बोधन पश्चात् उनले आफ्नो अभिभाषणलाई मेरो प्रस्तुतिमा ध्वनित कुरा तर्फ छोएर लगे । महाकविभन्दा २४ वर्ष कान्छा केदारनाथ सिंहले तरुणावस्थामा महाकविलाई वनारमसा निकैपल्ट भेटेको, उनका कविता सुनेको र उनका चर्चापरिचर्चा सुनेको, पछि आएर उनका कविता र जीवनी पढेको कुरा त्यहाँ निकाले ।

एकजना स्रष्टा कवि भएको नाताले नेपालको स्थितिबारे जानकारी राख्ने कवि भएकाले त्यो भयो होला । साथै महाकविलाई हिन्दी साहित्यका पन्त, प्रसाद, निराला तीनवटै प्रतिमा एकै व्यक्तित्वमा छन् भन्ने राहुल साङ्कृत्यायनको पनि चर्चा गरे । आफ्नो मन्तव्यमा यसरी महाकवि जोडिएकाले मेरो प्रशन्नता थामिनसक्नु भयो ।

अन्त्यमा केदारनाथ सिंहजीले दुई हिन्दी कविता सुनाउनुभयो । त्यसो त त्यहाँका विशिष्ट वरिष्ठजनले असमीया–अंग्रेजीमा त्यस महासम्मेलनलाई सम्बोधन गरे । कार्यक्रम सकिएपछि अनेक उपहार प्रदान गरिए, सभा विसर्जन भयो र एक विचित्र अनुभूतिसँग म तल ओर्लें । तर त्यहाँ एक दर्जन पत्रकार प्रतीक्षामा थिए । ती सबै आआफ्ना हतियार बोकेर मेरा छेउमा उभि । अरूअरू अतिथिलाई पनि त्यसैगरी रोके ।

दिल्लीदेखि गुवाहाटीसम्मका चारपाँच प्रतिनिधिसँग म बोलेँ । सबै अंग्रेजी माध्यममा । तर एउटा प्रश्नले मलाई गाँठो पार्‍यो — असमीया साहित्य यहाँहरूलाई के कस्तो लाग्यो ? मसँग उत्तर थिएन ‘सरी’ भनेँ र तत्कालीन नृत्य गायन प्रस्तुतितिर प्रसङ्ग मोडेँ । सारी चोलामा सजिएका नेपाली युवतीको प्रस्तुति कम्ति मोहक थिएन । यो सारा सर्वजातीय सांस्कृतिक समन्वयको एक अद्भूत नमूना थियो ।

क्रमश :

तपाइँको प्रतिक्रिया