शुक्रबार, चैत १६, २०८०

एनआरएन अभियन्ता जीवा लामिछाने कांग्रेस राजनीतिमा आउने तयारी ?

नेपालप्लस संवाददाता २०७८ असोज १६ गते १५:२०

एनआरएन अभियन्ता जीवा लामिछाने नेपाली कांग्रेसको राजनीतिमा आउने तयारी गरिरहेका छन् । कांग्रेसका केन्द्रिय नेताहरुले उनलाई आगामी संसदिय निर्वाचनमा उतार्ने तयारी गरिरहेका छन । कांग्रेसका एक जना केन्द्रिय नेताका अनुसार लामिछानेलाई गत संसदिय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट चुनावमा उतार्ने तयारी नेपाली कांग्रेसले गरेको थियो । यसका लागि केन्द्रिय नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलले लामिछानेसित पटक पटक छलफल गरेका थिए । तर लामिछानेले नै संसदिय चुनाव नै लड्ने गरेर आफु तयार नभएकोले अस्विकार गरेका थिए ।

अबको संसदिय निर्वाचनमा भने मैदानमा आउने गरेर तयार रहन आग्रह गरिएको ति केन्द्रिय नेताले बताए । उनका अनुसार सबै क्षेत्र समेट्ने कांग्रेसको निती अनुसार लामिछनेलाई आफ्नो उम्मेद्वार बनाउन लागिएको हो । त्यही अनुरुप नै जीवा लामिछनेले आफ्नो तयारी सँगै नेपाली कांग्रेसका केन्द्रिय नेताहरु सँगको भेटघाट बाक्लो बनाइरहेका छन् ।

नेपालप्लस सँगको कुराकानीमा लामिछनेले भने- गत संसदिय निर्वाचनमा तपाईं चुनाव लड्नु पर्‍यो भनेर मलाई प्रस्ताव आएको सत्य हो । सधन्यबाद मैले नाई भनेको हो । अहिले भने त्यस्तो केही कुरा भएको छैन । पहिला भएको कुराको आधारमा केही हल्ला चलेको हुन सक्दछ ।

‘तपाईं कत्तिको तयार हुनु भएको छ नि यस पटकका लागि ?’ भन्ने नेपालप्लसको एउटा प्रश्नमा उनले भने ‘अहिले नै मैले त्यतातिर धेरै सोचेको छैन । यो अल्ली छिटो भयो । त्यतीबेलै सोच्नु पर्ला ।’

लामिछाने भने आफु मैदानमा उत्रिने कुरालाई पर्ख र हेरको रणनितीमा छन् । नेपाली कांग्रेसले लामिछानेलाई चितवनको क्षेत्र नम्बर ३ बाट उठाउने सोच बनाएको छ ।

विदेशमा बसेर नाम र प्रतिष्ठा बनाएका लामिछानेले गतिलो परिणाम् ल्याउनेमा कांग्रेस ढुक्क छ । चितवनको पदमपुरमा जन्मिएका लामिछाने नेपाली कांग्रेससँग नजीक भए पनि पार्टीका कुनै पनि पदमा छैनन् ।

सन १९६७ मा जन्मिएका लामिछाने पेशाले स्भिल इन्जिनियर हुन् । उनले मस्कोको स्टेट युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर पढाई पुरा गरेका हुन । गैरआवाशिय नेपाली संघका संस्थापक समेत रहेका उनी खास गरेर होटल ब्यवसायमा संलग्न छन भने नेपालमा बैंक, जलविद्युत, बिमा कम्पनीमा यिनको लगानी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक