बिहीबार, वैशाख १३, २०८१

एनआरएनएमा नेपाली कांग्रेसको झन तिब्र हस्तक्षेप, सात केन्द्रिय नेता एनआरएनए निर्वाचनकालागि परिचालित (पत्रसहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज १६ गते १५:५९

एनआरएनएमाथि राजनितिक नेता र दलहरुको हस्तक्षेप बढेको गुनासो आइरहेका बेला एनआरएनएको निर्वाचनकैलागि कांग्रेसले सात नेता खटाएर झन ठूलो राजनितिक हस्तक्षेपको संकेत गरेको छ ।

एनआरएनएको आगामी केन्द्रिय निर्वाचनमा कुल आचार्यको टिमलाई बिजयी गराउन विदेशका सबै जनसम्पर्क समितिलाई परिचालित गर्न भन्दै कांग्रेसले आफ्ना सात नेताहरुको नामसहित आधिकारिक सर्कुलर जारि गरेको हो ।

एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकहरु परिचालित गर्न एनआरएनएले छुट्याएका पाँचै क्षेत्रमा कांग्रेस नेताहरु तोकिएका छन् ।

असोज १५, २०७८ को मितिमा चलानी नंवर ०९९ ०७८ रहेको परिपत्र अनुसार युरोप क्षेत्रकालागि सहमहामन्त्री प्रकाश शरण महत र केन्द्रिय सदस्य गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन प्रसाद जोशी छन् । अमेरिका क्षेत्रकालागि मिनेन्द्र रिजालको नाम तोकिएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिकालागि जनसंपर्क समिति केन्द्रिय विभागका अध्यक्ष गोबिन्द भट्टराई र कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा छन् । त्यस्तै ओसियाना क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई तोकिएको छ ।

यि सात नेताहरुले अब जनसंपर्क समिति, सबै कांग्रेस समर्थक र कार्यकर्ताहरुलाई परिचालित गरि कुल आचार्य पक्षमा मतदानकालागि प्रभाव पार्ने कोसिस गर्ने छन् ।

कांग्रेस केन्द्रिय कार्यालयका तर्फबाट जारि गरिएको निर्देशनमा ‘महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा २०७८ असोज ७ गते बसेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेससित आवद्द बिदेशस्थित सबै जनसंपर्क समितिले कुल आचार्यको नेत्रित्वमा रहेको लोकतन्त्रवादी समुहलाई बिजयी गराउन आआफ्नो देशभित्र रहेका साथीहरुसँग आवस्यक समन्वय र सहयोग गर्नकालागि निर्देशन अनुसार अनुरोध गरिन्छ’ उल्लेख छ ।

तपाइँको प्रतिक्रिया