मंगलबार, वैशाख ४, २०८१

लागू औषध माफियाद्वारा आक्रमणको डरले डच प्रधानमन्त्री कडा सुरक्षामा

नेपालप्लस संवाददाता२०७८ असोज १६ गते २३:३३

Image credit- Dutch Cycling Embassy via twitter

लागू औषध (कोकिन) तस्करीसँग जोडिएको उत्तर अफ्रिकी अपराधिक संगठन मोक्रो माफिया (मोरक्को माफिया) द्वारा आक्रमणको डरले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेलाई आमस्टरडमका प्रहरीले कडा सुरक्षामा राखेका छन् ।

डच अनुसन्धान पत्रकार पीटर आर डी व्रीसको हत्या भएको दुई महिनापछि माफियाहरुको सन्जालले आक्रमण गर्न सक्ने भन्ने सूचनाका आधारमा प्रधानमन्त्रीलाई यसरि उच्च सुरक्षामा राखिएको हो ।

डच प्रधानमन्त्री मार्क रुटे आफ्ना बैठकहरुमा उपस्थित हुन हेग शहरको सडकहरुमा एक्लै साइकल चलाएरपनि जाने गर्थे । हाल सुरक्षा सतर्कताका कारण त्यसलाई निशेध गरिएको छ । शनिवार २ सेप्टेम्बरमा, डच दैनिक दि टेलीग्राफले रिपोर्ट गरेअनुसार हाल प्रधानमन्त्रीको सुरक्षा गर्न राजदरबार र कूटनीतिक सुरक्षा सेवालाई व्यक्तिगत सुरक्षा गार्डको रुपमा तैनाथ गरिएको छ । मोक्रो माफियाबाट प्रधानमन्त्रीमाथि खतरा रहेको विश्वाशले विशेष सुरक्षा प्रवन्ध मिलाइएको हो ।

माक्रो माफिया समूह नेदरल्याण्ड र बेल्जियम बाहिर संचालित छ । यसले यूरोपमा ओसारपसार गरिने सबै कोकीनको एक तिहाई नियन्त्रण गर्दछ । एक प्रहरी युनियनका प्रमुखले सन् २०१९ मा कोकिनकालागि नेदरल्याण्ड एक नार्को राज्य (अवैध रुपमा कारोवार हुने, लागू औषध लगायत अवैध तरिकाले धन कमाउनकालागि स्वर्ग) बनिरहेको बताएका थिए ।

सन् २०१४ मा लिखित “मोक्रो माफिया” उपन्यासका लेखक मार्जिन स्रिजिभर र वुटेर लोमान्स द्वारा यो अवैध माफियाबारे जनताको ध्यान ताने । पुस्तकमा त्यो आपराधिक गिरोहको सन्जाललाई बाहिर ल्याए । पुस्तकमा कसरी आम्स्टर्डममा मोरक्कोका गहना चोरहरुको एक समूह यूरोपको सबैभन्दा शक्तिशाली आपराधिक संगठनहरु मध्ये एक बन्न सफल भयो भन्ने उल्लेख थियो । नेदरल्याण्ड्समा यो पुस्तकको सफलता पछि पुस्तकलाई टिभी श्रृंखला बनाएर प्रस्तुत गरियो ।

प्रमुख अनुसन्धान पत्रकार पीटर आर डी भिएसको हत्या नेदरल्याण्ड्सको लागि एक ठूलो झटका थियो । मध्य आम्स्टर्डममा एक टेलिभिजन स्टुडियोबाट निस्किएका ६४ वर्षीय ति पत्रकारलाई ६ जुलाई २०२१ मा दिउँसै गोली हानिएको थियो । गम्भिर घाइते भएका उनको नौ दिन पछि मृत्यु भएको थियो । डच मिडियाका अनुसार उनको संदिग्ध हत्यारा डिसेम्बर २०१९ मा पक्राउ परेर हाल डच जेलमा रहेका मोक्रो माफियाका नेता रिदौन तागीको आदेशमा काम गरिरहेको थियो ।

भाङदेखि कोकिनसम्म

सन् १९९० को दशकमा स्थापित यो समूह दर्जनौं विभिन्न समूहहरुबाट बनेको छ । यसले कोकीन र सिंथेटिक ड्रग्स यूरोप भरि ओसारपसार, बेचबिखन गर्छ । यसको नाम डच स्लुर ‘मोक्रो’ बाट बनेको छ । बेल्जियम वा नेदरल्याण्ड्समा बस्ने मोरक्को मूलका मानिसहरुको लागी यो शब्द प्रयोग गरिन्छ । यो संगठनको आदर्श वाक्य नै “भिय प्रात, दिए गात” अर्थात् “जो कोहि बोल्छ, त्यो मर्छ”। अर्थात् जसले लागू औषधको तस्करी बिरुद्द बोल्छ उसलाई सिध्याइन्छ ।

यो संगठन बेल्जियम र नेदरल्याण्ड्समा कोकिन तस्करीमा सबैभन्दा बढि शक्तिशाली बन्नु अघि सन् २०१० मा मोरक्कोबाट यूरोपको लागी चरेसको तस्करीबाट शुरु भएको थियो ।

अन्तर्राष्ट्रिय र रणनीतिक मामिलाहरु (आ इ आर आइ एस) को लागी फ्रेन्च संस्थान र अवैध लागुऔषध तस्करीका विषयमा एक विशेषज्ञ डेविड वैनबेर्जरले यो संगठनको उदयका बारेमा ब्याख्या गरेका छन् । उनीहरुले ९० को दशकमा चरेशका पोका बेचेर शुरु गरे। उनीहरुले पहिले मोरक्कोमै बेच्थे खास गरेर रिफ क्षेत्रमा । र प्रतिबन्ध लागेको ठाउँमा बेच्न कुशल बने । त्यसपछि ती मध्ये केहि कोकीन तिर लागे । त्यो धेरै महँगो हुनाले आकर्षण बढ्यो । उनीहरु कोकिन उत्पादन भएका क्षेत्रहरुमै प्रत्यक्ष सम्पर्क गर्न सक्षम थिए । त्यसपछि उनीहरुले उद्योग स्थापना गरेर प्रमुख खेलाडीहरुको रूपमा स्थापित भए । यो ब्यापार पहिले ‘द्राङ्गेटा’ भनिने माफिया संगठन जुन इटालियन माफिया संगठनहरुद्वारा नियन्त्रित थियो । तिनले एकाधिकार बनाएका थिए । वैनबेर्जर लागू औषधका बारेमा अनुसन्धान गरिरहेका ब्यक्तिपनि हुन् ।

कोलम्बियाली र मेक्सिकन अवैध ब्यापारीहरुसँग सिधा सम्बन्ध विकास गरेर बेल्जियमको आन्तर्प र नेदरल्याण्ड्सको रोटरडामको बन्दरगाहहरु प्रयोग गर्दै मोक्रो माफियाले कोकिन ओसारपसार गर्न सफल भए । हाल यि बन्दरगाहमा लागुऔषध ढुवानी बढ्दो छ । यूरोपोलले अब बेल्जियम र नेदरल्याण्ड्सलाई यूरोपमा कोकीन तस्करीको स्नायु केन्द्र मान्दछ ।

“हालसालै नेदरल्याण्ड्स र बेल्जियममा दर्जनौं टन कोकिन बरामद भएको छ जसको मात्रा ठूलो छ । सामान्य जानकारिका लागि सन् २०१० (यस पछिको तथ्यांक प्राप्त छैन) मा फ्रान्सेली बजारमा कोकीनको वार्षिक खपत १५ टन अनुमान गरिएको छ” वेइनबेर्जरले भने ।

डच पत्रकारहरुद्वारा गरिएको अनुसन्धान अनुसार सन् २०१५ देखि २०१७ को बिचमा यो विशाल अपरेशनको नाईके रिडुवान ताघी भन्ने ब्यक्ति थियो । मोरक्कन आप्रवासीका छोरा उसले अत्यन्तै हिंसात्मक काम गरेर चर्चित बनेको थियो ।

तागी सन् २०१९ मा दुबईमा पक्राउ परेका थिए र उनीमाथि नौ जना हत्या गरेको आरोप लागेको छ। उनको बयान मार्च २०२१ मा एम्स्टर्डममा शुरू भएको थियो । ४३ वर्षीय उनलाई हाल नेदरल्याण्डको भुग्टमा एक उच्च सुरक्षासहित जेलमा राखिएको छ। उसको बिरुद्द बयान दिनेहरु मध्ये धेरैले आफ्नो नाम गोप्य राखिदिन आग्रह गरेका छन् । नाम दिँदा माफिया समुहबाट असुरक्षित रहने त्रासमा उनीहरु रहेको बताउँछन् ।

टघिले कोकिन ब्यापारबाटै लाखौं यूरो कमाएर एक साम्राज्य नियन्त्रण गरेका छन् । र कोलम्बियाई माफियाहरुसँग उनको सीधा सम्पर्क भएको शंका छ । उनको संदिग्ध दाहिने हातका रुपमा साद रज्जौकी रहेको अनुमान छ जो कोलम्बियाको मेडेलिन शहरबाट फेब्रुअरी २०२० मा गिरफ्तार भएको थियो ।

बेल्जियमका संघीय अभियोजक फ्रेडरिक भान लीउले सन् २०१६ मा कोलम्बियामा सरकार र फार्क विद्रोहीहरु बिच शान्ति सम्झौता भएपछि युरोपेली आपराधिक संगठनहरुले उनीहरुको आपूर्ति श्रृंखला कम बनाएको बताएका छन् । त्यस बेलादेखि कालाब्रियन एनद्राङेटा र मोक्रो माफिया कोकीन तस्करीमा आफ्नो अधिकारमा प्रमुख खेलाडी बनेका छन् । फ्रान्सेली अखबार ल मोंदसँगको एक साक्षात्कारमा भान लीउले माफियाहरुद्वारा गरिएको खुला हिंसा आतंकवाद जस्तै भएको बताएका छन् ।

“उनीहरुको लक्ष्य मानिसहरुलाई त्रसित पार्नु हो” उनले भने “डर र त्रासकै भरमा राजनीतिको उपयोग गरेर उनीहरु के चाहन्छन् त्यो पाउन सक्छन् ।”

रुट्टेको सुरक्षामा भएको बृद्धिले मोक्रो माफिया पत्रकारहरु र डच अधिकारीहरुलाई तर्साउने आफ्नो नयाँ प्रयासमा सफल भएको छ ।

डेभिड वेनबर्गरले फ्रान्स २४ लाई भने “यो पक्का छ कि पश्चिमी यूरोपमा लागुऔषध बेचबिखन गर्ने समूहहरु मेक्सिकोमा देखेको जस्तै खतरा छन् । यो एक जोखिम हो । इटालीले यसलाई माफिया विरोधी अभियोजकहरुको हत्यासँग जोडेर हेरेको छ ।”

(फ्रँस २४ को न्युजलाई नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया