शनिबार, वैशाख ८, २०८१

क्याथोलिक चर्चमा हजारौं वाल यौन दुराचारका घटना : आयोग

नेपालप्लस संवाददाता२०७८ असोज १७ गते १२:३०

Photo MaxPPP illustration via ladepeche.fr

सन् १९५० पछि फ्रेन्च क्याथोलिक चर्चहरुमा सक्रिय वालयौन दुराचारका हजारौं घटना भएको स्वतन्त्र आयोगले सार्वजनिक गरेको छ ।

‘फ्रान्सेली क्याथोलिक चर्च भित्र सन् १९५० पछि हजारौं वालयौन दुराचार भएका छन्’ काण्डको छानबिन गर्ने स्वतन्त्र आयोगका प्रमुखले रिपोर्ट सार्वजनिक हुनुभन्दा केहि दिन अघि एएफपीलाई भने ।

आयोगको अनुसन्धानले २,९०० देखि ३,२०० वालयौन दुराचारी पुजारी वा चर्चका अन्य सदस्यहरुको सार्वजनिक गरेको जँ मार्क सोभले बताएका छन् । उनका अनुसार यो आयोगले गरेको न्यूनतम अनुमान थियो।

आयोगको प्रतिवेदन चर्च, अदालत र प्रहरी अभिलेखका साथै साक्षीहरुसँगको अन्तर्वार्तामा आधारित अढाइ वर्षको अनुसन्धान पछि मंगलबार सार्वजनिक गरिने छ ।
सोभले २,५०० पृष्ठको यो रिपोर्टले अपराधीहरुको संख्या र पीडितको संख्या दुबैलाई प्रमाणित गर्ने प्रयास गर्ने बताएका छन्।

यसले चर्च भित्रका संयन्त्रहरुको समेत उल्लेख गरेको छ । विशेष गरी संस्थागत र सांस्कृतिक पक्षपनि हेरिएको छ जसले वालयौन दुराचरीहरुलाई सक्रिय रहन अनुमति दियो । रिपोर्टले ४५ बुँदे प्रस्ताव समेत दिएको छ ।

फ्रान्सेली र विश्वका अन्य क्याथोलिक चर्चहरुमा वालयौन दुराचारका ब्यापक घटनाहरु भएको भन्दै विश्वभरि ब्यापक आलोचना भएपछि सन् २०१८ मा फ्रान्समा अनुसन्धानकालागि स्वतन्त्र आयोग गठन गरिएको थियो ।

पोप फ्रान्सिसले क्याथोलिक चर्चमा यौन दुर्व्यवहारको बारेमा थाहा पाउनेहरुले आफ्ना सूचना आफ्ना वरिष्ठ अधिकारीहरुलाई रिपोर्ट गर्न बाध्य पार्ने एउटा ऐतिहासिक प्रावधान पारित गरेपछि यसको गठन भएको हो ।

यो आयोग २२ कानूनका ज्ञाता, डाक्टर, इतिहासकार, समाजशास्त्रीहरु र धर्मशास्त्रीहरु मिलेर बनेको छ । यसको उद्देश्य सन् १९५० को दशकमा मौलिक धर्मगुरुहरुद्वारा गरिएको बाल यौन दुर्व्यवहारका आरोपहरुको अनुसन्धान गर्नु हो ।

आयोगले काम शुरु गर्नसाथ साक्षीहरुलाई बयानकोलागि बोलाएको थियो । आरोप र प्रमाणहरु दिन सार्वजनिक गरिएको हटलाईन फोन मार्फत एक महिनामा हजारौं सन्देशहरु प्राप्त गरेको थियो ।

( एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक