आइतबार, असोज ३१, २०७८

राणाकालिन अवशेषको घेरामा गणतन्त्र

कृष्ण कॅंडेल२०७८ असोज १७ गते १३:३९

“तेरो नेता को हो “? “श्रीपद डॅांगे“ यो सवाल जवाफ वीपी कोईराला र उनका सहोदर भाई गिरीजाप्रसाद कोईरालाबिचको हो । ईतिहास लेख्ने र कोईराला परिवारको संगतमा रहेकाहरूले यसै भन्छन् । वीपी कोईरालालाई नेपाली समाजले एउटा परिवर्तनकामी र विद्रोही नेताको रूपमा सदासर्वदा स्मरण गरिरहनेछ । नेपालमा प्रजातान्त्रीक समाजवादको अवधारणालाई स्थापित गर्ने वीपी कोईरालाका भाई गिरीजा प्रसाद कोईराला कुनै वेला भारतीय कम्यूनिष्ट पार्टीका नेता श्रीपद डॅांगेका कार्यकर्ता थिए । आमा दिव्या कोईरालाको निधन पछी आमाको काज क्रिया गर्न नेपाल(विराटनगर) आएका गिरीजा प्रसाद कोईरालालाई कोरा बार्नु पर्दैन, सामान्य चोखीनिष्ठामा रहे हुन्छ भनिरहॅंदा जीपी कोईराला अक्क न वक्क भएका थिए ।

मैले यतिखेर यो प्रसंग किन पनि कोट्याएँ भने एक्काईशौं शताब्दिको नेपाली समाज आज पनि जातिय विभेद, धर्म र धर्मका नामका अनेकथरी कुसंस्कारबाट ग्रसित छ ।

कुनैबेला नेपालमा सतिप्रथा थियो । लोग्नेको निधनपछी स्वास्नीले लोग्नेको लाससँगै आफ्नो शरिर अग्नीलाई समर्पण गर्नैपर्ने हुन्थ्यो । राणाहरूले सतिप्रथा त हटाए । तर जात व्यवस्था र जातिय विभेदको घोर अमानवीय व्यवहार आज पनि हाम्रो समाजमा ज्युँका त्युँ छ । पंचायत गयो, बहुदल आयो । संसदीय बहुदलीय व्यवस्था र राजतन्त्र दुवैको एकसाथ अवसान भयो । फेरी परिमार्जीत भनिएको दलीय तर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको डुंगामा हामी शयर गरिरहेका छौं । तर पनि हाम्रो मानसीकतामा कुनै परिवर्तन आएको छैन ।

नेपाली समाज अहिले पनि विरामी छ । जातको विरामी, धर्मको नामको कुसंस्कारको विरामी, महिला पुरूष विभेदको विरामी । तसर्थ वर्तमानको यो विमारको निदान खोज्ने ओर्जीनल नायकको खोजीमा छ नेपाली समाज ।

नेपालमा गणतन्त्र स्थापना हुनमा माओवादी विद्रोह र माओवादीहरूले समाज रूपान्तरणका लागी उठान गरेको हिंसात्मक आन्दोलनले “लिड” रोल खेलेको थियो ।(यो पंक्तिकार कुनै पनि प्रकारको हिंसात्मक आन्दोलनको विपक्षमा उभिदै आएको छ ) तर तिनै “लिड” रोल खेलेका महान क्रान्तिकारी नेता पुष्पकमल दाहालले गणतन्त्र नेपालको प्रधान मन्त्री भैसकेपछी ग्रहशान्तिका नाममा चतरामा भैंसी पूजा गरेपछी नेपाली समाजमा ठुलै तरंग उत्पन्न भएको थियो । तत्पश्चात हालैका दिनमा अर्को कंपन आयो जब झापा विद्रोहका ठूला नेता कमरेड केपी ओलीले राम नेपालको चितवनको माडीमा जन्मेका हुन भनेर हिन्दुत्वको बर्को ओढ्न पुगे तव नेपाली कम्युनिष्ट हरूको असली रूप छताछुल्ल भयो ।

मेरो हातमा यतिबेला भारतीय विख्यात लेखिका अरूनधती रोय को (नेपाली अनुवाद नरेश ज्ञवाली,विनोद विक्रम केसी)“ती विद्रोही ती महात्मा “नामको किताब छ । गत वर्ष रूकुममा मारिएका प्रेमी नवराज विकलाई संझदै दक्षिण एशियाका दलीत आन्दोलनका अग्रज व्यक्तित्व भिमराव अम्वेडकर र महात्मा गान्धी बीचको जातप्रथा माथिको खरो सामाजीक बहसलाई नियालीरहेको छु । सामाजीक रूपान्त्रणको नारा घन्काएर नथाक्ने हामीहरू किन मान्छे हुन जानेनौं ? किन हामी जातीय सांग्लोमा जेलीईरह्यौ ? जबसम्म जातीय पिरामिडले भुईंमान्छेहरूलाई “ओभर ल्याप “गरिरहन्छ तवसम्म समाज रूपान्तरण हुनसक्दैन । समाज रूपान्तरण नभएसम्म समाजवादको नारा पुस्तकको पाना वा कुनै अमुक राजनितीक दलको चुनावी घोषणा पत्रमा अथवा संविधानको धारामा मात्र अड्किरहनेछ । संविधान वा कानूनमा लेख्दैमा मात्र हुँदैन । त्यसलाई व्यवहारमा रूपान्तरण गर्नसक्ने सवल नेतृत्व भयोभने मात्र विधीको शासन स्थापित हुनसक्छ । एउटा आदर्श समाजको निर्माण हुनसक्छ ।

अहिंसाका पुजारी गान्धीको भौतीक शरिर त हामीले देख्नेकुरो भएन । तर विचारहरू मर्दैन्नन् । कालान्तरसम्म तीनका बारेमा विचार विमर्स एवम् बहस भैरहन्छन् । विख्यात लेखिका अरून्धतीले अम्बेडकर र महात्मा गान्धी वीचको जातीय बहसलाई एक पटक फेरी सतहमा ल्याएकी छन् । जातीय विभेदले भारतीय समाज जति प्रताडीत छ त्यतिनै मानांकमा नेपाली समाज नहुन सक्छ । तर पनि नेपालमा आजपनि जातीय विभेद, दलीत दलीत विचको विभेद, नारी पुरूष विचको विभेद माथीको बहस हालैका दिनहरूमा अग्रभागमा देखा पर्न थालेका छन् जुन अत्यन्त सुखद पक्ष हो ।

राष्ट्रपति, सभामुख र प्रधान न्यायाधिस एकसाथ महिला भएका बेलामा पनि महिला हिंसाका घटना उत्कर्षमा पुगे । दोषीलाई न्यायको कठघरामा उभ्याईएन । पिडीतले न्याय पाएनन् । लोकतान्त्रिक गणतन्त्र का सामाजीक अभियन्ताहरूको आवाजलाई समेत “सत्ता“ ले सदा झैं दबाईरह्यो ।

अरून्धतीको दलिल छ – “लोकतन्त्र ले जात व्यवस्थालाई मजवुत तुल्याएको छ ।” तर यो पंक्तिकार उनको यो दलीललाई हुवहु स्विकार गर्न तयार छैन । किनभने समाज रूपान्तरण राता रात हुने कुरा होईन । विभिन्न आन्दोलन, अभियान र जनचेतनाले नै रूपान्तरण संभव गराउॅंछ । सामाजीक रूपान्तरणको अभियानलाई फक्रन र फूल्न त लोकतन्त्रमा मात्र संभव छ । अरू कुनै शासन व्यवस्थामा शायदै प्राप्त होला ।

नेपालमा संविधान सभाबाट संविधान बनाईरहॅंदा हिंसात्मक आन्दोलन पछी शान्तिपूर्ण बाटोमा अवतरण भएका वामपन्थीहरूको बर्चस्व थियो । समाजवादी अवधारणालाई अंगीकार गरेका “डेमोक्र्याट“ हरूसमेत मिलेर संविधान बनाएको सबैमा जगजाहेर छ । तर त्यो संविधान अझै सर्वस्विकार्य हुन सकीरहेको छैन ।

उता सामाजीक हिंसा र महिलामाथी हुने विविध प्रकारका हिंसाको पारो अहिलेपनि उचाईमै देखिन्छ । राष्ट्रपति, सभामुख र प्रधान न्यायाधिस एकसाथ महिला भएका बेलामा पनि महिला हिंसाका घटना उत्कर्षमा पुगे । दोषीलाई न्यायको कठघरामा उभ्याईएन । पिडीतले न्याय पाएनन् । लोकतान्त्रिक गणतन्त्र का सामाजीक अभियन्ताहरूको आवाजलाई समेत “सत्ता“ ले सदा झैं दबाईरह्यो । जनप्रतिनिधीहरूले “कर्मकान्डी“ ढंगबाट मात्र विरोध दर्ज गरे । संसदमा जनताका ज्वलन्त समस्याका बारेमा खुलेर छलफल भएकै छैन । यस्तो डरलाग्दो अवस्थामा हाम्रो लोकतन्त्रको छुकछुके रेल पूर्वबाट पश्चिम कहिले पुग्ला ? भूईंमान्छेको आँगनमा कहिले गणतन्त्रको घाम उदाउला ? सुशासन, मानव अधिकार र स्वतन्त्रताको व्यवहारिक अनुभूति नभएसम्म कुनैपनि शासन प्रणाली लामो समयसम्म टिक्न सक्दैन ।

नेपाली समाज अहिले पनि विरामी छ । जातको विरामी, धर्मको नामको कुसंस्कारको विरामी, महिला पुरूष विभेदको विरामी । तसर्थ वर्तमानको यो विमारको निदान खोज्ने ओर्जीनल नायकको खोजीमा छ नेपाली समाज ।

तपाइँको प्रतिक्रिया

फेसबुक