बिहीबार, वैशाख ६, २०८१

श्रम शोषण गरिएका उत्पादनहरुमा प्रतिबन्ध लगाउन माग गर्दै पेरिसमा प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असोज १७ गते १६:०७

फ्रान्सको राजधानी पेरिसमा श्रम शोषण सँग जोडिएका उत्पादनहरुमा प्रतिबन्ध लगाउन माग गर्दै शनिवार अपरान्ह प्रदर्शन गरेका छन् ।

चीनको सिनजियाङ प्रान्तमा उइघुर अल्पसंख्यकहरुलाई जबरजस्ती श्रम गर्न लगाएर सामानहरु उत्पादन गर्न लगाएको भन्दै त्यस्ता सामानको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने माग प्रदर्शनकारिहरुको छ ।

युरोपेली संसदका सदस्य राफेल ग्लक्सम्यानले चीनमा रुचि राख्ने युरोपेली कम्पनीहरुलाई जबर्जस्ती श्रम उत्पादनमा प्रतिबन्ध लगाउने ईयूको प्रयासलाई रोक्ने प्रयास गरेको आरोप लगाए ।

चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तमा उइगर जातीहरु विरुद्ध बेइजिङले मानव अधिकार उल्ल्घन गरेको र त्यस विषयमा ईयूले कारबाही गर्नुपर्ने माग गर्दै पेरिसको प्लास द ला रेपुब्लिकमा प्रदर्शनकारीहरु भेला भएका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले जबरजस्ती श्रम गरेर उत्पादन गरिएका वस्तुमा आयात प्रतिबन्ध लगाउने योजना घोषणा गरेको केही हप्तापछि पेरिसमा प्रदर्शन भएको हो ।

सेप्टेम्बर १५ मा आफ्नो स्टेट अफ युनियनको भाषणका क्रममा भोन डेर लेनले बर्जस्ती श्रम गर्न लगाएर उत्पादन गरिएका सामानहरु यूरोपको बजारमा स्विकार्य नहुने र तिमाथि प्रतिबन्ध लगाइने बताएकि थिईन् ।

तर प्लास द ला रिपुब्लिकमा भएको र्‍यालीमा सञ्चार माध्यमहरुलाई प्रतिक्रिया दिँदै  युरोपेली संसदका सदस्य राफेल ग्लक्सम्यानले चीनमा रुचि राख्ने युरोपेली कम्पनीहरुलाई जबर्जस्ती श्रम उत्पादनहरुमाथिको आयातलाई नियमन गर्ने ईयूको प्रयासलाई रोक्न खोजेको आरोप लगाए ।

“जब हामी युरोपेली संसदमा हुन्छौं चिनियाँ सरकारको लागी काम गर्न लबी गर्नेहरुसँग सामना गर्दैनौं । जब हामी ईयुको पक्षमा, श्रम शोषणका बिरुद्दमा उपायहरु लिन चाहन्छौं र चीनको हितमा चोट पुर्‍याउने कानून पारित गर्न चाहन्छौं तब हामी युरोपेली कम्पनीहरुका प्रतिनिधिहरुसँगनै सामना गरीरहेका हुन्छौं “ग्लक्सम्यानले भने “चिनियाँ सामुदायिक पार्टीको लागी सबभन्दा बलियो दूतावासहरु बनेका छन् । आज ठूला यूरोपीयन कम्पनीहरु जसको चीनमा रुचि छ चीनिया उत्पादन आवश्यक छ ।  उनीहरुको बजार आवश्यक छ।”

प्रदर्शनकारीहरुका अनुसार चीनमा कम्तीमा १० लाख उइगर जातीहरुलाई गोप्य तरिकाले राखिएको एउटा विशाल आन्तरिक शिविर जस्तोमा राखेर श्रम शोषण गरिएको छ ।

तर चीनले त्यस आरोपको खण्डन गर्दै शिविरहरु इस्लामी उग्रवादीहरुलाई पुनः शिक्षा दिनकालागि खडा गरिएको बताउँदै आएको छ ।

सिनजियाङका उइगरहरु प्राय मुस्लिम समुदायका हुन् र युरोपेली मानवाधिकार कार्यकर्ताहरुले चीनले जातीय अल्पसंख्यक समुदायमा मानवता बिरुद्धको अपराध गरेको आरोप लगाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक