बिहीबार, वैशाख १३, २०८१

फ्रान्स र अल्जेरियाबिच बढ्दो कूटनीतिक तनाव : अल्जेरियाद्वारा फ्रान्सका राजदूत फिर्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असोज १७ गते १९:०४

फ्रान्स र अल्जेरियाबिच कूटनितिक तनाब बढिरहेका बेला अल्जेरियाले फ्रान्समा रहेका आफ्ना कूटनितिज्ञलाई फिर्ता बोलाएको छ ।

अल्जेरियाले फ्रान्सबाट आफ्ना राजदूतलाई परामर्शका लागि फिर्ता बोलाएको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो ।

“अल्जेरियाले पेरिसबाट आफ्ना राजदूतलाई परामर्शका लागि फिर्ता बोलाएको छ । यस सम्बन्धमा एक रिपोर्ट जारी गरिनेछ ” राष्ट्रपति कार्यालयले जारी गरेको बयान उद्धृत गर्दै अल्जेरियाको राज्य नियन्त्रित प्रशारक संस्थाले भनेको छ ।

आफ्नो निर्णयलाई थप ब्याख्या गर्नेगरि रिपोर्ट सार्वजनिक गरिने उल्लेख छ ।

फ्रान्सेली दैनिक ल मोंदमा अल्जेरियाबारे फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंको आलोचनात्मक टिप्पणी प्रकाशित भएपछि अल्जेरियाको यो निर्णय आएको हो । ल मोंद दैनिकमा उनले पूर्व फ्रान्सेली उपनिवेश राजनीतिक-सैन्य प्रणालीद्वारा शासित भएको उल्लेख गरेका थिए ।

ल मोंदले शनिबार माख्रोंलाई उद्धृत गर्दै अल्जेरियाको आधिकारिक इतिहास पूर्ण रूपमा पुनर्लेखन गरिएको उल्लेख गरेको थियो ।

ल मोंदका अनुसार उनले भने ‘यो इतिहास सत्यमा आधारित छैन । तर फ्रान्स प्रति घृणाको प्रवचनमा थियो ।

“के त्यहाँ फ्रेन्च उपनिवेश हुनुभन्दा पहिले अल्जेरिया राष्ट्र थियो ?” माख्रोंले सोधेका थिए ।

माख्रोंले वर्तमान अल्जेरियाली राजनीति बारेपनि बोले । उनका समकक्षी अब्देलमाजिद तेब्बोने धेरै जटिल प्रणालीमा फसेको उल्लेख गरेका थिए ।

“तपाइ देख्न सक्नुहुन्छ अल्जेरियाली प्रणाली थकित छ, यो हिराकले कमजोर बनाएको छ” उनले थपे ।

अल्जेरियाले फ्रान्सबाट राजदूत फिर्ता बोलाएको यो दोस्रो पटक हो ।
अल्जेरियाले मे २०२० मा आफ्नो राजदूत फिर्ता बोलाए पछि फ्रान्सेली मिडियाले हिरकको बारेमा एउटा वृत्तचित्र प्रसारण गरेका थिए ।

अल्जेरिया, मोरक्को र ट्युनिसियाका नागरिकहरुलाई दिइने भिसाको संख्या ह्वात्तै घटाउने फ्रान्सेली निर्णयलाई लिएर तनावको बीचमा अल्जेरियाको यो कदम आएको हो।

फ्रान्सले गत हप्ता अल्जेरिया, मोरक्को र ट्युनिसियाका मानिसहरुलाई दिईएको भिसाको संख्या ह्वात्तै घटाउने बताएको थियो । पूर्व फ्रान्सेली उपनिवेशहरुबाट आउने अवैध आप्रवासीहरुलाई फिर्ता जान दिने गरी काम नगरेको आरोप लगाउँदै भिसाको संख्या घटाउने निर्णय फ्रान्सले गरेको थियो ।

अल्जेरियाको विदेश मन्त्रालयले यो कदमलाई फ्रान्सेली सरकारको एकपक्षीय निर्णयको रूपमा वर्णन गरेको छ ।

फ्रान्सेली राजदूत फ्रँस्वा गुयतलाई बुधवार अल्जेरियाका तर्फबाट औपचारिक विरोध पत्र दिइएको थियो जसमा भिसा कटौतीलाई दुर्भाग्यपूर्ण कार्य भनिएको थियो । भिसा कटौली गर्ने फ्रान्सेली निर्णयले यसको दायराको बारेमा भ्रम र अस्पष्टता पैदा गरेको अल्जेरियाको भनाई थियो ।

मोरक्कोका विदेश मन्त्री नासेर बोरिताले फ्रान्सेली कदमलाई अनुचित भनेका छन् ।

ट्युनिसियाका राष्ट्रपति कैस सैयदले शनिबार माख्रोंसँग टेलिफोनमा कुराकानी गरी यस निर्णयप्रति निराशा व्यक्त गरेको उल्लेख गरिएको छ । ट्युनिसियाली राष्ट्रपतीको कार्यालयले फ्रान्सेली नेताले यो निर्णय संशोधन गर्न सकिने बताएको उल्लेख गरेको छ ।

फ्रान्सेली सरकारका प्रवक्ता गेब्रियल एटलले फ्रान्सले त्यो छनौट गर्नुको कारण अल्जेरिया, मोरक्को र ट्युनिसियाका जुन नागरिकहरुलाई फ्रान्सले राख्न चाहँदैन ति नागरिकहरुलाई फिर्ता लिन अस्वीकार गरेकाले भिसा कटौलीको निर्णय गरेको बताएका छन् ।

फ्रंस १ रेडियोले माख्रोंले एक महिना पहिले तीन उत्तर अफ्रिकी देशहरुसँग वार्ता गरेको र उक्त कूटनितिक वार्ता असफल भएपछि यो निर्णय लिएको उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया