शुक्रबार, वैशाख ७, २०८१

कर छली गर्ने पानामा पेपर्सका दुई संस्थापकबिरुद्द जर्मनीद्वारा अन्तर्राष्ट्रिय गिरफ्तारी पूर्जी जारी

नेपालप्लस संवाददाता / जर्मनी२०७८ असोज १८ गते १२:०६

जर्मनीले पानामा पेपर्स डाटा लीकले उजागर गरेको कर छलीकालागि फर्म खोल्ने दुई संस्थापकलाई अन्तर्राष्ट्रिय गिरफ्तारी पूर्जी जारी गरेको छ ।

जर्मन आखवारहरुका अनुसार मोस्याक फोन्सेकाका संस्थापक जुर्गेन मोस्याक र रामन फोन्सेकामाथि कर छाली र अपराधीहरुसँग सम्बन्ध रहेको आशंकामा ति दुई बिरुद्द अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारि गरिएको हो । उनीहरु युरोपेली संघमा प्रवेश गर्नासाथ पक्राउ पर्नेछन् ।

कोलोन सरकारी अभियोजकको कार्यालयका एक प्रवक्ताले उनीहरुबिरुद्द चलिरहेको अनुसन्धानको सम्बन्धमा दुई अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गरिएको पुष्टि गरेका छन् । तर उनीहरु संलग्नहरुको पहिचान गर्न नसकेको उल्लेख गरेका छन् ।

जर्मन अखबारहरुका अनुसार मोसाक र फोनेस्काले पानामेनियन पासपोर्ट राखेका छन् । हाल उनीहरु क्यारिबियन द्वीपसमूहमा बसेका छन् । पानामा र जर्मनीकाबिच सुपुर्दगी सन्धी नभएकाले पानामाबाट पक्राउ गर्न गाह्रो भएको अखबारहरुको भनाई छ ।

पानामा पेपर्स एक विशाल डाटा लीक हो । बिभिन्न कम्पनीहरुको जटिल संरचना र कानुनका कमजोर पक्षहरु उपयोग गरेर व्यापक कर छली र चोरीको पर्दाफाश पानामा पेपर्सले गरेको छ । यसले कर छली गर्नेहरुबिरुद्द अन्तरर्राष्ट्रिय आक्रोश बढाएको छ ।

अमेरिकी सेन्टर फर पब्लिक इन्टिग्रिटीका अनुसार ७९ देशहरुमा कम्तीमा १५० सम्भावित कर छली र मनी लाउन्डरिङको जाँच गर्न अनुसन्धानहरु गरिएको छ ।

सन् २०१८ मा मोसाक फोन्सेकाले आफ्नो संस्थाको प्रतिष्ठामाथि अपूरणीय क्षति पुगेकाले बन्द हुने बताएका थिए । पानामाको सरकारले यस बीचमा धेरै समुदायलाई कालो सूचीबाट हटाउन अन्तर्राष्ट्रिय समुदायलाई निवेदन दिन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक