शनिबार, वैशाख १५, २०८१

अल्जेरियाले उडान प्रतिबन्ध लगाएपछि फ्रान्ससितको कूटनीतिक विवाद झन गहिरिँदो

नेपालप्लस संवाददाता/ फ्रान्स२०७८ असोज १८ गते १४:४१

अल्जेरियाले फ्रान्सेली सैन्य विमानहरुलाई आफ्नो हवाई क्षेत्रबाट प्रतिबन्ध लगाएपछि फ्रान्स र अल्जेरियाबिचको संवन्ध झन गम्भिर बनेको छ ।

हिजो आइतवारदेखि अल्जेरियाले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न नदिने सार्वजनिक गरेपछि दुई देशको कूटनितिक संवन्ध झन गम्भिर बनेको हो ।

अल्जेरिया, ट्युनिसिया र मोरक्कोका नागरिकलाइ दिँदै आएको भिसामा फ्रान्सले कटौति गरिदिएपछि बिवाद बढेको थियो । त्यस्तै, फ्रान्सका राष्ट्रपति एमानुएल माख्रोंले अल्जेरियाबारे आलोचनात्मक टिप्पणी गरेपछि अल्जेरियाले यस्तो कदम चालेको हो ।

फ्रंस २४ न्युजका अनुसार फ्रान्सका जेटहरु नियमित रुपमा पूर्व अफ्रिकी उपनिवेश (अल्जेरिया, मोरोक्को, ट्युनिसिया) बाट उडेर पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा पुग्छन् जहाँ फ्रान्सका सैनिकहरुले जिहादी विद्रोहीहरुसँग लड्न आफ्नो सैन्य अपरेशन जारि राखेका छन् । अल्जेरियाको हवाई क्षेत्रबाट आफ्ना विमान उडाउन पाउँदा जिहादी बिद्रोहीहरुसित लड्न फ्रान्सलाई मद्दत पुगिरहेको छ ।

फ्रान्सेली सशस्त्र बलका एक प्रवक्ताले अल्जेरियाले आफ्नो हवाई क्षेत्रबाट दुई उडानका लागि बन्द गरेको बताएका छन् । तर यसले साहेल क्षेत्रमा सैन्य विमान सञ्चालन गर्न कुनै ठूलो कठिनाई नहुने भनाई उनको छ ।

फ्रान्सेली सशस्त्र बलका प्रवक्ता कर्णेल पास्कल इन्नीले एएफपीलाई भने “आज बिहान हामीले दुईवटा विमानको उडान योजना बनाएका थियौं । तर अल्जेरियालीहरूले आफ्नो क्षेत्रबाट फ्रान्सेली सैन्य विमान उडाउन बन्द गरेका रहेछन् ।”

अल्जेरियाको निर्णयले आपूर्ति उडानहरुमा थोरै प्रभाव पारेपनि साहेलमा फ्रान्सको सैन्य अपरेशन संचालनलाई असर नगर्ने बताएका छन् ।

इयानीका अनुसार आफ्ना विमान उडाउन प्रतिबन्ध लगाएको कुनै आधिकारिक सूचना दिइएको थिएन । एएफपीले फ्रान्सेली विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको उल्लेख गरेको छ ।

यस कदमले दुई देशबिच झन तनाव बढाएको छ । अल्जेरियाली सरकारले आफ्नो मामिलामा फ्रान्सले हस्तक्षेप गरेको भन्दै बिरोध गरेपछि दुई देशबिचको संवन्ध भड्किएको थियो ।

फ्रान्सेली दैनिक ल मोंदमा अल्जेरियाबारे फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंको आलोचनात्मक टिप्पणी प्रकाशित भएपछि अल्जेरियाको यो निर्णय आएको हो । ल मोंद दैनिकमा उनले पूर्व फ्रान्सेली उपनिवेश राजनीतिक-सैन्य प्रणालीद्वारा शासित भएको उल्लेख गरेका थिए ।

ल मोंदले शनिबार माख्रोंलाई उद्धृत गर्दै अल्जेरियाको आधिकारिक इतिहास पूर्ण रूपमा पुनर्लेखन गरिएको उल्लेख गरेको थियो ।

ल मोंदका अनुसार उनले भने ‘यो इतिहास सत्यमा आधारित छैन । तर फ्रान्स प्रति घृणाको प्रवचनमा थियो ।

“के त्यहाँ फ्रेन्च उपनिवेश हुनुभन्दा पहिले अल्जेरिया राष्ट्र थियो ?” माख्रोंले सोधेका थिए ।

माख्रोंले वर्तमान अल्जेरियाली राजनीति बारेपनि बोले । उनका समकक्षी अब्देलमाजिद तेब्बोने धेरै जटिल प्रणालीमा फसेको उल्लेख गरेका थिए ।

तपाइँको प्रतिक्रिया