बिहीबार, वैशाख १३, २०८१

नेपालको राजनीतिक गठबन्धन अनुसार एनआरएनएमा समीकरण बनेको हो- लोक दाहाल

नेपालप्लस संवाददाता२०७८ असोज १८ गते १६:५८

नेपालका राजनितिक दलहरुबिचमा बनेको सत्ता गठबन्धन अनुसारनै गैर आवाशिय नेपाली संघ (एनआरएनए) को निर्वाचनमापनि समिकरण बनेको एनआरआएनएका सहकोषाध्यक्ष तथा वर्तमान कोषाध्यक्षका उम्मेदवार लोक प्रसाद दहालले बताएका छन् ।

बेल्जियम निवाशी लोक प्रसाद दहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

एनआरएनएको आगामी केन्द्रिय निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका कुल आचार्यले आज सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गर्न आयोजित खुला डबली कार्यक्रममा बोल्दै दहालले उक्त कुरा बताएका हुन् ।

यस अघि डा बद्रि केसीको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवरी दिने घोषणा गरेका थिए । डा बद्रि केसीको टिमले बनाएको सूचीको पोस्टरमै उनको तस्विर कोषाध्यक्षको पदका प्रत्यासिका रुपमा तोकिएको थियो । आचार्यका प्रतिबद्दता कार्यक्रममा बोल्दै लोक दहालले भने ‘कुलजीसित मिलेर हामीले हिजो मात्रै लामो छलफल गर्‍यौं । नेपालमा भएको सत्तासमिकरण अनुसारनै हामीले एनआरएनएमापनि समिकरण बनाएका हौं । अध्यक्षले आफ्नो टिमका तर्फबाट प्रतिबद्दताहरु बनाएकाले हाम्रोपनि त्यहिनै साझा घोषणा हो । म कुलजीको टिमबाट कोषाध्यक्षको उम्मेदवार बन्ने निर्णय गरेको छु ।”

तपाइँको प्रतिक्रिया