शुक्रबार, चैत १६, २०८०

फिनल्याण्डले देशभरिका न्याउरिमुसालाई कोरोना खोप लगाउने

नेपालप्लस संवाददाता२०७८ असोज १८ गते २१:१७

फिनल्याण्ड सरकारले करिब एक हजार फार्ममा पालिएका मिन्क भनेर चिनिने न्याउरिमुसा प्रजातिका जिवलाई कोरोना भाईरस बिरुद्दको खोप लगाउने घोषणा गरेको छ ।

फिनल्याण्डको खाद्य प्राधिकरणले देशका स्थानीय अधिकारीहरूलाई प्रयोगात्मक खोप प्रयोग गर्न अनुमति दिएपछि फिनल्याण्डका किसानहरूले कोरोनाभाइरस बिरुद्ध मिंकलाई खोप लगाउन शुरू गर्ने भएका हुन् ।

खाद्य प्राधिकरणका प्रमुख निरीक्षक लीसा कार्टिनेनले खोप मात्र अधिकृत हुने र अन्य कुनैपनि ‘ज्याब’ उपलब्ध नगराउने बताएका छन् ।

मिंकहरुलाई खोप लगाउने अनुदान डिसेम्बरको अन्त्यसम्म रहनेछ । त्यसपछि मिंकको नयाँ तथ्यांक आएपछि सरकारले अर्को निर्णय गर्ने छ ।

मिंक तिनीहरुको भुवाकालागि पाल्ने गरिन्छ । मिंकको भुवाबाट महँगा, विलासी लुगाहरु बन्ने गरेका छन् । मिंकमा कोरोना भाईरस लागेको र उच्च जोखिम रहेको यस अघिनै सार्वजनिक भैसकेको छ ।

हालसम्मको खोज अनुसार मानिसलाई कोरोना भाईरस सार्न सक्ने एक मात्र जनावर मिंकमात्रै मानिएको छ । यदि तिनमा कोरोना खोप लगाइएन र तिनबाट कोरोना मानिसमा सर्‍यो भने खोपको भावी प्रभावकारितालाई खतरामा पार्ने बैज्ञानिकहरुले बताउँदै आएका छन् ।

डेनमार्क सरकारले गत नोभेम्बरमा भाइरसको एक उत्परिवर्तित रुप (भेरियन्ट) मिंकहरुमा ब्यापकरुपमा सरेको पत्ता लगाएपछि सबै मिंक नष्ट गर्न आदेश दिएको थियो । त्यसपछि डेनमार्कका कृषि मन्त्रीले सन् २०२३ सम्मकालागि मिंक फार्मिङमाथि प्रतिबन्ध् लगाउने घोषणा गरेका थिए ।

फिनल्याण्डको मिंक प्रजनन एसोसिएसनले हेलसिंकी विश्वविद्यालयका शोधकर्ताहरुसँग मिलेर जनावरहरुलाई भाइरसको नियन्त्रण र रोकथामको लागि एक खोपको विकास गर्न लागिरहेका छन् ।

“हामीले पाँच लाख डोज तयार पारेका छौं जुन सबै जनावरहरुलाई दुई पटक खोप लगाउन पर्याप्त हुनसक्छ” संघका अनुसन्धान प्रमुख जुसी पेउराले भनेका छन् ।

प्रयोगशालाको परिक्षण अझै पूरा नभएकोले खोप व्यावसायिक रुपमा वितरण गर्न नसकिएको बताइ एको छ । फिनल्याण्डका एक हजार मिंक फार्महरुमा कडा निगरानी र कडाईकासाथ प्रयोग गरिनुपने अधिकारीहरुले निर्देशन दिएका छन् ।

ब्रीडर्स एसोसिएसनले यसको खोप फिनल्याण्डमा मात्र लाइसेन्स प्राप्त हुने र ईयूमा अनुमोदित हुने पहिलो खोप हुने दाबि गरेको छ ।

संवन्धित समाचार

जंगली हरिणमा कोरोना भाईरससित लड्ने तत्व फेला पर्‍यो

तपाइँको प्रतिक्रिया

फेसबुक