शुक्रबार, वैशाख १४, २०८१

स्विस चीज तस्करी गरेको आरोपमा जर्मन नागरिक पक्राउ

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असोज १९ गते २२:०३

स्विस चीज तस्करी गरेको आरोपमा एक जर्मन नागरिक पक्राउ परेका छन् । स्विजरल्याण्डबाट दुई सय ४० किलो चीज तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनमाथि अपराधिक कारवाहि अगाडि बढाइने स्विस मेडियाहरुले उल्लेख गरेका छन् ।

जर्मन भन्सार अधिकारीहरूले उत्तरपूर्वी स्विट्जरल्याण्डको सीमामा ५१ वर्षीय ति पुरुषलाई पक्राउ गरेको अधिकारीहरूले सोमबार बयानमा उल्लेख गरेका छन् ।

सुरुमा ति ब्यक्तिले स्विजरल्याण्डबाट केहिपनि नल्याएको बताएका थिए । तर उनको गाडी भन्सार अधिकरीहरुले खानतलासि गर्न थालेपछि ‘मेरो गाडीमा केहि स्विस चीज हुनसक्छ’ भन्दै स्विकारेका थिए । त्यसपछि भन्सारका अधिकारीहरुले उनको गाडीका पाङ्रासमेत खोलेर नियालेका थिए ।

त्यसपछि उनलाई चीजको आयात शुल्क ६ सय ८० युरो (७३३ स्विस फ्र्यांक) तिर्न लगाइयो । उनीसित बयान लिएपछि चीज तस्करकर्ताले यस अघि पनि आयात शुल्क नतिरिकनै स्विरल्याण्डबाट जर्मनीतिर चीज लैजाने गरेको पत्तो लाग्यो । यस अघिपनि स्विजरल्याण्डबाट अघोषित रुपमा ठूलो मात्रामा चीज आयात गरिएको थियो ।

त्यसैले अधिकारीहरूले कर चोरीको आशंकामा आपराधिक कारवाहि शुरु गरेका छन् । भन्सारका अधिकारीहरुले ति ब्यक्तिको परिचय सार्वजनिक गरेका छैनन् । किनभने स्विजरल्याण्डमा आरोप सिद्द नभएसम्म आरोपितहरुको नाम सार्वजनिक गरिन्न ।

तपाइँको प्रतिक्रिया