शनिबार, वैशाख ८, २०८१

पेन्सन र ज्याला कम भएको भन्दै फ्रान्समा हजारौं मजदूरले गरे प्रदर्शन

नेपालप्लस संवाददाता२०७८ असोज १९ गते २३:०३

फोटो- सिएनबिसी डट कम

फ्रान्सको अप्रिलमा हुने राष्ट्रपति चुनावको केही महिना अगाडी, ट्रेड युनियनहरुले आज सोमवार फ्रान्सका बिभिन्न ठाउँमा २०० र्‍यालीहरुसहित हड्ताल आह्वान गरेका छन् । यसको उद्देश्य फ्रान्सेली राजनीतिक बहसको केन्द्रमा मजदूरहरुको ज्याला कम भएको विषयलाई उठान गर्नु हो ।

अप्रिल २०२२ मा हुने फ्रान्सको राष्ट्रपतीय चुनावी प्रतिस्पर्धा तातिएका बेला मजदूरहरुको आर्थिक चिन्तालाई अगाडि बढाउने लक्ष्य राखिएको छ । ट्रेड युनियनहरुले मजदूरहरुको चिन्ताको तत्काल जवाफ माग गरेका छन् । उनीहरुले विशेषगरि तलब बढाउनुपर्ने माग प्रमुख रुपमा उठाएको फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सिजिटीका प्रमुख फिलिप मार्टिनेजले सोमबार पत्रकारहरुलाई बताए ।

उनले हड्ताल गर्ने कामदारहरुद्वारा सडक बिरोध प्रभावकारि भएको बताएका छन् । राष्ट्रपतीय निर्वाचन हुनु अघिनै मजदूर र श्रमिकहरुका सामाजिक-आर्थिक मुद्दाहरु केन्द्रीय तहमा प्रभाव पार्ने ढंगले राखिने छ । राजनितिक बहसकालागि राष्ट्रपति चुनाव भन्दा पहिले उठाउनु परेको मजदूर नेताले प्रस्ट्याएका छन् ।

मार्टिनेजका अनुसार युनियनले फ्रान्स भर लगभग २०० र्‍यालीहरु आयोजना गरेको थियो । लगभग २५,००० मानिसहरुले पेरिसमा प्रदर्शन गरेका थिए । पेरिसमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । प्रहरीले भने मार्सेई शहरमा ३,५०० र लियोंमा २,००० भन्दा बढीको भीडले प्रदर्शन गरेको बताएको छ ।

आजको हडताल आव्हान गर्नेमा सिजिटीसहित अन्य मजदूर युनियनमा एफओ, एफएसयु र सोलिडारिटी थिए । त्यस्तै युवाहरुका चार संगठनपनि आबद्द थिए ।

राष्ट्रपतीय निर्वाचन अघि पेन्सन सुधार र तलब बढुवा लगायतका माग राखेर प्रदर्शनमा उत्रिंदा युनियनहरुले मांसपेशी लचिलो बनाउने मौका पाएको भनेर टिप्पणी गर्नेहरुपनि छन् ।

हडताल राष्ट्रपति एमानुएल माख्रोको प्रस्तावित पेन्सन सुधारको बिरूद्ध थियो । तर कामदारहरुको ठूलो संख्यालाई परिचालन गर्न मजदूर युनियनले नसकेको टिप्पणी फ्रान्सेली मेडियाहरुको छ । जबकि सन् २०१९ र २०२० को ठण्डीयाममा यस्तै आन्दोलनले ठूलो रुप लिएको थियो । शहरका धेरै चिज ठप्प पारिदिएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक