शनिबार, वैशाख ८, २०८१

तालको पिंधपिंधै पर्यटक घुमाउने पानी जहाज बनायो स्विजरल्याण्डले

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असोज २० गते १४:५५

Photo-swiss transport museum-lucerne

गैर क्लोस्ट्रोफेबिक(बन्द ठाउँमा रहँदा निसास्सिने र असामान्य किसिमले आउने डर नभएका ) यात्रुहरु पनडुब्बीमा चढेर तालको एक सय मिटर गहिराईसम्म जान मिल्ने पनडुब्बी स्विजरल्याण्डले बनाएको छ ।

 

स्विजरल्याण्डको लुसेर्न तालको १०० मिटर गहिराईमा लगि तालको पिँधको यात्रा गराएर यो नयाँ कार्यक्रम शुरु गरिने छ ।

यो यात्राको क्रममा पानी मुनी डुबेर भग्नावशेष जस्तै बनेका दुई पानी जहाजको भ्रमणसमेत गराइने छ ।

लुसेर्नस्थित यातायात संग्राहलयका संस्थापक फिलिप एपेलबोमका अनुसार तालको पिंधमा जम्मा भएको फोहोरसमेत हेर्न पाउने छन् । यो कार्यक्रम आगामी वर्ष (सन् २०२२) बाट शुरु गरिने छ ।

Image credit-remonews.com via screen shot

पि-६३ “सबस्पिरिट” नामको यो पनडुब्बी स्विट्जरल्याण्डमा यात्रु लिएर हिंड्नकालागि एक मात्र इजाजतपत्र भएको पनडुब्बी हो । ५.५ मिटर लामो, २.५ मिटर चौडा र ५.५ टनको क्याप्सुल आकारको यो पनडुब्बीमा तीन यात्रु र एक पाइलट अटाउने कोठा छ । यो पनडुब्बली १६ अक्टोबरमाबाट पानीमा हालिने छ ।

यो यात्राकालागि प्रति भ्रमण प्रति व्यक्ति चार सय ९० स्विस फ्र्यांक (५३० अमेरिकी डलर) लाग्ने छ । त्यहाँ पानीमा हाम्फालेर, उफ्रेर खेल्न सकिने अन्य खेलहरुपनि बिस्तार गर्न लागिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक