मंगलबार, वैशाख ११, २०८१

एनआरएनएका दुई केन्द्रिय उम्मेदवारद्वारा परराष्ट्रमन्त्री खड्कासित भेटघाट

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २१ गते १९:२०

गैर आवासीय नेपाली संघको अधिवेशन सम्बन्धि अन्योलता बढिरहँदा आगामी कार्यकालका लागि अध्यक्षका दुइजना उम्मेद्वारहरुले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन् ।

संघ भित्र प्रतिनिधि छनौट सम्बन्धी विवाद चर्किए पछी नेपालको परराष्ट्र मन्त्रालयमा करिव आधा दर्जन उजुरी परेका छन् भने आगामी कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका समुहहरु बिच आरोप प्रत्यारोप जारी छ । परराष्ट्र मन्त्रालयले प्रतिनिधि सम्वन्धि विवाद नसुल्झिएसम्म अधिवेशन र चुनावी प्रकृयामा नजान संघसँग आग्रह गरेको छ ।

संघको आन्तरिक मामिलामा मन्त्रालय प्रत्यक्ष रुपमा जोडीए पछी अध्यक्षका तिनै जना प्रत्याशीहरु कुल आचार्य, बद्री केसी र रविना थापा यतिबेला काठमाडौंमै छन् । यसै सिलसिलामा बद्री केसी तथा रविना थापाले परराष्ट्रमन्त्री खड्कासँग भेट गरेका हुन् ।

भेटमा मन्त्री खड्काले मन्त्रालय र संघ बिच देखिएको पछील्लो मतभेदका विषयमा निकै सकारात्मक कुरा गरेको केसीले नेपालप्लसलाई बताए । मन्त्रिको भनाइ उध्रित गर्दै केसीले भने- “यो विषय परराष्ट्र मन्त्रालय मुछिनुपर्ने नै होइन । यो राम्रो भएन । एनआरएनलाई विशुद्द सामाजिक संस्थाको हिसावले चल्न दिनु पर्दछ । एनआरएनलाई स्वयत्त संस्थाको रुपमै चल्न दिनुपर्छ भन्ने कुरामा म सकारात्मक् छु ।”

मन्त्री खड्का एउटा कार्यक्रमको सिलसिलामा शुक्रवार सर्विया जाँदै छन । उनी पाँच दिन पछी आउँदो बुधवार मात्र काठमाडौं फर्किने कार्यक्रम छ । भेटमा मन्त्री खड्काले नेपाल सरकारको मातहतबाट कुनै अवरोध नहुने आश्वाशन दिएको केसीले नेपालप्लससित उल्लेख गरे ।

एनआरएनको दोहोरो विवादका कारण यही महिनाको अन्तिम साता हुने भनिएको दशैं अधिवेशन अन्योलमा छ भने एनआरएन केन्द्रले कार्यकालको अवधी केही समय थप गरेर अधिवेशन गर्ने तयारी गरिरहेको छ ।

केसीका अनुसार मन्त्री खड्काले पनि कार्यकाल केही समय थप गरेर एक महिना भित्रमै अधिवेशन गर्न सुझाएका छन् ।

अक्टोवर महिनाको १८ मा अहिलेको कार्य समितिको दुई वर्षे समय समाप्त हुँदै छ । मन्त्री खड्का बुधवार काठमाडौं फर्के पछी आफुहरुले पुन: छलफल गर्ने केसीले बताए ।

तपाइँको प्रतिक्रिया