शुक्रबार, वैशाख १४, २०८१

अस्ट्रियाका चान्सलरमाथि घुस लिएको आशंकामा अनुसन्धान शुरु

नेपालप्लस संवाददाता २०७८ असोज २१ गते २३:०१

फोटो- टाईम्स अफ इजरायल

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले भ्रस्टार गरेर त्यसलाई ढाकछोप गरि सकारात्मक सन्देश फैलाउन अखवारमा सरकारी रकम दुरुपयोग गरेको आरोप लगाउँदै अनुसन्धान शुरु गरिएको छ ।

सरकारी वकिलको एक बयानमा अनुसन्धानको क्रममा दुई सरकारी मन्त्रालयहरु सहित धेरै स्थानहरुमा छापा मारिएको थियो । यो अनुसन्धानको घटना कुर्ज र उनको दक्षिणपन्थी पीपुल्स पार्टी (ओईभिपी) को लागी ठूलो टाउको दुखाई भएको फ्रंस न्युज २४ ले उल्लेख गरेको छ ।

अर्थमन्त्री गेर्नोट ब्लुमेलले आफ्नो मन्त्रालयमा एक पटक छापा मारिएको पुष्टि गरेका छन् । अस्ट्रियाई मेडियाले चान्सलरको कार्यलयसमेत छापा हान्न लक्षित स्थानहरु मध्ये एक भएको प्रचारप्रसार गरेको एएफपीले जनाएको छ ।

अभियोजकहरुका अनुसार कुर्ज सँगै अन्य नौ अन्य व्यक्ति, तिसित संवन्धित तीन संगठनहरुपनि अनुसन्धानको दायरामा छन् ।

सन् २०१६ र २०१८ मा अर्थ मन्त्रालयबाट संसाधनहरु आंशिक हेरफेर गर्न तिकडम वा छालछामपूर्ण जनमत सर्वेक्षण गरिएको र त्यसकोलागि अर्थ मन्त्रालयको रकम प्रयोग गरेको आरोप लागेको छ । यो काम पूर्णत आफ्नो राजनितिक पार्टीको स्वार्थकालागि मात्रै गरिएको अभियोजकले बताएका छन् ।

अभियोजकहरूले एक अज्ञात मिडिया कम्पनीले यी सर्वेक्षणहरु प्रकाशित गरेको बदलामा भुक्तानी पाएको आरोप लगाएका छन् ।

यो आरोप लागिरहेका बेला चान्सलर कुर्ज स्लोभेनियामा चलिरहेको युरोपेली युनियनको सम्मेलनमा छ्न् । उनका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

तपाइँको प्रतिक्रिया